नेपालै नरहे (Nepalai Narahe) - Solutions, Byakaran | Nepali Grade XI, Grade XII

माधव घिमिरे (किन्नर-किन्नरिबाट)

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल

नेपालै नरहे - माधव घिमिरे

कवी परिचय:

माधव घिमिरे (वि. सं. १९७६) नेपाली सोच्छन्दताबदी भावधाराका कवि हुन्। उनले गौरी, राजेश्वोरी, राष्ट्रनिर्माता, पापिनी आमाजस्ता काव्यहरु र किन्नर-किन्नरि (गीतसङ्ग्रह) लगायत प्रशस्त फुटकर कविताहरुको रचना गरेका छन् । मालती - मङ्गले, शकुन्तला, हिमालपारी हिमालवारी, आशवत्थामा उनका गीतिनाटक हुन् ।घिमिरे देशभक्ति, प्रकृति र मानवीय प्रेम तथा जीवनका विविध पक्षको सुन्दर चित्रण गर्ने सशक्त कवि हुन् । उनका कवितामा चन्दको मिठास, गीतिलयको माधुर्य, माझिएको शैलीगत सौन्दर्यजस्ता विशेषता पाइन्छन् । उनि नेपाली कविताको छन्द परम्परा सिद्दहस्त कवि मानिन्छन् ।

भाव: 

झ्याउरे लयमा रचना गरिएको यस ‘नेपालै नरहे’ कविता राष्ट्र कवि माधवप्रसाद घिमिरेको उच्चस्त्रवादि स्वर घन्किएको कविता हो। नेपाली माटो, नेपाली प्रकृति, विरता, संस्कृति जस्ता विषय माथि प्रकाश पार्दै नेपाल र नेपालीको परिचय कवितामा प्रस्तुत गरिएको छ। हिमालको काखमा अवस्थित यस सुन्दर आकर्षक देश नेपाललाई आर्थिक सामाजिक उन्नतिले सजाउनु पर्ने संदेश कवितामा भेटिन्छ l तराईको उर्वरता, हिमालको स्वच्छता, नेपालीको मौलिकता, नेपाली र नेपालको चिनारी भनि नेपाललाई संसारकै सर्वोत्क्रिस्ट र सर्वोच्च भूमिको रुपमा कविले प्रस्तुत गरेका छन् ।

नेपाली संस्कृति, परम्परा, चाडपर्व, भाकामा नेपाली रम्ने राष्ट्रिय भlब ब्यक्त गर्दै हाम्रा पुर्खाको बलिदान, समर्पण, त्याग युग्युगंतर सम्म रहिरहने कवितामा भनिएको छ । चेतना, शिक्षा,सभ्यता धर्तीमा पुर्व बाट सुरु भएकोले र हामी पूर्वका बासिन्दा हुनाले गौरवको अनुभव कवितामा प्रस्तुत भएको छ । राष्ट्र को चिनारी अस्तित्व भए मात्र देशबासी परिचित हुने भावलाइ प्रस्तुत गरिएको छ l देशको भूगोलमा रहेको स्थानको आ आफ्नै महत्व हुने कुरा लाई प्रस्तुत गर्न कबि ले तराई लाइ सुन र हिमाललाइ हिरा संग तुलना गर्दै राष्ट्र प्रति को सम्मान भाव व्यक्त गरेका छन् ।

अभिव्यक्ति / अनुच्छेद लेखन - “नेपाल र नेपाली”

नेपाल बहुल जाति, बहुल भाषी मुलुक हो । नेपालमा धेरै जानजातिका जनाताको बसोबास पाइन्छ । नेपालको पुर्वी पहाडी जिल्लामा लिम्बु तथा राइहरुको बाक्लो बसोबास छ । हिमाली प्रदेशमा शेर्पाहरुको बसोबास निकै परिचित नै छ । पश्चिम तथा मध्य पश्चिम क्षेत्रमा गुरुङ्ग र थकाली तथा मगरहरु बस्न्े गरेका छन् । मध्यामाञ्चलका पहाडी जिल्लाहरुमा तामाङ्ग र काठमाण्डौ उपत्यकामा नेवारहरुको बाक्लो बसोबास देखिन्छ । पूर्वी तराईमा राजवंशी, सतार र झाँजडहरु छन् भने जनकपुर क्षेत्र मैथिल समुदायको क्षेत्रमा निकै प्रचलित छ । लुम्बिनी देखी नेपालगञ्जसम्म अवध समुदायको बसोबास पनि विभिन्न जातजातीहरु पर्दछन् । जति जाति त्यतीनै भाषा संस्कृति रहेको हाम्रो देश नेपाल अत्यन्त सुन्दर मानिन्छ । नेपाल त्यसैले जातीय विविधताको साझा फूलबारीका रुपमा लिन सकिन्छ ।

प्रश्नोत्तर:

१. शब्दार्थ (ठीक शब्दसंग जोडा मिलाउनुहोस् )

  • आकाश → गगन
  • उज्यालो → प्रकाश
  • जित → विजय
  • टाकुरा → चुचुरा
  • तराइ → मधेश
  • ताल → सुर
  • पुर्खा → बाबुबाजे
  • बैसं → जवानी
  • सन्झ्याल → आँखीझ्याल

२. ‘नै’ छोटकरीमा ‘ऐ’ हुन्छ । किनकी यसको प्रयोग जोडदिन गरिन्छ । नेपालै नरहे गीतमा प्रयोग भएका शब्द

  • नेपालै – नेपाल नै
  • हिमाललै – हिमाल नै
  • सन्झ्यालै – सन्झ्याल नै
  • मादलै – मादल नै
  • उज्यालै – उज्यालो नै

पठन बोध

१. तलका गीति अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

(क) तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पनि पहिलो धन धर्तीका छोराको 
ए कहाँबाट हेरौँला संसार सन्झ्यलै नरहे 
नेपली हामी रहौँला कहाँ नेपालै नरहे।

प्रश्नहरु:

अ) तराईलाई 'सुनको टुक्रा' भन्नुको तात्पर्य के हो ?
उत्तर : : तराइमा सुन जस्तै अन्न फल्ने, अन्नको भण्डार हो । त्यसैले तराइलाई सुनको टुक्रा भनिएको हो ।

आ) 'धर्तिका छोरा' भनेर कसलाई भनेको हो ?
उत्तर : ‘धर्तीका’ छोरा भनेर किसानलाई भनिएको हो ।

इ) 'माटो' र 'पानि' पहिलो धन कसरी हुन सक्छ ?
उत्तर : खेती उब्जाउन माटो र पानी चाहिने हुँदा माटो र मानी पहिलो धन हुन् ।

ई) 'ए कहाँबाट हेरौला संसार सन्झ्यालै नरहे ' भन्नुको आशय के हो ।
उत्तर : सन्झ्याल भनेको मानव निर्मित एक प्रकारको कलात्मक झ्याल हो । जसले पुर्खाको सम्झना गराउँछ । त्यही झ्यालको प्रयोगले हामीले संसार चियाउँछौँ ।

उ) नेपाली नरहे नेपाली किन रहँदैनौ ।
उत्तर : नेपाल हामी सबैको राष्ट्र हो । नेपाल जहिले सम्म रहन्छ तहिले सम्म हाम्रो अस्तित्व पनि रहन्छ । यदि नेपालै नरहे नेपाली, नेपाली रहन सक्दैनौ ।

(ख) आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न 
पौरखी हाम्रो पुर्खाको पाइला मेटेर मेटिन्न 
बिम्झ्यौँला कहाँ पूर्वको पैलो उज्यालै नरहे 
नेपली हामी रहौँला कहाँ नेपालै नरहे। 
 
प्रश्नहरु:

अ) 'आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न ' भन्नु को तात्पर्य क हो ।
उत्तर : आकाश छुने टाकुरा धेरै अग्ला छन् ।ति टाकुरालाई भेटेर भेट्न सकिदैन । भन्नु हो ।

आ) पुर्खाको पौरखी पाइला किन मेटिन्न ?
उत्तर : पुर्खाले धेरै पौरख गरेर यो देशको हामी देशवासीको अस्तित्व बचाएका छन् । उनको पौरखी पाइला मेटेर मेटिन्न ।

ई) पूर्वको पहिलो उज्ज्यालोले कुन कुराको बोध गराउँछ ?
उत्तर : पूर्वको पहिलो उज्यालोले हाम्रो इतिहासलाई बोध गराउँछ ।

इ) गीतको यस अंशमा नेपालका केकस्ता विशेषताको सङ्केत पाईन्छ ?
उत्तर : नेपालका अग्ला अग्ला टाकुरा भएको, हाम्रा पुर्खाको पौरखी र पूवएको पहिलो उज्यालोले हाम्रो इतिहासलाई बोध गराउने विशेषता यस अंशको मुख्य भाव हो ।

२. तलका बुंदाहरुलाई समेत आधार बनाई ' नेपालै नरहे ' गीतका बारेमा समिकक्षात्मक प्रतिक्रिया लेख्नुहोस् :

उत्तर: नेपाल एसिया महादेशमा पर्दछ । प्रत्येक नेपालीको आत्मा र विश्वासमा नेपालको प्रगती र उन्नती छ । नेपालीको विश्वास जति अग्लो हिमालको उचाइ छ । हिमाली टाकुरा हिराको टुक्रासँग दाँज्न सकिन्छ । हिराको टुक्रा जस्तै मूल्यवान् हाम्रा हिमाली टाकुरा छन् । गितकारले तराइका उर्भर भुमिमा सुनका टुक्रा फाक्ने भन्दै सुनका टुक्रा सँग दाजेका छन् । नेपालमा अनेकौँ चाडपर्वमा, मेलापात र पाखापखेरामा झ्याली र मादल जस्ता लोक बाद्यबादनलाई यस गीतमा सगौरव स्थान दिएका छन् । पुर्खाको गौरव र इतिहास हाम्रो साक्षीका रुपमा खाडा देखिन्छ । देश विकास गर्न पुर्वको उज्यालोले प्रेरणा दिन्छ र चेतनाको पहिलो डाँकसँग हामी विउँझिएर सत्कर्म गर्न प्रेरित हुन्छाँै । मरिश्रमी धर्तीपुत्रहरुले अभिसिञ्जन गरेको यो यो पवित्र भूमी हामी सबैको गौरव हो |

व्याकरण:

१ तलका कथ्य र लेख्य वर्णहरुको सुची हेर्नुहोस् र कथ्य वर्णहरु कुन कुन हुन् ; खोज्नुहोस् ।

कथ्य वर्ण :

  • अ आ इ उ ए ओ
  • क ख ग घ ङ
  • च छ ज झ
  • ट ठ ड ढ
  • त थ द ध न
  • प फ ब भ म
  • य र ल व
  • स ह

लेख्य वर्ण :

  • अ आ इ ई उ ऊ ऋ ए ऐ ओ औ अं अः
  • क ख ग घ ङ
  • च छ ज झ ञ
  • ट ठ ड ढ ण
  • त थ द ध न
  • प फ ब भ म
  • य र ल व श
  • ष स ह क्षे त्र ज्ञ

उत्तर : कथ्य वर्णमा नपरेका लख्य वर्णहरु :

  • ई ऊ ऐ औ अं अः
  • ञ ण श ष क्षे त्र ज्ञ

२ तलका पंक्तिबाट गाढा वर्ण टिपी तिनको उच्चरण इस्थान छुट्टयाउनुहोस् ।

तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पनि पहिलो धन धर्तीका छोराको 
ए कहाँबाट हेरौँला संसार सन्झ्यलै नरहे 
नेपली हामी रहौँला कहाँ नेपालै नरहे।
  • त – दन्त्य
  • न – दन्तमूलीय
  • ल – दन्तमूलीय
  • र – दन्तमूलीय
  • ध – दन्त्य
  • क – कण्ठ्य
  • ट – दन्तमूलीय
  • र – दन्तमूलीय
  • स – दन्तमूलीय
  • ह – अतिकण्ठ्य

३) तलका पंक्तिबाट गाढा वर्ण टिपी तिनको उच्चरण इस्थान छुट्टयाउनुहोस् ।

दसैँर तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले 
हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले 
बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे 
नेपली हामी रहौँला कहाँ नेपालै नरहे।
  • द – स्पर्शी
  • र – कम्पित
  • ह – संघर्षी
  • य – अर्धस्वर
  • त – स्पर्शी
  • स – संघार्षी
  • ल – पाथ्र्विक
  • म – नासिक्य
  • न – नासिक्य
  • प – स्पर्शी

४) तलको अंशबाट पाँचवोट सघोष वर्णहरु खोज्नुहोस :

आजभोलि रोप्ने बिउको अर्मल तिर्ने कुरा सुनेर धनजितेलै सहि नासक्नुभायो । पाखुरा सुर्कदै भन्यो - " तेरा डामना छाडा गरेर असारको बिउ चारउँछस आझ अर्मलको धाकउँछस गुमाने चोर ।"

  • अघोष : प छ क च स
  • सघोष : ज ल र ध न

५) तलका पंक्तिबाट पाँचवोट महाप्राण र अल्पप्राण वर्ण खोजि आफ्नो कपिमा लेख्नुहोस् :

आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न 
पौरखी हाम्रो पुर्खाको पाइला मेटेर मेटिन्न 
बिम्झ्यौँला कहाँ पूर्वको पैलो उज्यालै नरहे 
नेपली हामी रहौँला कहाँ नेपालै नरहे। 
  • महाप्राण : ह ख झ छ भ
  • अल्पप्राण : क ट न र प

६) तलको अनुच्छेदका गाढा वर्णको उच्चारण स्थान र रेखासंकित वर्णको उच्चारण प्रयत्न छुट्याउनुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

उत्तर : उच्चारण स्थानको आधारमा :

  • भ – ओष्ठ्य
  • ग – कण्ठ्य
  • क – कण्ठ्यक
  • च – दन्तमूलीय
  • ज – दन्तमूलीय
  • ट – दन्तमूलीय

उच्चारण प्रयत्नका आधारमा:

  • ठ – स्पर्शी
  • र – कम्पीत
  • न – नासिक्य
  • प – स्पर्शी
  • थ – स्पर्शी

७) तलको अनुच्छेदका गाढा वर्णलाई आघोष र सघोषमा तथा रेखासंकित वर्णलाई आल्पप्राण र महाप्राणमा छुट्याउनुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

अघोष र सघोषमा:

  • अघोष : क
  • सघोष : य ब भ न

अल्पप्राण र महाम्राणमा :

  • अल्प्राण : ग त र
  • महाप्राण : झ स फ भ छ

बोध:

तलका अनुच्छेदहरु राम्ररी पढी आन्त्यमा सोधिएका प्रश्नहरुको छोटो र स्पष्ट उत्तर दिनुहोस :- 

प्रश्नहरु (अनुच्छेद पुस्तकबाट पढ्नुहोस ):

क) लेख्य परम्परा भएका नेपालका भाषाहरु कुन कुन हुन् ?
उत्तर: लेख्य परम्परा भएका नेपालका भाषाहरु नेपाली, नेवारी, मैथिली, लिम्बु, भोजपुरी अवधी आदि छन् ।

ख) नेपालमा नेपाली भाषाको भूमिका कस्तो छ ?
उत्तर: नेपाली भाषा साहित्य, शैक्षिक प्रयोग राष्ट्रभाषाका साथै सरकारी कामकाज आदिमा प्रयाग पाइन्छ । नेपाली भाषाको भुमिका निर्वाह गर्न अझै आवश्यक विकास जरुरत छ ।

ग) भाषा विकासको गीत र स्तर अभिब्रिद्दीलाई के के कुराले कसरि सहयोग पु¥याउँछन् ?
उत्तर: भाषा विकासको गति र स्तर अभिवृद्धिलाई सम्बन्धित भाषभाषीहरुमा शैक्षिक स्तरको विकाश र भाषिक प्रतिवद्धताको ठूलो महत्व रहन्छ । जति शिक्षित र साक्षरहरुको संख्या बढ्दै गयो अनि सम्बन्धित भाषाको उन्नती र प्रगतिमा योगदान पु¥याउँछन् ।

घ) अशिक्षित र निरक्षर समुदायका भाषाभाषिहरुको भाषा संरक्षण कसरि गर्न सकिन्छ ?
उत्तर: अशिक्षित र निरक्षर समुदायका भाषामा साहित्यिक कार्यक्रमा स१चालन गर्ने, सम्बन्धित ठाउँको पठन पाठनमा त्यही ठाउँको भाषमा एक विषय पठन पाठन गराउने उनीहरुको शैक्ष्ँिक स्तरको विकास गरेर भाषा संरक्षण गर्न सकिन्छ ।

ङ) ' माध्यम ', ' साक्षर', 'निरक्षर' र ' भाषाभाषी' शब्दको अर्थ लेख्नुहोस ।
उत्तर:

  • माध्यम – आधार, बाटो
  • साक्षर – लेखन पढ्न सक्ने
  • निरक्षर – लेख्न नसक्ने, अक्षर नचिन्न
  • भाषाभाषी – विभिन्न भाषाहरु

You may also like to read:

Join with us on social media to see our updates on your feed.
facebook logo twitter logo