छिमेकी (Chimeki) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

गुरुप्रसाद मैनाली (नासो कथासङ्ग्रहबाट)

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल
छिमेकी (Chimeki) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

छिमेकी - गुरुप्रसाद मैनाली

छिमेकी:

प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली सामाजिक यथार्थवादी कथाकार हुन्। नेपाली समाजका वास्तविक घटनालाई कथाको विषयवस्तु बनाउने कथाकार मैनाली घटना प्रधान कथा लेख्ने कथाकार हुन्ग्रा। मिण अशिक्षित परिवेश लाई अत्यन्त सजिब ढंगले प्रस्तुत गर्ने कथाकार मैनालीका कथामा मार्मिकता, हार्दिकता, मानबियता, र जिवन्तता प्रस्तुत भएको पाइन्छ। नेपाली जनजिब्रोमा उखान टुक्का थेगोलाई उपयुक्त पत्र द्वारा अनुकुल परिबेशमा प्रस्तुत गर्ने हुनाले मैनालीका कथामा स्वाभाविकता, रोचकता र आकर्शकता पाइन्छ। सरलता, सहजता उनका कथाका विशेषता भनेर चिनिन्छ।  ११ वटा कथाको संग्रह ‘नासो’को एउटा कथा छिमेकी पनि हो। 

सामाजिक यथार्थवादी धरातलमा प्रस्तुत भएको यस छिमेकी कथाको सिर्शक १ शब्दबाट निर्मित छ।  छिमेकी भनेका नजिकै बसोबास गर्ने व्यक्ति भन्ने बुझिन्छ कथाकारले कथाका प्रमुख पlत्रहरु गुम्ने र धन्जिते मार्फत कथाको सन्देस ब्यक्त गरेका छन्।  समाजमा घट्ने घटनालाई बिषय वस्तु बनाइ छिमेकीको दायित्व र भूमिका लाइ यहाँ प्रस्तुत गरिएको छ।  बोलचाल नभएको अशक्त छिमेकीलाई मानबिय नाताले सेवा गरेको छ।  एउटा छिमेकीले कर्तब्य भुल्यो भन्दैमा अर्को छिमेकी पनि खराब हुनु हु दैन भन्ने सन्देस कथाकारले गुमाने मार्फत ब्यक्त गरेका छन्।  छिमेकीले निजि स्वार्थ र फाइदा लाई भुलेर सद्भाव र मनबताको भlब राख्नुपर्छ भन्ने कथाको मुलभाव लाई कथाकारले गुमनेलाई त्यागी र महान बनाएर प्रस्तुत गरेका छन्। 

छिमेकी दुख सुखका सहयात्री, एक अर्काको परिपुरक हुनाले असल छिमेकीले सामान्य खटपट बिर्सनु पर्छ भन्ने भब कथामा पाईन्छ।  बैगुनीलाई गुनले मर्नुपर्छ भन्ने लोक आदर्शका कुरा लाई कथामा सन्देसको रुपमा ब्यक्त गरेको पाईन्छ।  एक अर्काको अस्तित्वमा संसार रहेकोले एउटालाई पर्दा अर्कोले मद्दत गर्नु पर्ने विचार पनि यस कथाको मूल सन्देस हो।  छिमेकी संग सुमधुर सम्बन्ध कायम गरिनुपर्छ र मिलनसारिता, समझ्दरिता, छिमेकीका बिशेषता भनि कथाकारले चिनाएका छन्। 

कथाकार परिचय:

गुरुप्रसाद मैनाली (१९५७ - २०२८) आधुनिक नेपाली कथाकार हुन्।  उनको नासो कथासङ्ग्रह प्रकाशित छ र यसमा एघारवटा कथाहरु सङ्कलित छन्।  उनि समाजमा घट्न सक्ने घटनाहरुलाइ टिपी कथाको सिर्जना गर्दछन् र समाजलाई आदर्शको बाटो पनि देखाउँछन्।  उनका कथामा उनकै समयको नेपाली समाजको यथार्थलाई प्रस्तुत गरिएको छ र उनि समाजको यथार्थ चित्रणमा मात्र सन्तुष्ट नरही त्यसलाई नैतिक आदर्सतर्फ पनि डोर्याँउछन्।  'छीमेकी' कथामा त्यस्तै खालका नेपाली गाउँले छिमेकिका खटपटको यथार्थ र मेलजोलको आदर्शलाई घतलाग्दो रुपमा प्रस्तुत गरिएको छ।  

प्रश्नोत्तर:

१) पाठ हेरी दिईएको शब्दको अर्थ लेख्नुहोस् :

  • कक्कड – सुर्तीको डाँठ कुटेर धुम्रमानका लागि बनाइएको ओसिलो चुर्णर, कक्कर
  • टन्टलापूर – चर्काे र प्रचण्ड घाम
  • बुजु्रक – जान्ने सुन्ने अनुभवी र समझदार व्यक्ति
  • छाडा – बन्धनमा नपरेको
  • ठट्यौलो – ठट्टा, मजाक गर्ने, रमाइलो स्वभावको
  • लुडो – घाँस, पात, पराल आदि बाट बनेको सुति बेरेर मुखमा हाल्ने टुक्रा
  • तिरो – मालपोत, कुत वा बाली
  • ब्याज – ऋण लिएबापत साहुलाई तिर्नुपर्ने धन
  • चक्को – चुल्हो बाउन प्रयोग गरिएको ढुङ्गो
  • ताँद – धनुवाणको डोरी

२) मिल्दो अर्थमा जोडा मिलाउनुहोस् :

  • घुम – बाँसका चोया र रुख वा लहराका पातले बनाइएको पानी पर्दा ओड्ने साधन
  • अर्मल – गाइबस्तुले खाएर नोक्सान गरेको बालीको जरिमाना
  • तुजक – अनावस्यक फूर्ती, घमण्ड
  • निर्धो – धन, बल आदिले कमजोर, निमुखो
  • डाम्ना – गाइबस्तुलाई गाली गर्दा भनिने शब्द
  • मिचाहा – थिचोमिचो गर्ने
  • तमासा – जात्रा, मेला आदिका देखाइने मनोरञ्जनात्मक कार्यक्रम ।
  • आँठे – विरामी भएको आठ दिनमा मर्ने महामारी, म्यादी ज्वरो, टाइफाइट, विषमज्वर
  • गोर्खे लौरी – काँधमा र घुँडामुनी लौरो हाली बाधेर उठ्न बस्न नमिल्ने गरी दिइने दन्ड
  • ठट – जात्रा जस्तै मान्छेको भिडभाड ।

३) पाठका वाक्य हेरी तलका शब्द तथा पदावलीको अर्थ बुझ्नुहोस् र वाक्यमा प्रयोग गर्नुहोस् :

  • कन्सिरी तात्नु – मदनको काम देखेर मेरो कन्सिरी तात्यो ।
  • इन्तु न चिन्तु हुनु –रामको मृत्युले उसको प्रेमिका इन्तु त चिन्तु भइन ।
  • हात मिस्नु – सानो कुरामा हात मिस्नु गल्ती हो ।
  • उड्कनु – सिमाले जे मन लाग्यो त्यही उड्कीएर बाबुको इज्जत फाली ।
  • बरबराउनु – छोरा निदायो की बर्बराउन थाल्छ ।
  • टट्टीनु – भेडा बाख्रा अहिलेसम्म घाममा टट्टीएका छन् ।
  • बदख्वाइ गर्नु – नितेशले हिमेशलाई बदख्वाई गरेको मलाई चित्त बुझेको छैन ।
  • छाक टार्नु – गरिबहरुलाई विहान बेलुका छाक टार्न धौ धौ छ ।
  • आत्म बेच्नु – गरिब भएपनि रिताले आत्मा बेच्ने काम गर्दिन ।

४) 'छिमेक' शब्दबाट 'छिमेकि ' भएजस्तै तलका शब्दबाट बन्ने शब्द लेख्नुहोस र अर्थ पनि बुझ्निहोस :

  • बैगुन – गुन नभएको “बैगुनी”
  • मलाम – साहारा जानु “मलामी”
  • नोक्सान – घाटा “नोक्सानी”
  • सिरान – तकिया “सिरानी”
  • चौतारो – उच्च आशन “चौतारी”

पठन बोध:

(क) तल दिईएका कथांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् : 

प्रश्नहरु: (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

अ) यस प्रशंगभन्दा अगाडी गाउँ मा के कस्तो समस्या आइपरेको थियो ?
उत्तर : यस प्रसंग भन्दा अगाडी गाउँमा आँठे रोगको समस्या परेको थियो । यो माहामारीका रुपमा फैलिएको रोगले सारा गाउँनै सोतर भएको थियो ।

आ) गुमनेको चित्त किन फेरियो ?
उत्तर : पहिले त शत्रुको मुख किन हेर्नु भनेर उसले वास्ता गरेन । पछि धनजितेको स्वास्नी समेत थला परेपछी छिमेकीको महत्व बुझेर धनजीतेलाई स्याहार सुसार गर्न थाल्यो ।

इ) छरछिमेकीको अवश्यकता किन पर्छ ?
उत्तर : भनिन्छ मर्दा पर्दा आवश्यक पर्छ । तर दिन दशा, आपत विपत् पर्दा छिमेकीको आवश्यक पर्छ । त्यस्तो नभएको भए मानिस किन छिमेकीको नजिक बस्नु पर्ने थ्यो र ।

ई)धन्जितेलाई के कुरामा घमण्ड थियो ?
उत्तर : धनजितेलाई बलको घमण्ड थियो । उसले मलाई सँधै यत्तिकै पुग्छ भन्ने सोच्थ्यो । उ व्यथाले लड्यो, उसको घमड तोडियो ।

उ) 'बैगुनीलाई गुनले मर्नु ' भनेको के हो ?
उत्तर : कसैले लगाएको गुन नदेख्ने मानिसलाई बैगुनी भनिन्छ । त्यस्ता मानिसलाई पनि सेवा सत्कार गरे उसको मन पर्किन्छ र गुनको पारख पर्दछ । यसैलाई बैगुनीलाई गुनले मार्नू भनेको हो ।

ख) (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

प्रश्नहरु:

अ) यो भनाइ कसको हो ?
उत्तर : यो भनाइ गुमानेको हो । आशामरु साहले भारी खेप्न शहर जान्छन् कि भन्दा गुमानेले आशामरु साहुलाई भनेको हो ।

आ) झगडाको कारण के देखिन्छ ?
उत्तर : झगडाको कारण गुमानेका गोरुले धनजितेको ब्याडमा परेर विउ खाइदिएको देखिन्छ ।

इ) झगडा भो भन्दै मा किन धर्म छादनुहुन्ना ?
उत्तर : एउटै गाउँठाउँमा बसेपछी झगडा भइहाल्छ । मानिस भएपछी झगडा भयो भन्दैमा धर्म छाड्ने गर्नु हुँदैन ।

ई) ' संसार भरैभरमा अडेको छ ' भन्नुको तात्पर्य के हो ?
उत्तर : मानिस छिमेकमा बसेपछी एक अर्काम दुःख पर्दा लेनदेन, ऐचोपैचो, गर्नु एक अर्कालाई सहयोग गरी राम्रो सम्बन्धमा विकास गर्नु, मिलेर बस्नु भन्नु हो ।

उ) यश कथांशको मुख्य सार लेख्नुहोस् ।
उत्तर : छिमेकमा बसेपछी एका अर्कामा सहयोग गर्नु पर्छ । सहनशिलता हुनुपर्छ । सानो कुरामा मानिशले धर्म छाड्नु हुँदैन । सबैको उपकार गर्नुपर्छ । एक आर्काको सहयोग गरी छिमेकीमा सद्भाव हुनुपर्छ ।

अभ्यास:

१ तलका प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस् :

क) धन्जिते र गुमानेको बिचको झगडा बढ्नुको कारण के हो ?
उत्तर : असारको बेलामा गुमानेको गोरुले धनिजतेको व्याडमा पसेर आज भोली रोप्नुपर्ने विउ खाएपछी धनजिते आगो हुन्छ । गोरुलाई लगारी लगारी चुट्न थाल्छ । गोरु चुटेको निहुँमा दुबै विचमा भनाभन हुन्छ । दुबैले हात हालाहाल गरेपछी त्यही दिन देखी बोलचाल दुबैबीच बन्द हुन्छ ।

ख)धर्मानन्द कस्तो स्वभावको व्यक्ति हो र कथामा उसले कस्तो भूमिका खेलेको छ ?
उत्तर : धर्मानन्द अलि ठट्यौला स्वभावका व्यक्ति थिए । वीरसिक्का पढ्थे, गाउँका बुजु्रक हुँ भन्ने घमण्ड गर्थे ।मानिसलाई उडाएर तमासा गर्ने र त्यसको आनन्द लिने उनको स्वभाव थियो । धनजिते र गुमानेका विच भनाभन भएपछी उनिहरुलाई लडाउने अवसर उनले पाए । उनैको कारण गुमाने तातेको थियो । यस कथामा धर्मानन्दले मानिसलाई उक्साएर तमासा देखाउने भूमिकामा खेलेका छन् ।

ग)गुमाने र धन्जितेका बिचको झगडा कसरि टुङ्गगियो ?
उत्तर : भदौको आधा महिना तिर गाउँमा आँठेको माहामारी फैलेको थियो । गुमानेले त्यो देउताके दोष भन्थ्यो । गाउँका सारा मानिस आए तर करेसा जोडिएको धनजिते आएन । आँठेले धनजिते र उसकी स्वास्नीलाई समात्यो । दुबै थला परे । धनजितेलाई सहयोग गर्ने कोहि भएन । गाउँमा धेरैलाई आँठे पर्यो । महिला त गुमानेले शत्रुको मुख के हेर्नु भनेर वास्ता गरेन पछी एउटै सिरान गरेर सुतेपछी गोडा लाग्छ भन्दै धनजितेको स्याहार सुसार गर्यो । गुमानेको सेवाले धनजितेको मन फर्कियो । उसको होस खुल्यो र पछुतायो । त्यही घटनाले दुबैको झगडा टुंगियो ।

२) 'छिमेकि ' कथा पढी तलका घटनाहरुलाई क्रम मिलाएर लेख्नुहोस् :

उत्तर :

  • १. गुमानेका गोरु धनजितेका ब्याडमा परेर विउ खाइदिएको निहुँमा गुमाने र धनजिते बीच झगडा पर्नु ।
  • २. धर्मानन्दले झगडा बढाउन गुमानेलाई उकास्नु,
  • ३. झगडा पछी दुबैको बोलचाल बन्द हुनु,
  • ४. गाउँमा आँठेको माहामारी फैलिनु ,
  • ५. धनजितेलाई व्यथाले सिकिस्त पारेपछी मात्र गुमाने धनजितेको हेरचाहमा जानु,
  • ६. धनजितेको हेरचाहामा लागेको गुमानेलाई आशामरु साहुले बढी पैसाको लोभ देखाएर शहर पठाउन खोज्दा गुमानेले अस्विकार गर्नु ।
  • ७. गुमाने र आशामरु बीचको कुराकानीले धनजितेको होस खुल्नु
  • ८. धनजितेलाई गुमानेसँग गरेको व्यवहार प्रति पछुतो हुनु ।
  • ९. सन्चो भएपछी धनिजिते र गुमाने पहिले झैँ घनिष्ठ छिमेकीको रुपमा रहनु ।

३) क)' छिमेकि ' कथाका पत्रहरुका एक - दुई विशेषता यहाँ दिइएको छ । कथा पढी येही आधारमा हरेक पत्रका अन्य विशेषताहरु लेख्नुहोस :

  • अ) धनजिते : बलियो, झगढालु, इस्र्यालु, घमण्डी, पश्चातापी
  • आ) गुमाने : अर्काको उक्साहतमा लाग्ने, दयालु, इश्वर भक्तिभाव, परोपकारी, सहयोगी, विवेकी
  • इ) धर्मानन्द : ठट्यौलो स्व्भाव, आफूलाई बुजु्रक ठान्ने, गफाडी, अर्कालाई उक्साएर तमासा पार्ने, विवेकी
  • ई) आशामरु : व्यापारी, पैसामुखी सोचाई भएको, स्वर्थी

ख) ' छिमेकि ' कथा पढेर कथाको परिवेशसम्बन्धि तलका प्रश्नको उत्तर दिनुहोस् :

अ) 'छिमेकि' कथाका पत्रहरु रहेको स्थानगत र समयगत परिवेशको वर्णन गर्नुहोस् ।
उत्तर : गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी आदिको सचित्र वयान गरेका छन् ।

देश, काल र वातावरणलाई परिवेश भनिन्छ । छिमेकी कथाको परिवेश भनेको छिमेकी कथाका पात्रहरुले खेलेको ठाउँ हो । कथाकार मैनालीले यस ठाउँलाई निकै रमाइलो ठाउँ भनेका छन् । यस ठाउँमा बेंसीको फाँट, चौतारी, कुलो, आशामरु साहुको हिउँदे पसल स्थानगत परिवेशका रुपमा आएका छन् ।

अर्काे परिवेश समयका हिसाबले टन्टलापुर घामका कारण पात्रहरु चौतारीमा बसेको चर्चा कथाकारले गरेका छन् । यो कथा असारको महिना मा रोपाई हुने समयलाई चित्रण गरिएको छ । यसको साथै भदौको महिनामा आँठे रोग फैलिएर गाउँनै सोत्तर भएको समयगत परिवेशको चर्चा कथामा पाइन्छ । यसको साथै पात्रहरुको कक्कड खाने, घुम बुन्नु, वीरसिक्का पढ्नु, गाउँमा जान्ने बसाइ उपचार गर्नु कथाका परिवेश र देउता रिाउने गुमानेको कुराले धार्मिक सांस्कृतिक परिवेशलाई कथाकारले ग्रामिण परिवेशको चित्रण गरेको पाइन्छ ।

आ. ' छिमेकि ' कथाका पत्रहरुको सामाजिक,आर्थिक तथा जातीय परिवेशको सङ्क्षिप्त समिक्षा गर्नुहोस् ।
उत्तर गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी आदिको सचित्र वयान गरेका छन् ।

यस कथामा जान–जाति, वर्ग, लिङ्ग, आदिको भेदभाव रहँदैन । यस कथामा धर्मनन्द पाध्ये, जनजिते भोटे, गुमाने घर्ती, आशमरु साहु (नेवार) आदिको आसपासमा मेलमिलापदेखिन्छ । अथवा नेपालमा विभिन्न जानजाती मिलेर समाज वनेको छ । नेपाल बहुजाति, बहुभाषी तथा बहु संस्कृतिको देश हो । आर्थिक दृष्टिले “छिमेकी” काथाका पात्रहरु सम्पन्न नभएको देखिन्छ । यि सरल किसान भएको धनका पछाडी आक्रान्त देखिदैन ।गाँस, बास, कपास को आवश्यकता पूरा गर्न सके निीहरु सन्तुष्ट देअिन्छन् । छिमेकी कथामा विभिन्न जातजातीका मानिसहरुका बिीच आपसी मेलमिलाप र सद्भवावना देखिन्छ । केही समय धनजिते र गुमानेका बीच मनमुटाव भए पनि पछि घनिष्ट मित्रका रुपमा परिवर्तन भएका छन् । यसरी यस छिमेकी कथामा सामानिक मेलमिलाप आर्थिक उन्नती र जातीय उत्थान भएको कथाले दर्शाएको ।

ग)' छिमेकि ' कथाले दिएको सन्देशसंग सम्बृद भएर तलका प्रश्ननको उत्तर दिनुहोस :

अ. छिमेकीको आवश्यकता र महत्वबारे ' छिमेकि ' कथाले कस्तो सन्देश दिएको छ ?
उत्तर : गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी आदिको सचित्र वयान गरेका छन् ।

आपद् विपद् पर्दा सहयोग पर्याउने सगैको घरको वरपर वस्ने मानिसलाई छिमेकी भनिन्छ । छिमेकीसँग सधै सहयोगी सम्बन्ध राख्नुपर्दछ । सानोतिनो कुरालाई ठूलाृ रुप्मा लागेर सम्बन्ध विगर्ने गर्नु हुँदैन । आपसमा मिलेर बस्नुपर्छ । एक आर्कालाई आवश्इक पर्दा सहयोग पुर्याउनुपर्छ । यो कथाले सहयोगीको भाना सबौ हुनपर्छ भन्ने सन्देश दिएकाृे छ । यो आदर्शवादी भावनालार्य यस कथामा चित्रण गरिएको छ ।

आ. ' छिमेकि भनेको जिउँदोको जन्ती र मर्दाको मलामी हो ' यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तर : गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी आदिको सचित्र वयान गरेका छन् ।

छिमेकीको आवश्यक मर्दा र पर्दा पर्छ । त्यसैले छिमेकीलाई जिउँदाको जन्ति र मर्दाको मलामी भनेको हो । एक अर्कामा सहयोगी भावनाले छिमेकीको महत्व झल्किन्छ । असल छिमेकीले मर्दा र पर्दा साथ दिन्छ । कथामा पहिला त गुमानेले शत्रुको मुख के हेर्नु भनेर वास्ता गरेन । पछि धनजितेको विजनेक हेर्न नसकेर स्याहार सुसार गर्याे र सेवाभावले धनजितेको मन फर्कियो, उसको होस् खोल्यो । त्यही घटानाले उनिहरु घनिष्ट मित्रका रुपमा देखा परेका छन् । त्यसैले जतिखेर जस्तो तस्तो भएपनि आवश्इक पर्दा साथ दिने भनेको छिमेकीले नै हो ।

४)' छिमेकि ' कथामा गाँउले जीवनको कस्तो चित्रण गरिएको छ ? पाठक प्रतिक्रिया लेख्नुहोस् ।
उत्तर: गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी आदिको सचित्र वयान गरेका छन् ।

चौतारामा असारको बेलामा थाकेका खेतालाहरु कोहि घुम बुन्दै छन् । कोहि सोतेका कक्कड खाँदै छन् । यहि रमाइलो परिवेशमा गुमानेको गोरुले धनजितेको विउ खाइदिन्छ । धर्मानन्द पाध्ये जस्ता गाउँका बुज्रुक भनाउँदालाई आर्कालाई उक्साएर तमासा देखाउने अवसर मिल्छ । उनकै उक्सावटमा गुमाने र धनजितेका बीच लठारो पर्छ । पछी बाटोमा भेट हँुदा तर्किएर हिँड्न थाल्छन् । गाउँमा आँठे रोगको महामारी फैलिँदा गुमानेले जान्ने बसाउँछ । गाउँका सबै आउन् तर केरेसो जोडिएको धनजिते आउँदैन । आँठे रोगले धनजिते र उसकी स्वास्नीलाई समाएपछि पहिला त शत्रुको मुख के हेर्नु भनेर गुमानेले वास्ता गरेन । पछि छिमेकीको महत्व बुझेर उसले धनजितेको सेवा गर्न लाग्यो । आशामरु साहु गुमानेलाई बर्खे मालताल लिन शहर जा भन्न आयो । गुमाने पैसाको लागी आत्मा बेच्ने नीच हैन भन्दै गएन । विरामी बाट उठेपछी गुमाने र धनजिते घनिष्ट मित्रका रुपमा देखा परे । यि किसानहरु पैसाको लोभ, लालच र मोहबाट टाढै रहेका इमान्दार, भोलाभला सज्जन देखिन्छन् । छिमेकी आदर्र्शौन्मुख यथार्थवादी कथा हो ।

व्याकरण:

नेपाली अक्षरको पहिचान

१ सब्दमा वर्णहरु हुन्छन । शब्दमा भएका वर्णहरुबाट अक्षर बन्छ र अक्षरले शब्द बनेको हुन्छ । एउटा शंदामा एक वा त्यसभन्दा बढी अक्षर पनि हुन्छन । शब्द उच्चारण गरेर अक्षर पत्ता लगाउन सकिन्छ । अक्षरलाई सासकी झोक्काका आधारमा छिन्न सकिन्छ । येसलाई उच्चारणको पटकका रुपमा पनि लिन सकिन्छ । 'चोर ' शब्द एक पटकमा उच्चारण हुन्छ , ' सरकार ' शब्द दुई पटकमा उच्चारण हुन्छ अनि 'टन्टलापुर' चार पटकमा उच्चारण हुन्छ । ' छीमेकी ' कथामा प्रयोग भएका केहि शब्द तल दियियेका छन् । ती शब्द उच्चारण गर्नुहोस् ती कति पटकमा उच्चारण हुन्छन ठम्याउनुहोस् र उच्चारणको पटकका आधारमा अक्षरसङ्ख्या पत्ता लगाई तिनको बेग्लाबेग्लै सुची बनाउनुहोस :
उत्तर:  ए , र , यी , यो , इस् , आठ्, दोष, चोर, हात, ऋण, रुघा, नत्र , क्षमा , गोरु, कुरो, नेवार, ढाकर , अमृत , खत्तम , धुमधाम, सरकार, सन्निपात , धनजिते , गुमाने , झगडा , अज्ञानी , धर्मानन्द, आशामरु, टन्टलापुर् , लोग्नेस्वास्नी , घचेटाघचेट ।

२ शब्द - उच्चारण - अक्षर संख्या

  • ए ए १
  • र र १
  • यी इ १
  • या या १
  • इस् इस् १
  • आठ् आठ् १
  • दोष दोस् १
  • चोर चोर् १
  • हात हात् १
  • ऋण रिण्, रिन् १
  • रुघा रुघा २
  • नत्र नत्र २
  • क्षमा छेमा २
  • गोरु गोरु २
  • कुरो कुरो २
  • नेवार नेवार् २
  • ढाकर ढाकर् २
  • अमृत अम्म्रित् २
  • खत्तम खत्तम् २
  • धुमधाम धुम्धाम् २
  • सरकार सर्कार् २
  • सन्निपात सन्निपात् ३
  • धनजिते धन्जिते ३
  • गुमाने गुमाने ३
  • झगडा झगडा ३
  • अज्ञानी अज्ञानी ३
  • धर्मानन्द धर्मानन्द ४
  • आशामरु आशामरु ४

३) तल दिइएका शब्दहरुलाई पहिले उच्चारण गर्नुहोस् र उच्चारणअनुसार लेख्नुहोस्:

उत्तर : शब्द उच्चारण

  • इशान इशान्
  • कीर्ति किर्ति
  • ऐना अइना
  • औपचारिक अउपचारिक्
  • चौतारो चउतारो
  • संसार सन्सार
  • अञ्चल अन्चल्
  • दण्ड दन्ड
  • विशेषज्ञ विसेसग्य
  • अक्षर अछेर
  • दक्ष दच्छे
  • उर्जा उर्जा
  • पीउस पिउस्
  • वैशाख बैसाख
  • कृपा क्रिपा
  • अंश अङ्स
  • संज्ञा सङ्ग्या
  • व्यञ्जन व्यन्जन
  • ब्रहमाण्ड ब्रहमान्ड
  • पवित्रतता पवित्रता
  • क्षयरोग छेयरोग
  • पक्षघात पच्छ्याघात

५ ) तलका शब्दको उच्चारण कस्तो हुन्छ ? लेख्नुहोस् :

उत्तर : शब्द उच्चारण

  • अत्याचार अत्त्याचार
  • भव्यता भव्यता
  • नित्यकर्म नित्त्यकर्म
  • औचित्य औचित्त्य
  • अन्याय अन्न्याय
  • अविश्वास अविश्श्वास
  • विश्वकोश विश्श्वकोशा
  • वाणिज्य वाणिज्ज्य
  • आग्लो आग्ग्लो
  • सप्रेको सप्प्रेको
  • चक्रव्यूह च्क्क्रव्युह

८) तलका शब्द उच्चारण गरेर अक्षरसंख्या पत्ता लगाउनुहोस् :

उत्तर : शब्द उच्चारण अक्षर संख्या

  • ए ए १
  • अँ अँ १
  • अ अ १
  • इस् इस् १
  • आठ आठ् १
  • म म १
  • को को १
  • घर घर् १
  • भात भात् १
  • स्याँ स्याँ १
  • स्याल स्याल १
  • स्त्री इस्त्रि १
  • पल्याट पल्याट २
  • कलकल कल्कल् २
  • कमला कमला ३
  • वातावरण वातावरण ४
  • सामाजिकता सामाजिकता ५
  • विकेन्द्रिकरण विकेन्द्रिकरण ५
  • पञ्चामिृत पन्चाम्म्रित ३
  • अविस्मरणीय अविस्मरणीय ६

बोध: 

तलका अनुच्छेदहरु पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

क) अम्लिया वर्षा कसरी हुन्छ ?
उत्तर : हावामा रहेका धुलाका कणहरु, उद्योगहरुबाट धुवाँ धेरै फालिने ठाउँमा पानी धुवाँका कणहरुसँग मिसिएर तेजाब बन्छ र अम्लीय वर्षा हुन्छ ।

ख ) रसायन मिसिएकोझोलले मानिस कसरि सङ्कटमा पर्छन ?
उत्तर : रसायन मिसिएको सोलले पानी दुषित हुँदा त्यसबाट हुने स्वास्थ्य संकट आखिरमा मानिस आफैँले भोग्नु पर्छ । त्यसले मासिनमा मात्र नभई प्राकृतिक कुरामा प्रभाव पार्दछ जसको असर मानिसमा देखिन्छ । फलस्वरुप मानिस संकटमा पर्दछ ।

ग) जमिन सुक्खा हुनुको कारण के हो ?
उत्तर : वर्षाको पानी जमिनभित्र रसायर जानुभन्दा भलको रुपमा बग्नु, जमिनमा हरियाली कम हुनु जमिन सुख्खा हुनुको कारण हो ।

घ) पानीसँग सम्बन्धित समस्याहरु के के हुन् ?
उत्तर : पानीसँग सम्बन्धित समस्याहरु, खानेपानीको अभाव, पानीको परिमाण कम हुनु, भएको पानी दूषित हुनु, पानी खेर जानु आदि हुन् ।

ङ ) 'अम्लीय ', 'कीटाणु', ' रासायनिक 'र 'जीव ' शब्दको अर्थ लेख्नुहोस् ।
उत्तर :

  • अम्लीय – रसायन मिसिएको
  • कीटाणु – सानो सानो सुस्म जिवाणु
  • रासायनिक– कल कारखानाबाट निस्कने पदार्थ
  • रसायन मिसिएको
  • जीव – प्राण भएको जन्तु

You may also like to read:

Join with us on social media to see our updates on your feed.
facebook logo twitter logo