Learn Flutter Framework by Google to Build Beautiful Apps. Learn App Development on FlutterCampus

मधुमालतीको कथा (Madhumalatiko Katha) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

रमेश विकल (बिरानो देशबाट)

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल
मधुमालतीको कथा (Madhumalatiko Katha) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

मधुमालतीको कथा - रमेश विकल

मधुमालतीको कथा:

बिशेस्वरप्रसाद कोइरालाको मनोबैज्ञानिक प्रवृति र गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी शैलीलाई एकै ठाउँमा ब्यक्त गर्ने कथाकार रमेश विकल प्रगतिशील कथाकार हुन् l बिपन्न वर्गप्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ l काठमाडौँ वरिपरिको परिवेशलाई कथामा व्यक्त गर्ने कथाकार विकल्का कथामा वर्गीय द्वन्द, असमानता, अन्धविस्वास जस्ता विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ l सामाजिक यथार्थको धरातलमा बालमानोविज्ञानलाइ प्रस्तुत गरिएको यस मधु मालतीको कथामा वर्गीय विभेद, जातीय असमानता र बालमस्तिस्कलाई प्रस्तुत गरिएको छ l नेपाली समाजमा विद्ध्यमान वार्गभेदको अवस्थालाई कथामा शंकर र गौरीको परिवार बाट प्रस्तुत गरिएको छ l विपन्न वर्गीय समाजको मर्म र वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरिएको यस कथामा बाल मनको सुक्ष्म विस्लेषण गरिएको छ l अबोध बालसंसारमा बाधक भएर उभिने समाजको विभेदपूर्ण संरचना प्रति कथाकार आक्रोशित पनि भएका बुझिन्छन् l उच्च वर्गीय समाजको दमनकारी मनोवृत्ति कथामा प्रस्तुत गर्दै लोक कथाको पृष्ठभूमिमा नेपाली समाजको भेदभावपूर्ण अवस्थालाई कथामा चित्रण गरिएको छ l

समाजमा असमानता र वर्ग विभाजन भएपनि बाल मस्तिस्कले त्यसको बोध नगर्ने कुरालाई कथामा शंकर र गौरीको घनिष्ट सम्बन्धबाट पुस्टि गरिएको छ l बालबालिकाले लौकिक र अलौकिक सन्दर्भ र अपरिपक्व मानसिकताले ठुलो र सानो रुपको भेदभाव महसुस गर्न नसक्ने मनोवैज्ञानिक सत्यका कथामा संकर र गौरी मार्फत प्रस्तुत गरिएको छ l कथाको जस्तै मधुकरको बासुरीबाट मालतीरुपी गौरीलाई बोलाउन चाहनु, आफ्नी आमा संग घोडाको माग गर्नु, मधुकरले जस्तै साहसी काम गर्न उत्प्रेरित हुनु, गौरीको सम्पन्नताको बोध नहुनु, आदि संकरको मनोदशा हो भने मालतीझैं मधुकररुपी संकरलाइ पारिवारिक विरोध भएपनि सकेसम्म साथ दिनु, बादलपारीको सहरमा जाने इच्छा गर्नु, आफ्नै फुपुदिदिलाई बोक्सी बुढी भन्नु, आदि गौरीको बाल मनोदशा हो l यसरी दुइ बालपात्रको मानसिक अवस्थालाई कथामा देखाइएकोले यो कथा बाल मनोबैज्ञानिक कथा हो भन्न सकिन्छ l

सामन्ती वर्गले गरिब वर्ग प्रति गर्ने रुखो व्यवहारलाई कथामा प्रस्तुत गरिएको छ l गौरीको परिवारले संकर्लाई गरेको अपमान, तिरस्कार र घ्रिनाले सम्पन्न वर्गको क्रूर,अविवेकी र अमानवीय सामाजिक यथार्थलाइ प्रस्तुत गरेको छ l धनी वर्गले गरिबलाई मान्छेनै नठान्ने, धनीको छोराछोरीसंग हेलमेल नै गर्न न हुने अन्याय पूर्ण सामन्ती सोच कथामा गौरी र संकरको घनिष्टतालाइ टुक्रा पारिदिएबाट प्रस्ट हुन्छ l त्यसैगरी गरीबको छोरो संकरसित बढेको मित्रतालाई वियोगमा पुर्याउन गौरीका परिवार बसाइ नै सरेको यथार्थता पनि कथामा प्रस्तुत गरिएको छ l गरिबको चाहना, इच्छा , आकांक्षा, सम्पन्न वर्गको दमनले पुरा न हुने तथ्य लाइ कथामा संकरको घोडालाइ गौरीको मोटरले किचीमिची पारिदिएको प्रसंगले पुस्टि भएको छ l यसमा फुपुदिदिको गालीले गर्दा संकर सिकिस्त रुपमा बिरामी पर्नुले पनि यस कथाको मनोवैज्ञानिक पक्षलाइ दर्साएको छ l

कथाकार परिचय:

रमेश विकल (वि. सं. १९८५ - २०६५) प्रसिद्ध आख्यानकार हुन्। उनले नयाँ सडकको गीत, आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा, उर्मिला भाउजू, शव सालिक र सह्स्र बुद्धजस्ता कथासङ्ग्रह; अविरलबग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुनजस्ता उपन्यासको सिर्जना गरेका छन्। सामाजिक यथार्थलाई टिप्तै त्यसप्रति आलोचनात्मक दृष्टि राख्ने विकलका कथामा प्रगतिशील चेतना पाइन्छ। उनि सामाजिक जीवनको यथार्थ चित्र उतार्न सक्ने सशक्त अथाकार हुन्। उनले बालमानोबिज्ञान तथा निम्न वर्गका बालबालिका जीवनका विविध अवस्थाको चित्रण गरेर प्रशस्त कथा लेखेका छन्। उनको 'मधुमालतीको कथा' मा पनि यही विशेषता पाइन्छ।

प्रश्नोत्तर:

पठन बोध: २. तलको कथांश पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :  

क) यो सबै सङ्गत् गुनाको फल । ठुलाबडाको सङ्गतको विष त महामारी फैलेझैँ पो फैलन्छ त । यस्ले हामीजस्ताको त प्राणै चुस्छ ।

प्रश्नहरु:

अ) यो भनाई कसको हो ?
उत्तर: यो भनाइ शङ्करको बाबुको हो ।

आ ) "ठुलाबडाको सङ्गतको विष त महामारी फैलेझैँ फैलन्छ " भन्नुको तात्पर्य के हो ?
उत्तर:  समाजमा धनी, गरीब, शिक्षित, अशिक्षित विभिनन वर्गका मानिस बस्छन् । बाहिर ठूला बडा भित्री रुपमा नीच स्वभावका मानिस पनि हाम्रो समाजमा बस्छन् । तिनको प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव गरीबहरुमा परिरहेको हुन्छ । शङ्करका बाबुले घोडा किनिदिने माग छोराको पु¥याउन नसक्ने अवस्थामा यो अभिव्यक्ति यहाँ व्यक्त भएको छ । 

इ) यो कथन कुन सन्दर्भमा भनिएको हो ?
उत्तर: यो कथन शङ्करले घोडा किनिमागेको सन्दर्भमा भनिएको हो । 

ई) यस कथांशपछि लगत्तै कस्तो कथा सन्दर्भ  आउँछ?
उत्तर : यस कथांशपछि शङ्करलाई गौरीको सङ्गतबाट परै राख्ने सन्दर्भ आउँछ । 

उ) यस कथांशको सार के हो ?
 उत्तर : यस कथांशको साथ मानिस सङ्गत विष सरह हुन्छ । 

ख.) म बिस्तारै सडकको ठुलो ढोकाबाट निस्के अनि भरिएका आँखाले ढोकाको डन्डीबाट भित्र हेरे, गौरी मतिर हेरिरहेकी थिई - " तिमि हाम्री दिदीअमाको घर नजाऊ है शङ्कर ! त्यो त बोक्सि बुढी ।" गौरी हात हल्लाई हल्लाई भन्दै थिई । दिदीआमा र गौरीका बुबा माथि बरन्डामा उभिरहेका थिए । " हेर मलाई गाली गरेकी ? यो मेरो माग्ने छिमेकमा , छोरि भाँडन आँट्यो तिमीले छोटाको हावा लागेपछि बडाको स्वभाव कताबाट होस् ? यो छोटाहरुको टोल नछोडेसम्म यिनले छोड्ने होइनन् ।" दिदीआमा बुबासंग भन्दै थिई ।

प्रश्नहरु:

अ) गौरीले शङ्करलाई किन " दिदीआमाको घर नजाऊ " भनेकी हो ?
उत्तर: शङ्करले बाइस्कल चढेको देखेर दिदीआमाले लडाइदिई त्यही भएर गौरीले शङ्करलाई दिदी आमाको घर नजाऊ भनेको हो । 

आ ) गौरीले आफ्नी फुपूदिदीलाई ' बोक्सी बुढी ' भन्नु उपयुक्त हो त ?
उत्तर: गौरीले बाल स्वभाव अनुसार फुपूदिदीको त्यो दुच्छर स्वभावलाई बोक्सी बुढी भन्नु उपयुक्त नै हो ।

इ)" छोटाको हावा लागेपछि बडाको स्वभाव कताबाट होस् ?" भन्नुको तात्पर्य के हो ?
उत्तरः शंकर गरिव छ र गौरी धनीको छोरी हो । यी दुबै एउटै टालामा बस्ने बाल दौतरी हुन् । फुपूआमाले गौरीको मेल शंकर सित भएको र आफूलाई बोक्सी बढी भनेकाले छोटोको संगतले बडा विग्रिन्छन् भन्न खोजिएको हो ।

ई) यस  अनुच्छेदमा छिमेकिहरुबीच कस्तो विषमता रहेको देखईएको छ ?  
उत्तर: यस अनुच्छेदमा धनी र गरीब भनी आर्थिक रुपमा र स्वभावगत रुपमा छोटा र बडा भनिएको छ ।यस अनुच्छेदमा धनी र गरीब भनी आर्थिक रुपमा र स्वभावगत रुपमा छोटा र बडा भनिएको छ ।

उ)गौरी र शंकरका बीच कस्तो सम्बन्ध देखा पर्छ?
उत्तर: गौरी र शंकरका बीच सौहार्द भेदभाव नभएको सम्बन्ध देखा पर्छ ।

अभ्यास:

१. लोककथामा मधुकर र मालतीको त मिलन भयो तर 'मधुमालतीको कथा' मा शंकर र गौरीको चाहिँ किन बिछोड भएको होला ? प्रतिक्रिया लेख्नुहोस ।
उत्तर:  लोककथामा मधुकर र र मालतीको मिलन देखाइएको छ । उनीहरुको मिलनमा दैवी शक्तिको प्रयोगले काम गरेको छ । तर हाम्रो लोक जीवनमा आपसी सौहार्द, मेलमिलाप र सदाचारको कमी छ । समाज धनी–गरीब, उच–नीचको भेदभावले ग्रस्त छ । बाल स्वाभमा सम्पन्न परिवारकी छोरी गौरी र विपन्न परिवारको छोरा शङ्करका बीच हिमचिम र मेल छ । बालबालिकालाई सम्पन्नता र विपन्नताको रोगबाट विमुख देखाइएको छ । फुपूदिदी जस्ता छुच्छर र सामाजिक दुव्र्यवहारका कारण शङ्कर गौरीको विछोड भएको छ । 

२. ' मधुमालती को कथा ' ले बालबालिकाका केकस्तो सामाजिक र मनोबैज्ञानिक समस्या उठाएको छ ?
उत्तर: “मधुमालतीको कथा” सामाजिक कथा हो । यो कथा बालमनोविज्ञानमा आधारित छ । हाम्रो समाजमा घट्ने घटनाको यथार्थ चित्रण गरिएको यस कथामा बालबालिकाहरु तिरस्कृत हुन्छन् । उनीहरुमा विभेद गर्ने तत्व हाम्रो समाजमै छन् भन्ने यस कथा मार्फत दर्शाइएको छ । जो आफ्नो सम्पन्नताका आडमा गरीब र विपन्न वर्गका छोराछोरीलाई माग्ने छोराको संज्ञा दिन्छन् । शङ्कर गौरीलाई भित्री दिलबाट माया, स्नेह र आदर भाव राख्दछ । समाजमा देखिएको धनी र गरीबको सीमा मेट्न नसकिएसम्म यस्तै भेदभावपूर्ण व्यवहार हुन्छ भन्ने यस कथामा भन्न खोजिएको देखिन्छ। 

बालबालिकाहरुमा सामाजिक छेकवार र विभेद हुँदैन । उनीहरु निष्कलङ्कित हुन्छन् । जसरी मधुकरले मालतीलाई प्रेम गर्दछ र मालतीको विछोडमा मधुकर विह्वल भएको छ । त्यसरी नै शंकरले गौरीलाई आन्मिक प्रेम गर्दछ र आफु विरामी पर्दा बाँसुरी बजाउँदा गौरी टुप्लुक्क आईपुग्छे भन्ने भ्रम शंकरले राखेको छ । जति बाँसुरी बजाएपनि गौरी आइन । गौरीलाई छक्क पार्नु र आफ्ना पौरुष देखाउन शंकरले मधुकरको घोडा भ्याइदिन आमासँग देखाउन शंकरले मधुकरको घोडा भ्याइदिन आमासँग ढिपी गर्दछ । गौरी पनि शंकरलाई माया गर्छे । आफु टोल छोेडेर जानुपर्दा खिन्नता प्रकट गर्छे । 

३. बालबालिकाका बिचमा विभेद सिर्जना गर्ने मूल कारण समाज नै हो त, आफ्नो विचार लेख्नुहोस् ।
उत्तर: नेपाली समाजमा विभिन्न बर्गका मानिसहरु बस्छन् । त्यसैले समाजमा बर्गीय विभेद देखिन्छ । मानिसहरु आफुलाई ठूलो र भट्ट सम्झिन्छन् । यस्तो मनोवैज्ञानिक समस्याले ग्रस्त समाजमा बाल बालिकालाई प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्नु स्वभाविकै छ । गरीब र धनीको छुट्टाछुट्टै वर्ग बनेको समाजमा पाइन्छ । जुन समाजको हित विपरित र यसको प्रभाव प्रत्यक्ष बालबालिकामा परेपनि समाजले नै बालबालिका बीच भेदभावको वातावरण सृजना गरेको बुझिन्छ । धनीका छोराले गरीबका छोरासित सम्बन्ध बढाए पारिवारिक प्रतिष्ठामा आँच आउने कुरा सुने बालबालिकाले आफुलाई उच्च कुलोत्यन्न, सम्पन्न सम्झन्छन् । बालक जन्मदै भेदभाव गर्ने सक्ने भएको हुँदैन । उसलाई हाम्रो समाजको वर्गीय रेखाले विस्तार विस्तारै पारिवारिक मर्यादा, रीति–नीति र चालचलन सिक्दै हुर्किन्छ र समाजको आचरण सिक्दछ । त्यसैले कुनै पनि बालकलाई वर्गीय विभेद गर्न समाजले नै सिकाउँदछ । किनकी कुनै पनि बालको घर पछिको पाठशाला आफ्नो समाज नै हुन्छ । तसर्थ बालबालिकाका बीचमा विभेद सिर्जना गर्ने मुल कारण समाजनै हो । 

४. 'मधुमालतीको कथा ' मा व्यक्त विचारप्रति तपाईको सहमति वा असहमति के छ , लेख्नुहोस् ।
उत्तर: मधुमालतीको कथा एक सामाजिक, आर्थिक, बालमनोवैज्ञानिक विचारमा आधारित छ । यो कथामा कथाकारले प्रगतिशील भावना व्यक्त गरेका छन् । नेपाली समाज सम्पन्न र विपन्न गरी दुई भागमा विभाजित भएको, विपन्नले आफुलाई सानो र सम्पन्नले आफूलाई ठूलो भन्ने रोगले ग्रस्त हाम्रो नेपाली समाज विकासका लागि हानिकारक ठानिन्छ । यस कथामा प्रयुक्त घटना नेपाली समाजमा देखिएको सामाजिक विभेदकता र त्यसले पार्न सक्ने दुरगामी प्रभावलार्य कलात्मक भाषामा प्रस्तुत गरिएको छ । आर्थिक दृष्टिले सम्पन्न र विपन्न वर्गमा चालमेल र उठबस नहुँदा टोलै छाडेर जानुपर्ने बाध्यात्मक परिस्थितिको शिकार भएको यथार्थ अवस्थालाई निकै रोचक र प्रभावकारी ढङ्गले यस कथामा प्रस्तुत गरिएको छ । यस कथामा बालबालिकाको मनोविश्लेषण गरी उनीहरुको भावना धारणालाई निकै शुक्षम रुपमा प्रस्तुत गरी वर्गीय विभेद प्रष्ट पारिएको छ । समग्रमा कथा प्रभावकारी र निकै रोचक देखिन्छ । 

पात्र परिचय लेखन:

२. माथिका प्रश्नहरुका आधारमा ' मधुमालतीको कथा' कथाका निम्नलिखित पात्रको परिचय लेख्नुहोस् :
उत्तर: (प्रश्नहरु पुस्तकबाट पढ्नु होस्)

  • क. “गौरी”:  गौरी धनी बाबुकी एक्ली छोरी हो । उसमा आफु धनी बाबुकी छोरी हुँ भन्ने घमण्ड छैन । ऊ उसको स्वभाव अनुसार शङ्करसित खेल्ने, रमाउने, आ–आफ्ना भावना साटफेर गर्ने गर्दछे । ऊ शङ्करको बाल दौतरी हो । गौरी निश्चल निश्वार्थ निर्दाेष देखिन्छे । गौरी शङ्करको छलकपट र बेइमानी नजान्ने बाल प्रमिका हो । 
  • ख. “शङ्कर”: शङ्कर गरीब बाबुको छोरा हो । उसमा अहम जिज्ञासु केठी हठी र जिद्धीवाल स्वभाव छ । उसको नजिकै बस्ने धनी बाबुकी एक्ली छोरीलाई अन्तर दिलदेखि माया गर्छ । प्रायः शङ्कर कथामा गौरीलाई आफ्नो बनाउने प्रयत्नमा लागेको देखिन्छ । गौरीले अहिले तिमी केटाकेटी छौ भन्दा खिस्रिक्क हुन्छ । तर पौरुष झिकेर गौरीलाई घोडामा पछाडि राखेर यो दृष्ट समाजभन्दा निकै टाढा बादल पारीका देशमा लैजाने मनसाय प्रकट गर्छ । ऊ विरामी हुँदा पनि गौरीलाई सम्झन्छ । बाँसुरी बजाएर डाक्दा पनि गौरी नआएकोमा आमासँग गुनासो गर्छ । अन्ततः प्लाष्टिकको घोडा लिएर गौरीकहाँ गएको शङ्कर गौरी बसाई सर्दै गरेको देखेर विफल भएर घर फर्कन्छ । यस कथामा शङ्कर प्रमिका रुपमा देखिए पनि उसको भूमिका सहज र स्वाभाविक छ । 
  • ग. “दिदीआमा”: दिदीआमा गौरीकी फुपूदिदी पर्छिन् । यस कथामा गौरीको भनाइमा दिदीआमा बोक्सी बुढी र शङ्करका बुझाईमा राक्षसनी हो । उसको नकारात्मक सोच र क्रियाकलापको प्रभाव गौरी र शङ्करको परिवारमा परेको छ । जसले गर्दा गौरीका बुबाले बसाई सरेको र त्यसले गर्दा गौरी र शङ्करको बिछोड भएको छ । दिदीआमाका नजरमा समाजका गरीब गुरुवा चाहिँ ‘माग्ने’ देखिन्छन् र छोटा मानिन्छन् । ऊ धनले मात्तिएकी आइमाई हो । उसकै आँखाबाट माया, ममता भन्ने कुराको ज्ञान छैन । ऊ यस कथामा विवेकहीन, स्वार्थी पात्र हो । 

व्याकरण:

अभ्यास -(नामयोगीबाट)

सँग , तर्फ़ ,सित , मार्फत , अनुसार , समेत , भित्र , मुनिजस्ता नमयोगी शब्दको प्रयोग गरि दश वाक्यमा एउटा अन्नुछेद तयार पार्नुहोस् ।
उत्तर: म साथीसँग खेल्न जान्थेँ । मेरो पढाइतर्फ खासै मन लाग्दैनथ्यो । साथीसित खेल्न पाए म निकै खुसी हुन्थेँ । म मेरो साथीमार्फत उसको घरमा जाँदा उसको बुबाले भनेअनुसार ऊ पनि मलाई मन पराउँदथ्यो । कहिले काहीँ उसको बुबा समेत हामीसँग खेल्नु हुन्थ्यो । जब ऊ र म कोठाभित्र बसेर कुरा गर्दै थियौँ । खाटमुनिबाट सर्प निस्कियो । हामी निकै डरायौँ । उसको बुबाले त्यस सर्पको हत्या गर्नु भयो । 

अभ्यास - संयोजक: (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

१. ' मधुमालतीको कथा ' पढी पहिलो अनुच्छेदमा प्रयोग भएका संयोजक शब्दहरु टिप्नुहोस । 
उत्तर: समेत, र, अथवा, तर 

२.बिभिन्न संयोजकहरुको प्रयोग गरि दश वाक्यमा आफ्नो दैनिकीको वर्णन गर्नुहोस् ।
उत्तर: दैनिकी:- म विहानै उठ्छु र आफ्नो दैनिकी क्रिया गर्छु । जब आफ्नो बिहानी क्रिया सिदिन्छ तब खाजा खान जान्छु । खाजा चिया पछि पढ्न बस्छु । मेरो साथी अनि म संगै बसेर पढ्छौँ । जुन कुरा मलाई गाह्रो लाग्छ, त्यो म ऊसँग सोध्छु । हामी दुवै निकै मिल्ने, एक अर्कालाई सघाउने साथी हो । हाम्रो साधारण जीवन खुसीले भरिएको छ । 

विस्मयादिबोधक - (अनुच्छेद पुस्तकबाट पढ्नुहोस)

१. माथिको अनुच्छेमा अब्बुइ , धत् , बाबैजस्ता विस्मय बुझाउने परेका छन् । ' मधुमालतीको कथा ' मा पनि यस्ता अरु शब्दहरु छन् । यस्ता पाँचवटा शब्दहरु टिप्नुहोस् ।
उत्तर: उफ, धत्, हगि, स्यावास, ए

२. विस्मयदिबोधक शब्दहरुको प्रयोग गरेर आफुले देखेको सपनाको वर्णन गर्नुहोस् ।
उत्तर: उफ ! आज राती मैले कस्तो सपना देखे । मलाई कसैले पछाडिबाट खुकुरी प्रहार गरेको । धत् ! यस्तो सपना कसरी आयो होला, अनि मलाई हल्का चोट लागेछ । त्यसपछि म त्यहाँबाट भागेर घरमा आएछु । ए ! बा भनेर कराएछु । बाबाले ढोका खोल्ने वित्तिकै म जागेँ । सपना पनि कति अनौठो हुँदो रहेछ हगि । विपनामा हुनै नसक्ने पनि सपनामा देखिदो रहेछ नि ?

निपात - (अनुच्छेद पुस्तकबाट पढ्नुहोस)

१. ' मधुमालतीको कथा ' बाट निपात शब्दहरु खोजेर टिप्नुहोस ।
उत्तर: र, नि, पो, त, खोइ, नाइँ, उ, न, ल, रे, लौ, क्या, है । 

२. र , त , नि , है , पो , रे नि , हगिजस्ता निपातको प्रयोग गरि दश वाक्यमा बलाखारुका क्रियाकालापको वर्णन गर्नुहोस् ।
उत्तर: सानासाना बालकहरु खेल्नु, पढ्नु र आफूले देखेको कुरा कापीमा टिपोट गर्नु राम्रो बानी हो । यसो गर्दाको असफल भएको छ र ! तिमी पनि पढ, लेख र टिपोट गर त, के हुन्छ ? आजका ठूला मानिस पहिले बालकै थिए नि । राम्रो काम गरे पढ् पो तिमी ज्ञानी र सज्जन मानिन्छौ । तिमी ठूलो मानिस होइन असल मानिस बन्न बन । मैले अगि नै भने हगि तिम्रो लक्ष्य आकाशझैँ विशाल, सगरमाथा झैँ उच्च र सागर झैँ गम्भीर हुनु हो । 

लेख्य चिह्न - अभ्यास:  'मधुमालतीको कथा' पढी पहिलो अनुच्छेदमा प्रयोग भएका लेख्य चिन्हहरुको सुची बनाउनुहोस ।
उत्तर : 

  • उद्धरण चिह्न: “ ”
  • रिक्त पद:  ..............
  • पूर्ण विराम: ।
  • योजक: ”
  • अल्पविराम: ,
  • विस्मय चिह्न: !
  • प्रश्न चिह्न: ?

बुँदा टिपोट:

१. तलको अनुच्छेद पढ्नुहोस् र मुख्य मुख्य पाँच बुँदा टिप्नुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )
उत्तर :

  • १. विश्वको सर्वाेच्च शिखर सगरमाथा नेपालको पहिचान र विशेषता,
  • २. रारा, फोक्सुन्डो, च्छो रोल्पा, दुध पोखरी, रमणीय र महत्वपूर्ण हिमालहरु
  • ३. केही वर्षदेखि विश्वमा जलवायु परिवर्तन यस समस्याले गम्भीर प्रभाव परेको,
  • ४. मानवले निर्माण गरेका स्रोत साधनद्धारा प्रकृतिमा गम्भीर प्रभाव, यो चुनौती देखिएको,
  • ५. केही हिमताल ध्वस्त हुने स्थिति, ती तालहरु नष्ट भएमा भयानक वातावरणीय समस्या निम्त्याउने ।

बोध:

तलको अनुच्छेद पढ्नुहोस् र अन्त्यमा सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस्: (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

प्रश्नहरु:

क ) हिमालको उत्पत्ति कसारी भएको हो ? 
उत्तर: १२ करोड वर्ष अगाडि भौगर्भिक उथलपुथल हुँदा उत्तरतर्फको युरेसियन प्लेट र दक्षिणमा रहेको भारतीय उपमहाद्धिपको प्लेट एक आपसमा ठक्कर खाँदा हिमालको उत्पत्ति भएको हो । 

ख) नेपालको भूधरालीय बनोटमा उचाइका   दृष्टिले कस्तो भिन्नता पाइन्छ ?
उत्तर : नेपालको भूधरातलीय बनोटमा उचाइका दृष्टिले तराईको समतल भूक्षेत्रको उचाई समुद्रदेखि ६० मि. छ भने उत्तरको सगरमाथा हिमालसँग पुग्दा यस धरातलको उचाई ८,८४८ मि. सम्म पुग्दछ । 

ग) विकासका धरोहरहरु के के हुन् ?
उत्तर : नेपालका विभिन्न भुभागमा विद्यमान तालतलैया, दह, कुण्ड, पोखरी एवम् सिमसार हाम्रा विकासका धरोहरहरु हुन् । 

घ ) तालतलैया , कुण्ड र सिमसारले कस्तो सहयोग पु पु¥याइएका छन् ?
उत्तर :तालतलैया, कुण्ड र सिमसार जस्ता स्रोतहरु विकासका लागि आधार बन्दै आएका छन् । उदाहरणका लागि कास्की जिल्लाको फेवा तथा वेगनास तालहरुलाई लिन सकिन्छ जसले पोखराको मनोरमतालाई प्रसिद्धिको शिखरमा पु¥याइ दिएका छन् । 

ङ)'समतल ' र ' भूगर्भविद' शब्दको अर्थ लेख्नुहोस् ।
उत्तर :

  • समतल – सम्मो जमीन भुक्षेत्र
  • भूगर्भविद – भौगोलिक विविधताको बारेमा विश्लेषण गर्ने अधिकारी 

You may also like to read:

Luna GPS - GPS Tracking system in Nepal
Learn Flutter, App Templates, Packages
Vitamin nepal
Join with us on social media to see our updates on your feed.