भलादमी - (Bhaladmi) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

लक्ष्मीप्रसाद देवकोटा (लक्ष्मी निबन्धसङ्ग्रहबाट)

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल
भलादमी - (Bhaladmi) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

भलादमी - लक्ष्मीप्रसाद देवकोटा

भलादमी:

नेपाली साहित्यमा धेरै विधामा कलम चलाएर विशिष्ठ पहिचान बनाउने साहित्यकार लक्ष्मीप्रसाद देवकोटा मुलत: कबि हुन् भने त्यसपछि उत्कृष्ट निबन्धकार हुन् l नेपाली निबन्ध परम्परामा निजात्मक शैलीलाइ भित्र्याएर उचाईमा पुर्याउने निबन्धकार देवकोटा आफ्ना निबन्धको विषय उच्च राष्ट्र भक्ति जातीय मोह, प्रकृति, प्रेम आदि चयन गर्छन l मानवता, अतित प्रति मोह, वर्तमान जीवन पद्धती प्रति असन्तुस्टी, निबन्धकार देवकोटाका निबन्धगत चिनारी हुन् l समसामयिक विषयमा देखिएको विकृति विसंगति र अन्ध विस्वासलाइ काव्यात्मक भाषा शैलीले व्यंग्यका साथ प्रस्तुत गर्दै सुधारवादी आकांक्षा व्यक्त गर्ने उत्कृस्ट निबन्धकार लक्ष्मीप्रसाद देवकोटा हुन् l

विचार प्रधान भएको यस भलादमी निवन्ध निवन्धकlर देवकोटाको उत्कृस्ट व्यन्ग्य निवन्ध हो l अरुको हित चिताउने, परोपकारी र समाजसेवी व्यक्ति भलादमीको रुपमा चिनिने तर आजको समयमा घमण्डी रवाफिला र आडम्बरी व्यक्तिहरु भलादमीको रुपमा चिनिएको कुरा व्यन्ग्यताका साथ निवन्धमा प्रस्तुत गरिएको छ l आजका भलादमिमा भएका विकृति र बोक्रेपनलाइ सुक्ष्म रुपमा केलाउदै पण्डित, गुरु र भलाद्मी जस्ता शब्दको प्राचिन महत्व हराउदै गएको यथार्थता निवन्धमा भेटाइन्छ l बाहिरी सजधज,कृत्रिम बोलि, हिडाई, हसाइ र पोशाकमा आजको भलादमीपनले पहिचान बोकेको आत्मप्रदर्शन, आफ्नो प्रसंशा अनि तडक भडक शैली भलादमीका विशेषता भएको यथार्थतालाइ निवान्धकारले प्रस्तुत गरेका छन् l सत्य, इमान्दार र सच्चरित्रताका वास्तविक भलादमीहरु पाखा लागेका, बाहिरी आकर्शंनको ठाउँमा भलादमीले आफुलाई चिनाएको, ज्ञान भन्दा शरीर र आवरणलाई आजको भलादमीले महत्व दिएको विसंगति प्रति व्यंग्य गर्दै ग्यान, आत्मबोध र वास्तविकतालाइ विर्सन न हुने विचार निवन्धमा प्रस्तुत गरिएको छ l

निष्ठावान, इमान्दार र स्वावलम्बी व्यक्तिलाई यथोचित मानसम्मान दिनुपर्ने मूल भाव भएको यस निवन्धमा साहित्य, शिक्षा, धर्म र राजनीति हरेक क्षेत्रमा आधुनी भलादमीको विकृति मौलाएको कुरा प्रस्तुत गरिएको छ l मौलिक अस्तित्वको खोजी, सादा जीवनको आग्रह, कृत्रिमता र अप्रक्रितिकताको विरोध गर्दै सत्य र वास्तविक भलादमीको पहिचान हुनु पर्ने विचार निवन्धमा मूल भावको रुपमा प्रकट भएको पाइन्छ l भौतिक र अध्यात्म विचको व्याबहारिक सत्यतालाई ग्रहन गरि हिड्ने व्यक्तिलाई भलादमी भनिएको यस निवन्धमा अध्यात्मवाद भित्र भएको अन्धविस्वास र विकृतिलाई हटाउँदा बाँकी हुने मानवीय चिन्तन भलादमी हुने चिन्तन निवन्धमा मूल भावको रुपमा पाइन्छ l

निबन्धकार परिचय :

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ - २०१६) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले कविता काव्य , निबन्ध, नाटक र कथा , उपन्यासको सिर्जना गरेका छन् । उनि स्वच्छन्दतावादी साहित्यकार हुन् । उनका सिर्जनामा मानवतावाद , देशभक्ति , प्रक्रितिचित्रण र क्रान्तिकारी प्रगतिशील चेतनाका साथै मानव जीवनका विकृति र विसङ्गगिप्रतिको व्यङ्ग पनि पाइन्छ । लक्ष्मी निबन्धसङ्गग्ह र दाडिमको रुखनेर उनका निबन्धसङ्ग्रहहरु हुन् । उनले मुनामदन , कुञ्जिनी , राजकुमार प्रभाकर , मायाबिना सर्सी जस्ता खणडकाव्य र शाकुन्तल, सुलोचना , प्रमिथसजस्ता महाकाव्य पनि लेखेका छन् । निबन्धकारका रुपमा आत्मपरकता उनको मुख्य पहिचान हो। जिवनजगत्क बिभिन्न विषयलै आधार बनाएर उनले आफ्ना मनोभाव तथा बिचारहरुको सुन्दर संयोजन गरि अत्यन्त उत्कृष्त निबन्धहरु रचेका छन् ।

अभिव्यक्ति/ निबन्ध लेखन - “सामाजिक उत्थानमा महिलाको भूमिका”:

महिला र पुरुष समाज नाम गरेको स्थका दुई पाङ्ग्रा हुन् । समाजमा पुरुषको जति अधिकार छ महिलाको पनि त्यति नै अधिकार हुनुपर्दछ । लैङ्गिक असमानताका आधारमा नारीलाई शोषण गर्नु हेप्नु र उत्पीडित गर्नु अमानवीय व्यवहार हो । पुरुष शिक्षित भए व्यक्ति शिक्षित हुन्छ तर नारी शिक्षित भई भने सिङ्गो परिवार शिक्षित हुन्छ । त्यसैले व्यक्ति परिवार र समाजको उत्थानमा महिलाको भूमिका उल्लेखनीय छ । आधी आकाश ओगट्ने महिला रहेको हाम्रो समुदायको विकाशमा महिलाको ठूलो योगदान र भूमिका रहन्छ । तसर्थ महिलालाई घर आँगनमा मात्र सिमित नराखेर समुदायको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक क्षेत्रहरुमा उपेक्षित सहभागी बनाइ अगाडि बढाउन प्रयत्न गर्नुपर्छ ।

महिलाहरुको सक्रिय सहभागिताविना सामाजिक उत्थान सम्भव नहुनेहुँदा महिला सहभागिता बढाउन सम्बन्धित निकायले पनि ध्यान दिनुपर्दछ । राज्य सञ्चालन प्रक्रियालाई लैङ्गिक समानतामूलक बनाउन महिला सहभागिता अनिवार्य हुन्छ । आधाभन्दा बढी जनसंख्या हुँदा पनि राज्य सञ्चालनमा महिलाको सहभागिता अत्यन्त न्यूनछ । हाम्रो परम्परा र संस्कार तथा खुम्चिएको सोचले महिलाहरु पछि परेका हुँदा यसका लागि समाजमा पर्याप्त ज्ञान र सीप सहितको महिलालाई अगाडि बढ्न र हौसला मिल्ने कार्यक्रम तथा महिलाको हितमा सूचना आवश्यक देखिन्छ । अयो आर्जन तथा सामुदायिक भूमिकामा महिला सहभागितालाई प्रेरित गर्नु पर्ने हुन्छ । अझ राजीतिक क्रियाकलापमा महिला सहभागिता अझ बढी आवश्यक छ । सामाजिक विभेद महिला उत्थानका निम्ती बाधक बनेको हुँदा राज्यको यस्ता सामाजिक विभेद प्रति सम्बन्धित कडा नीति नियम बनाउनु पर्ने देखिन्छ । सामाजिक तथा कानुनी दृष्टिले महिला शसक्तिकरणको आवश्यकता आजको ठूलो माग हो । यसलाई पुरा गर्नु पर्ने देशको दायित्व पनि हो । त्यसैले सामाजिक उत्थानका निमित्त महिलाको भूमिका बढाउन हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउँ । 

प्रश्नोत्तर:

शब्दार्थ १. ठीक शब्दसँग जोडा मिलाउनुहोस् : 

  • लवज – बोली टक – पैसा
  • कोरा – खद्दर वाङ्मुख – प्रवत्ता
  • खुस्बु – बास्ना पानीदार – चमक भएको
  • निर्भर – आश्रित विनय – नम्रता
  • दोधार – अन्योल परिधान – पहिरन
  • प्रतिनिधी – वारिस विज्ञापन – प्रचार
  • आभूषण – गहना विचित्र – अनौठो

२. विपरीतार्थक शब्द लेख्नुहोस् :

  • सूक्ष्म – स्थल
  • आधुनिक – प्राचीन
  • आकर्षण – विकर्षण
  • फुर्तिलो – जुम्सो
  • साधारण – असाधारण
  • हाँसो – रोदन
  • सत्य – असत्य
  • प्रशंसा – निन्दा
  • प्रेम – घृणा
  • आध्यात्मिक – भौतिक
  • नक्कली – सक्कली

३. तलका शब्दहरुलाई वाक्यमा प्रयोग गर्नुहोस् :

  • भडक – आज रामको घरमा विहेको भडक छ ।
  • घरबुने – आधुनिक समयको कपडा नलगाएर अहिले घरबुने कपडा कसले लगाउँछ ।
  • गजुर – पण्डितले मन्दिरको गजुर देखाएर आफु त्यहाँ पुजारी भएको कुरा खुलाए ।
  • रेसमी – मैले प्रमिकालाई रेसमी मुलायम साडी उपहार दिएँ ।
  • चुम्बक – चुम्बकले फलाम तान्छ ।
  • दृष्टि – रीसायर हेर्ने दृष्टि नै फरक हुन्छ ।
  • गोचर – चिसो तातोको पारख गर्नु गोचर हो ।
  • चित्तशुद्धि – मानिसले पूजा पूर्व चित्तशुद्धि गर्न पञ्चगव्य खाने गर्दछन् ।
  • सहभाव – मित्रतामा सहभाव भयो भने राम्रो हुन्छ ।

पठनवोध:

तलका निबन्धास पढी सोधिएका प्रशानाहरुको उत्तर दिनुहोस् :

क) (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)

प्रश्नहरु:

अ) ' विधाको सर्टिफिकेटम कोठाको बकसमा हुन्छ ' भन्नुको तात्पर्य के हो ?
उत्तर: आधुनिक भलादमीको प्रमाणपत्र शरीर उपर विज्ञापन गरिएको हुन्छ तर विद्याको सर्टिफिकेटले काम नदिने भएकाले त्यसलाई कोठाको बाकसमा थन्काएर राखिन्छ ।

आ) उपयुक्त निबन्धासमा कस्तो प्रकारको भलादमीलाई चिनाइएको छ ?
उत्तर: उपयुक्त निबन्धांशमा बोक्रे र आडम्बरी भलादमीलाई चिनाइएको छ ।

इ) निबन्धकारले कसलाई उत्तम श्रेणीको भलाद्मी मानेका छन् ?
उत्तर: निबन्धकारले आँखीभौँको मसिनो केशले ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइ भएको व्यक्तिलाई उत्तम श्रेणीको भलाद्मी मानेका छन् ।

ई) भलाद्मीको विशिष्टता के कुराबाट थाहा पाइन्छ ?
उत्तर: भलाद्मीको विशिष्टता हिँडाइको कला, लम्काइ, हाउभाउ, हास्य र बोलीबाट थाहा पाइन्छ ।

उ) यस निबन्धासको मूल आशय के हो ?
उत्तर: यस निवन्धांशको मूल आशय सत्य बीचैमा रहन्छ । तर अहम् र घमण्डको प्रदर्शन गर्नेहरु आफैँलाई भलाद्मी ठान्दै समाजलाई दुषित बनाइरहेका छन् भन्नु हो । 

ख) (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)

अ) भलादमीले समाजमा आफ्नो परिचय कसरी बनाउँछ ?
उत्तर: भलादमीले समाजमा आफ्नो परिचय बाहिरी देखावटमा बनाउँछ । उसको दृष्टि गोचर दुनियाँसँग सम्बन्ध राख्दछ ।

आ) भलाद्मी र फुस्रासिद्वको को जीवनसम्बन्धी दृष्टिमा के भिन्नता छ ?
उत्तर: भलाद्मी र फुस्रासिद्वको जीवनसम्बन्धी दृष्टिमा पहिलाको दृष्टि गोचर दुनियाँसँग सम्बन्ध राख्ने र पछिल्लाको जगत् आँखाको पहुँच पार हुने, भिन्नता छ ।

इ) भलाद्मीको फुस्रासिद्वका बारेमा कस्तो मान्यता राख्तछ ?
उत्तर: भलाद्मीको फुस्रासिद्वका बारेमा पागलजस्तो रङ्मगाइरहेको देखिन्छ ।

ई) निबन्धकारले भलादमी र सिद्ध बाबाका बिचमा के भिन्नाता देखाएका छन् ?
उत्तर: निबन्धकारले भलाद्मीलाई भौतिकवादको प्रतिनिधी र सिद्ध बाबालाई माहात्मा आध्यात्मवादको वाङमुख मानेका छन् ।

उ) यस निबन्धांशमा व्यक्त भएको भलाद्मी सम्बन्धी दर्शनको निष्कर्ष के हो ?
उत्तर: यस निबन्धांशमा व्यक्त भएको भलाद्मी सम्बन्धी दर्शनको निष्कर्ष सत्य बीचैमा रहन्छ भन्नु हो । 

अभ्यास:

१ ) साहित्यक भलादमीका बारेमा निबन्धकारको कस्तो दृष्टिकोण रहेको छ ?
उत्तर: निबन्धकार देवकोटा साहित्य भलाद्मीलाई पनि व्यङ्ग्यको तारो बढाउन पछि परेका छैनन् । निबन्धकारले साहित्यकारलाई सटीक पाराले व्यङ्ग्य हान्ने काम गरिएको पाइन्छ । उनले साहित्यक निबन्धका बारेमा लोकप्रियता र देखावटमा लाग्ने बोक्रे कवि या लेखकहरु विचार र शब्दलाई छाडेर अलङ्कारका पछि लागेमा साहित्यका भलाद्मी बन्छ भन्ने पाइन्छ ।

२ ) भलादमी निबन्धले मानिसका कस्ता कमजोरीमाथि व्यङ्ग्य गरेको छ ?
उत्तर: निबन्धकार देवकोटाको यस भलाद्मी निबन्धले विशेष गरेर मानवीय कमजोरीको तीव्ररुपमा व्यङ्ग्य गरेको देखिन्छ । यस व्यङ्ग्यात्मक निबन्धमा ज्ञानीभन्दा बोक्रे र आडम्बरी व्यक्तिलाई प्रहारको निसाना बनाइएको देखिन्छ । जसले ज्ञान आर्जन गरेको छैन । ऊ परिधानमा रमाउँछ र सडकका गल्लीहरुमा तडकभडक गर्दै हिँड्छ । यस्ता बोक्रे व्यक्तिलाई गल्लीका भुस्याहा कुकुरले पनि भुक्दैन भनेका छन् । ज्ञान आर्जन गरेको व्यक्ति उपकारी, नम्र र नक्कली भलाद्मी आडम्बरी भई दुनियाँलाई झुक्याउँदै हिँड्छन् भन्ने अभिव्यक्ति उनले यस निबन्ध मार्फत व्यक्त गरेका छन् । सच्चा र इमान्दार व्यक्ति बाह्य परिधानभन्दा आत्मशुचितिर लाग्दछ । उत्तर घस्ने चस्मा पहिरने र छडी हल्लाउँदै रबाफ देखाउँदैन भन्दै शिक्षक, साहित्यकार सबैलाई सटीक र सरल पाराले व्यङ्ग्य हान्ने काम उनले गरेका छन् ।

३) "चरित्रका भलादमी अतीतका अँध्यारा कोठरीमा छन् रङ्ग र रेसमका भलादमी काठमाडौँका गलली मा खुसबु उडाइ रहेकाछन् ।" यस भनाइबारे आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
उत्तर: सच्चा र इमान्दार व्यक्ति बाह्य परिधानभन्दा आत्मशुचितिर लाग्दछ । शील स्वभाव र आनीवानी राम्रा भएको व्यक्ति बाह्य तडकभडक र विज्ञापन गर्दैन । जो चैते स्वभावका छन् उनीहरु रङ्ग र रेशममा विश्वास गर्छन् र उत्तर छर्केर दुनियाँमा विज्ञापन गरी हिँड्छन् । यो जमाना नक्कलीको हो । जुन मेघ बर्सदैन त्यसले बढी गड्याङ्गुडुङ गर्दछ भनेझैँ नक्कली जमानाका मानिसहरु विद्याको सर्टिफिकेट कोठाको बाकसमा थन्काएर बाह्याडम्बर गर्दै हिँड्छन् । उनीहरु माडवारी, सूचीकार, कस्मेटिक पसल जहाँ फेसन पाइन्छ त्यही धाउँछन् । यस्ता नक्कली मानिसहरुको संख्या दिनानुदिन बढ्दै छ । तर सक्कली महात्मा पछाडि परेका छन् । अहिले जमाना नक्कलीको छ । यस्तो समयमा सही माहात्मा छुट्याउन कठिन छ । यो हाम्रो विडम्बना पनि हो ।

व्याकरण:

शब्दको पहिचान: ३.माथिको उदाहरणक आधारमा शब्दलाई डिको मिलाएर लेख्नुहोस् : (उदाहरण पुस्तकबाट पढ्नुहोस्)
हिमालीक्षेत्रमा बस्नेशेर्पा जातिको रहनसहनर जीवनपद्धतिमा हिमालीप्रकृतिको प्रभावपाइन्छ । उनीहरुचौँरीको दुधखाएर थाकको गीतगाउँछन् । प्रकृ तिसँग रमा उनपाउनुको मजानै अर्कै हुँदोरहेछ ।
उत्तर: हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिको रहनसहन र जीवन पद्धतिमा हिमाली प्रकृतिको प्रभाव पाइन्छ । उनीहरु चौँरीको दुध खाएर थाकको गीत गाउँछन् । प्रकृतिसँग रमाउन पाउनुको मजा नै अर्कै हुँदो रहेछ ।

शब्दका प्रकार: २.श्रोतका दृष्टिले तलका रेखंग्कित शब्द तात्सम , तद्भाव वा आगन्तुक कुन हुन् छुट्याउनुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)

तत्सव तद्भव आगन्तुक
भलाद्मी पहिलो  सर्टिफिकेट
प्रमाणपत्र जुँगा बाकस
शरीर दोस्रो पोशाक
विज्ञापन ओठ जाहेरी
श्रेणी कपाल पाप
सब फिक्का रेशमी
सडक रुमाल  परीक्षा
परिचय उत्तर  खुस्बु
लाली नाक  
उत्तम    
नजर    
आक्रमण    

३. झ्याम्म, सुटुक्क , लहलह आदि ध्वनि र दृश्यको अनुकरणबाट निर्मत शब्द अनुकरात्मक हुन् । तलको अनुच्छेदका कुन कुन शब्द अनुकरणात्मक हुन् पहिचान गर्नुहोस : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)
उत्तर: सुलुलु, टक्क, झमझम, सिर्र, झमक्क, चिसिक्क, ढ्वाङ्ग, वाङ वाङ्, लुसुक्क, टहटह।

५. तलको अनुच्छेदबाट मूल र व्युत्पन्न शब्दको सुची बनुनुहोस :
उत्तर:

मुल शब्द व्युत्पन्न शब्द
आज घामपानीले
बाहिर गर्दा
रमाइलो
काम आ–आफ्नो
कुरा सकेर
समय घुमफिर
खेर गर्न
निस्कन्छौँ
धेरै अनावश्यक
राम्रो गरेर
आँखा झै-झमेला
फाल्नुभन्दा
पार प्राकृतिक
वातावरण  
विचरण  
गर्नु  
खेतवारीको  
हरियालीमा  
घुमाउँदै  
खोलानाला  
गर्दै  
गाउँबस्ती  
घुम्न  
जान्छौँ  

रुपायन:

२)तलका वाक्यहरुलाई पुलिंग भए इस्त्रिलिंग र इस्त्रिलिंग भए पुलिंगामा अवश्यक सुधारसहित पुनलेखन गर्नुहोस :
ऊ रामेछापमा जन्मेको छ । उसले नेपली बिषय अध्ययन गरेको हो । उसले एस. ए. परिक्षा प्रथम श्रेणीमा उतिर्ण गरेको छ । ऊ क्याम्पसमा प्राध्यापन गर्न आएन। उसकी महिला साथी छे । ऊ अहिले बिदेशमा पढाऊदै छे । त्यहाँ उसले धेरै किताबहरु लेखेकी छ ।
उत्तर: ऊ रामेछापमा जन्मेकी छे । उसले नेपाली विषय अध्ययन गरेकी छे । उसले एम.ए. परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेकी छे । ऊ क्याम्पसमा प्रधानाध्यापन आइन, उसको पुरुष साथी छ । ऊ अहिले विदेशमा पढाउँदै छ । त्यहाँ उसले धेरै किताबहरु लेखेको छ ।

३) तलको अनुच्छेदका बक्यहरुलाई बहुवचनमा परिवर्तन गर्नुहोस् :
सानो भाइ बनारस गयो । उनीहरुले त्यहाँ पाँच वर्ष पढ्नेछ त्यसपछि ऊ काठमाडौँ फर्कने छ। ऊ दङ्ग पर्ने छ र फेरि विदेश जाने छैन।
उत्तर: साना भाइहरु बनारस गए । उनीहरुले त्यहाँ पाँच वर्ष पढ्नेछन् । त्यसपछि उनीहरु काठमाडौँ फर्कनेछन् । उनीहरुका साथीहरुले स्वागत गर्नेछन् । उनीहरु दङ्ग पर्नेछन् र फेरि विदेश जानेछैनन् ।

४) तलका अनुच्छेदका बक्यहरुलाई आवश्यक परिवर्तनसहित प्रथम पुरुषबाट दृतिय पुरुषमा लैजानुहोस :
म नेपाली हु । म सगरमाथा पुगेको छैन । मा कहिले त्यहाँ पुगु भन्ने बिचारमा छु । मैले अहिलेसम्म त्यहाँ जाने अवसर पाएको छैन । म सगरमाथा पुगेर गौरवन्वित हुने छु।
उत्तर: तिमी नेपाली हौ । तिमी सगरमाथा पुगेका छैनौ । तिमी कहिले त्यहाँ पुगुँ भन्ने विचारमा छौ । तिमीले अहिलेसम्म त्यहाँ जाने अवसर पाएका छैनौ । तिमी सगरमाथा पुगेर गौरवन्वित हुनेछौ ।

५) तलको अनुच्छेदका बक्यहरुलाई अवश्यक सुधारसहित सामान्य भूतकालमा परिवर्तन गर्नुहोस् :
भाइ भात खान्छ । ऊ हतार हतार गृहकार्य सिध्याउछ । ऊ खुसी भएर फुटबल खेल्छ । ऊ फुत्बलमा साथीहरुलाई जित्छ । ऊ मुसुक्क हास्दै घर फर्कन्छ ।
उत्तर: भाइले भात खायो । उसले हतार हतार गृहकार्य सिध्यायो । उसले खुसी भएर फुटबल खेल्यो । उसले फुटबलमा साथीहरुलाई जित्यो । ऊ मुसुक्क हाँस्दै घर फर्कियो ।

६) तलका वाक्यहरुलाई आवश्यक सुधारसहित इच्छार्थक भावमा परिवर्तन गर्नुहोस् :
मेरो बहिनी ज्ञानी भएर पढ्छे ।उसले दिनरात नभनी परिश्रम गर्छे । उसले सबैलाई जितेर प्रथम हुन्छे ।ऊ भविष्यमा योग्य नागरिक बन्छे ।
उत्तर: मेरो बहिनी ज्ञानी भएर पढोस् । उसले दिनरात नभनी परिश्रम गरोस् । उसले सबैलाई जितेर प्रथम होओस् । ऊ भविष्यमा योग्य नागरिक बनोस् । 

You may also like to read:

Join with us on social media to see our updates on your feed.
facebook logo twitter logo