हर्कबहादुर (Harka Bahadur) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

दिनेश अधिकारी (धर्तीको गीतबाट)

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल

हर्कबहादुर - दिनेश अधिकारी

हर्कबहादुर:

समसामयिक यथार्थलाइ कविताको मूल विषय बनाउने कवी दिनेश अधिकारी आधुनिक कविता क्षेत्रका प्रतिनिधि कवी र गीतकार हुन् l मानवता, स्वतन्त्रता र राष्ट्रियता कविताका विषय बनाउने कवी अधिकारीका कविता कृतिमा युगबोध र सचेतता पाइन्छ l वर्तमान मानव जीवनका समस्या, जटिलता संघर्ष, पिडा, आक्रोश, असन्तुस्टी र विशंगती कवी अधिकारीका कविताका महत्वपुर्ण पक्ष्य हुन् l आशlवादी चिन्तन, समाज सुधारको आग्रह, सुखी र सम्पन्न जीवनको आवश्यकता, मानवीय मुल्यको स्थापना गर्ने संदेश आदि कवी आदिकरिका काव्य चिनारी हुन् l

दरिद्रता, आर्थिक विषमता, दयनीय आवस्था, अभावग्रस्त जीवन शैली, प्रस्तुत गरिएको कविता हो ‘हर्क बहादुर’ l गाँस, बाँस र कपासको समस्याले आक्रान्त बनेको आम नेपालीको प्रतिनिधि पत्र हर्क बहादुर लाइ दुख, वेदना र पीडाको पुन्जको रुपमा कवितामा प्रस्तुत गरिएको छ l शोषित, पिडित र न्युनतम आवस्यकता पनि पुरा नभएका नेपाली जनताका मर्मस्पर्शी जीवन पद्धती यस कविताको विषयवस्तु हो l कठोर परिश्रम गर्ने, श्रमजीवी,नेपालीले दिन रात रगत सरह पसिना बगाउंदा पनि जीवन कस्टकर भएको आम नेपालीका विशेषता कवितामा व्यक्त भएको पाइन्छ l काले, चाउरे, भरिया, दाउरे, घाँसे, खेतालो, मजदुर, आदि नामले सम्बोधित हर्क बहादुर जस्ताको जीवन भोक र शोकमा डुबेको तर भाषण दिने नेता र त्याग दिने सरकारको ध्यान त्यस तर्फ नगएकोमा दुखित हुँदै कविले व्यंग्य प्रस्तुत गरेका छन् l सोझा र सरल नेपालीलाई मीठा भाषणले अल्झ्याएर निम्न वर्गीय नेपालीका, धड्लाई कुल्चिएर अगाडी बढेको हाम्रो सामाजिक, राजनैतिक विशंगत परिवेशले गरिब जनताका जीवनमा कुनै परिवर्तन नआएको यथार्थता कवितामा पाइन्छ l गरिवी, अभावग्रस्त विवस्ताको कारणले नेपाली जनता विश्व समय सापेक्ष हुन नसकेको वास्तविक चित्र कवितामा भेटिन्छ l निरन्तर रुपमा काममा घोटियिरहेका गाँस, बाँस र कपाशबाट वान्चीत नेपाली जनतालाई झन्डा, भाषण, समारोह होइन, लुगा, अन्न दिनुपर्ने विचार कवितामा पाइन्छ l

वर्गीय असमानता, विभेद, आर्थिक विषमता, आशिक्षा जस्ता जटिलताले नेपालीका जीवन कस्टकर भएको र नेपालीको वेदना र दुखको आन्त्य गारिनुपरने विचार कवितामा पाइन्छ l रास्त्रियता, नागरिकता, स्वतन्त्रता र जातियता जस्ता नाराले भोको पेट र नाङ्गो शरीर अनि घरबार बिहिन व्यक्तिलाई निरर्थक हुने विचार कविताको सारतत्व हो l श्रम, सीप र न्यायको पक्षमा संदेश दियिएको यस कवितामा मान्छेको मूल्य रक्षा गरिनुपर्ने आवश्यकता र मान्छेलाई वस्तुसँग तुलना गर्न नहुने विचार मूल भावको रुपमा पाइन्छ l रास्त्रोन्नतीका लागि जनता सुखी, सम्पन्न र सक्षम हुनुपर्ने मूल विचारलाई प्रस्तुत गरिएको यस कवितामा जसले मिहिनेत गर्छ उसले फल पाउनुपर्छ भन्ने वास्तविक सकारात्मक सोचलाई अघि सारिएको छ l आस्वाशन, भाषण र नारा आजका नेपालीका आवश्यकता नभई अवशर र शlधनको खोजि र खाँचो परेको विचार पनि यस कविताको सार तत्व हो l कर्मठ, क्रियाशील, इमान्दार, स्वभिमानी, मिहिनेती आम नेपाली नै देसका चिनारी भएकाले दरिद्रता, असमानता, अभाव र भेदभावको अन्त्य हुनुपर्ने विचारलाइ मूल रुपमा प्रस्तुत गर्दै कवितामा मानवीय मुल्यको खोजि, कोरा आदर्शको आन्त्य, बाध्यता र विवास्ताको पूर्णविराम हुनुपर्ने भाव पाइन्छ l

कवि परिचय:

दिनेश अधिकारी (जन्म : वि. सं। २०१६) नेपाली साहित्यका प्रशिद्व कवि तथा गीतकार हुन् । उनका अन्तरका छिटाहरु , धर्तिको गीत, इन्द्रजात्र, आतिरिक्त अभिलेख , आदिम आवाज ,मान र मोडहरु , सिमान्त सपना आदि कृतिहरु प्रकाशित छन् । उनी समाजिक समस्यालाई विषय बनाई घतलाग्दा कविता रच्ने कवि हुन् । उनका सिर्जनामा मनावतावाद र राष्ट्रयताको भावधारा पनि पाइन्छ ।' हर्कबहादुर ' हाम्रो राष्ट्रय समस्यालाई विषय बनाई लेखिएको चर्चित कविता हो ।

प्रश्नोत्तर:

पठन बोध: तलका कवितांश पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

(क)

भोक यदि देश हो भने
हर्कबहदुरभन्दा सुकिलो अर्को देश हुन सक्तैन
शोक यदि देश हो भने
हर्कबहादुरभन्दा ठुलो अर्को देश हुन सक्तैन ।

अ) "भोक यदि देश हो भने " भन्नुको तात्पर्य के हो ?
उत्तर: देश नागरिकहरुको समूहले बनेको हुन्छ । हर्कबहादुर देशको नागरिक हो । नागरिक बिना देश हुन सक्दैन भन्नु हो ।

आ) हर्कबहादुर किन सुकिलो छ ?
उत्तर: हर्कबहादुर आफ्नै कमाइ खान्छ । ऊ इमान्दार छ, घुस खाँदैन त्यसैले हर्कबहादुर सुकिलो छ ।

इ) शोकलाई किन देश भनेको हो ?
उत्तर: नागरिकको भलो नहुने देशमा शोक हुन्छ । हर्कबहादुरको देशमा अनेक प्रकारका शोक छन् । त्यसैले शोकलाई देश भनिएको हो ।

ई) यस कवितांशको मूल भाव के हो ?
उत्तर: हरेक देशवासीमा इमान्दारिपन छ । तर भोक, शोषण, गरीबी, अन्याय आदिले देशलाई गाँजेको छ । यसको अभिव्यक्ति गराउनु नै यस कवितांशको मूल भाव हो ।

(ख)
उसलाई थाहा छ -
लुगा फाट्छ , छाला फट्तैन
छाला , साहु काढेर किन्न पनि पाईन्न
ऊ नाङ्गो आङ्ले भारि बोक्छ
ऊ नाङ्गो आङ्ले धर्ति जोत्छ
हो , गाउँका सभासमारोहमा जाँदा
हर्कबहादुर -
टिठलाग्दा आँखाले
घरी झन्डा र घरी आफ्नो आङ हेर्छ
घरी आफ्नो आङ र घरी झन्डा हेर्छ
सायद हर्कबहादुर
छातीभित्र अट्टहास पनि हँस्छ

अ) "लुगा फाट्छ , छाला फट्तैन" भन्नुको तात्पर्य के हो ?
उत्तर: लुगा बदलिने बाह्य पदार्थ हो जुन समय–काल अनुसार फाट्छ तर छाला प्रकृति प्रदान अङ्ग हो, जुन व्यक्ति रहुन्जेल रहिरहन्छ फाट्दैन भन्नु हो ।

आ) हर्कबहदुरले घरी झन्डा र घरी आफ्नो आङ हेर्नु को कारण के हो ?
उत्तर: हर्कबहादुर गरीब र नाङ्गो छ । ऊ भन्डा देखेर लोभिन्छ । त्यसले घरी झण्डा त घरी आङ हेर्छ ।

इ) हर्कबहादुर किन अट्टहास हास्छ?
उत्तर: यस कवितांशमा श्रमिकहरु गरीब नाँङ्गा र दयनीय अवस्थामा छन् भनी देखाइएको छ ।

ई) यस कवितांशमा श्रमिक जीवनको कस्तो चित्र प्रस्तुत छ ?
उत्तर: राज्यको बेवकुफी अवस्था देखेर हर्कबहादुर अट्टहास हाँस्छ । किनकी जनता भोाका र नाङ्गा छन् तर सभा समारोहमा झण्डा टाँगिन्छ ।

उ) यस कवितांशको मूल भाव के हो ?
उत्तर: यस कवितांशमा गरीबको चित्रण गरिएको छ ।जो गरीब छन्, उनीहरु भोका, नाङ्गा र दयनीय छन् तर देशमा तडकभडक यथावत छ । भन्नु यसको मूल भाव हो ।

अभ्यास:

१. तलका प्रश्नहरुको सङ्क्षिप्त उत्तर दिनुहोस :

क) हर्कबहादुरलाई उसको सक्कली नामले किन सम्बोधन गरिँदैन ?
उत्तर: यस हर्क बहादुर कतिाका रचनाकार दिनेश अधिकारी हुन् । उनले गरीबको प्रतिनिधित्व गरेक ाछन् । हर्कबहादुरको वास्तविक नाम भए पनि कसैले उसलाई हर्कबहादुर भनेर बोलाउँदैन । उसले कसैले दाउरे, कसैले चाउरे त कसैले काले भनेर सम्बोधन गर्छन् । उसलाई यस्ता उपनामहरुबाट सम्बोधन गरिनु उसको असाय गरीबको कारण हो । हर्कबहादुर गरीब र नाङ्गो छ । उसलाई बोलाउँदा उपनामको प्रयोग गरिन्छ । अरुबाटउसको सक्कली नाम थाहा पाउन सकिदैन ।

ख) हर्कबहादुरलाई अर्जुन र एकलब्यसँग तुलना गर्नुको कारण के हो ?
उत्तर: अर्जुन महाभारतका पौरवी र विजेता पात्रका रुपमा प्रसिद्ध छन् । त्यस्तै हर्कबहादुर पनि पौरखी छ । ऊ बिहान झिसमिसेमा गोरु नार्न बाँझो बारीमा पुग्छ । ऊ कोदालो लिएर खन्न तम्सन्छ । ऊ निकै पुरुषार्थी छ । दुरदर्शी छ । देशको तिरस्कार गरेर अट्टहास हाँस्छ । ऊ अर्जुन र एलब्य जस्तै विना गुरु धनुवाण चलाउन सिकेको पात्र हो । हर्कबहादुर अर्जुन र एकलब्य जस्तै कला पारखी पात्रका रुपमा यस कवितांशमा आएको छ ।

ग ) हर्कबहादुर हाम्रो समाजमा सबैतिर किन भेटिन्छ ?
उत्तर: हर्कबहादुर हरिऔनको बासिन्दा मात्र नभएर समग्र यो देश नेपालको नागरिक हो । ऊ देशवासीको प्रतिक बनेको छ । उसलई गाउँमा शहरमा र देशको चौतर्फ खोजे देख्न र भेट्न सकिन्छ । ऊ नेपालीहरुको साझा प्रतिनिधि बनेको छ । उसलाई एकलब्य र अर्जुनसँग तुलना गरिएको छ । आवश्यक पर्दा ऊ जो पनि हुन सक्छ । उसको मतदान गर्ने अधिकार छ । ऊ मतदाता पन िहो । यसको अस्तित्व राज्यले स्वीकार नगरे पनि सराहे गर्ने बेलामा पुरोहितले उसको नाम लिने गरेको तथ्य छ । यस कवितांशमा सबैको प्रतिनिधि पात्रका रुपमा समाजमा सबैतिर भेटिन्छ ।

घ) कविले हर्कबहादुरलाई सलाम गर्नुको कारण के हो ?
उत्तर: हर्कबहादुरलाई कविले करङको दत्तिउन लगाएर हाडको चन्दनको लेप लगाएर मन्दिर र मस्जिद जस्ता पवित्र स्थानमा पवित्र मनले बाँचिरहेको हर्कबहादुरालाई सलाम गरेका छन् । नेपाल धार्मिक मुलुक हो । यहाँका हर्कबहादुरहरु धर्मका नाममा आपसी सौहार्द विचार लिएर बाँचेका छन् । उनीहरु एक आपसमा मेलमिलाप र सद्भावको विचार राख्छन् । त्यस्ता हर्कबहादुरलाई मनैदेखि सलाम गर्नु पर्दछ ।

२.' हर्कबाहादुर ' कवितामा कविले राष्ट्रियता , स्वाधिनाता र नागरिकताको महत्व कसरि प्रस्तिने सङ्केत कसरि गरेका छन् इस्पाष्ट पार्नुहोस् ।
उत्तर: यस कविताका रचनाकार दिनेश अधिकारी (२०१६) हुन् । उनले समसामयिक पुस्ताको प्रतिनिधित्व गरेका छन् । उनले राष्ट्रका मुख्य तीन पक्षलाई मार्मिक ढङ्गले उठाएका छन् । ती हुन्, राष्ट्रियता, स्वाधिनता र नागरिकता । राष्ट्रियताको ठूलो महत्व राष्ट्र स्वतन्त्र हुनका लागि हुन्छ । राष्ट्रियता भएको राष्ट्रमा सबै नागरिकको भलो चिताइन्छ । उनीहरुको बाँँच्ने आधार दिइन्छ । राष्ट्रियता औषधि बनेर आउन नसके त्यस्ता हर्कबहादुरले सात वर्षे छोरी गुमाइरहने छन् । स्वाधीनता नहुँदा आफ्नो युक्ति विकास गर्न विदेश भासिनु प¥यो र उसलाई कसैले रोकेन र नागरिकता देशवासीको त्यस्तो पहिचान हो । जसले उनीहरुलाई आफ्नो हक अधिकार दिलाउँछ । तर राष्ट्रियता र नागरिकता यस देशमा नाममा मात्र सीमित भएको कटु तथ्य कविले हर्कबहादुर कविता मार्फत प्रस्तुत गरेका छन् ।

३.'हर्कबहादुर ' कविताका आधारमा हर्कबहादुरका विवस्ताहरुको सुची बनाउनुहोस् ।
उत्तर: हर्कबहादुरका विशेषताहरु :

  • १ हर्कबहादुर उपनामबाट चिनिने,
  • २ गरीब, लगाउने लुगासम्म नभएको नाङ्गो ।
  • ३ हर्कबहादुरलाई आफू बाँचेको युगसम्म थाहा नभएको,
  • ४ ऊ भोकभोकै काम गर्ने मानिस,
  • ५ कर्मठ, इमान्दार नागरिक ।

४. हर्कबहादुरले कस्ता नेपालीहरुको प्रतिनिधित्व गरेको छ, लेख्नुहोस्। 
उत्तर: हर्कबहादुरले गरीब, किसानी, आफ्नो परिचय नभएका, मजदुर, नाङ्गा मजदुरी गरेर जीविका चलाउने व्यक्ति, नागरिको प्रतिनिधित्व गरेको छ । साथै रातदिन कडा परिश्रम गरेर खान, लाउन र बस्न नपाएका नाङ्गा, भोका नेपालीहरु जसले चेतनाका नाउँमा आफु बाँचेको युग थाहा नपाउने राष्ट्रियता, स्वाधिनता तथा नागरिकता फोस्रो लाग्ने नेपालीहरुको प्रतिनिधित्व गरेको छ । कामको शिलसिलामा विदेशिएका नेपाली जसले आफ्नो छोरछोरीको उपचार गर्न सक्दैन, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप खेप्न बाध्य छन्, त्यस्ता नेपाली जनताको प्रतिनिधित्व गरेको छ ।

व्याकरण:

शब्दको बनोट:

१. तलको अनुच्छेदमा रेखाङ्कित शब्दहरुको उपसर्ग र आधार पद छुट्याउनुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)

  • अकाल – अ+काल
  • अनपत्यार – अन+पत्यार
  • अस्वभाविक – अ+स्वभाव+इक
  • कुलत – कु+लत
  • बेमतलब – बे +मतलब
  • नालायक – ना+लायक
  • गैरजिम्मेवार – गैर+जिम्मेवार
  • बदनाम – बद+नाम

२. तलको अनुच्छेदमा दिईएका शब्दहरु उपसर्ग लागेर बनेका हुन् । तिनै उपसर्ग लागाई अरु तिन वोटा शब्द बनाउनुहोस :

अस्थिर = अ+स्थिर

  • १. अ+भाव = अभाव
  • २. अ+सजिलो = असजिलो
  • ३. अ+काल = काल

अनमोल = अन+मोल

  • १. अन+मोल = अनमोल
  • २. अन+पत्यार = अनपत्यार
  • ३. अन+कन्टार = अनकन्टार

अधिवेशन = अधि+वेशन

  • १. अधि+राज्य = अधिराज्य
  • २. अधि+कार = अधिकार
  • ३. अधि+पति = अधिपति

अनुहार = अनु+हार

  • १. अनु+रोध = अनुरोध
  • २. अनु+भव = अनुभव
  • ३. अनु+वाद = अनुवाद

अभिवादन = अभि+वादन

  • १. अभि+भावक = अभिभावक
  • २. अभि+योग = अभियोग
  • ३. अभि+वक्ता = अभिवक्ता

अतिरिक्त = अति+रिक्त

  • १. अति+रथि = अतिरिथि
  • २. अति+सर = अतिसार
  • ३. अति+शय = अतिशय

अवकाश = अव+काश

  • १. अव+सर = अवसर
  • २. अव+रोध = अवरोध
  • ३. अव+स्था = अवस्था

अपहरण = अप+हरण

  • १. अप+वाद = अपवाद
  • २. अप+राध = अपराध
  • ३. अप+चलन = अपचलन

उपकार = उप+कार

  • १. उप+त्यका = उपत्यका
  • २. उप+चार = उपचार
  • ३. उप+क्रम = उपक्रम

आचरण = आ+चरण

  • १. आ+योग = आयोग
  • २. आ+कृति = आकृति
  • ३. आ+मुख = आमुख

उत्कृष्ट = उत्+कृष्ट

  • १. उत्+सव = उत्सव
  • २. उत्+साह = उत्साह
  • ३. उत्+भव = उद्भव

दुर्गम = दुर्+गम

  • १. दुर्+लभ = दुर्लभ
  • २. दुर्+जन = दुर्जन
  • ३. दुर्+गुण = दुर्गुण

दुष्साह = दुस्+साहस

  • १. दुस्+कार्य = दुष्कार्य
  • २. दुस्+चरित्र = दुश्चरित्र
  • ३. दुस्+प्रयास = दुष्प्रयास

निवारण = नि+वारण

  • १. नि+योग = नियोग
  • २. नि+यम = नियम
  • ३. नि+बन्ध = निबन्ध

निःश्वास = नि+ श्वास

  • १. निः+ शुल्क = निःशुल्क
  • २. निः + क्षेप = निक्षेप
  • ३. निः + सह = निस्सह

निर्बल = निर + बल

  • १. निर् +माया = निर्माया
  • २. निर्+दयी = निर्दयी
  • ३. निर् +गुण = निर्गुण

पराक्रम = परा + कम

  • १. परा + जय = पराजय
  • २. परा + मर्श = परामर्श
  • ३. परा + धीन = पराधीन

परिवार = परि + वार

  • १. परि + चय = परिचय
  • २. परि + स्थिती = परिस्थिति
  • ३. परि + वर्तन = परिवर्तन

प्रगति = प्र + गति

  • १. प्र + काश = प्रकाश
  • २. प्र + ताप = प्रताप
  • ३. प्र + योग = प्रयोग

प्रतिवद्ध = प्रति + बद्ध

  • १. प्रति + लिपि = प्रतिलिपि
  • २. प्रति + कृति = प्रतिकृति
  • ३. प्रति + सोध = प्रतिशोध

विशिष्ट = वि + शिष्ट

  • १. वि + जय = विजय
  • २. वि + ज्ञान = विज्ञान
  • ३. वि + योग = वियोग

संहार = संम् + हार

  • १. सम् + योग = संयोग
  • २. सम् + चय = संचय
  • ३. सम् + वाद = संवाद

सुकार्य = कार्य +सुकार्य

  • १. सु + योग = सुयोग
  • २. सु + मार्ग = सुमार्ग
  • ३. सु + लभ = सुलभ

बेथिति = बे +थिति

  • १. बे + मतलब = बेमतलब
  • २. बे + फाइदा = बेफाइदा
  • ३. बे + इमान = बेइमान

बिकामे = बि + कामे

  • १. वि + ढङ्ग = विढङ्ग
  • २. वि+रङ्गी = विरङ्गी
  • ३. वि+सन्चो = बिसन्चो

बदनियत = बद्+नियत

  • १. बद्+ख्याइँ = बद्ख्वाईँ
  • २. बद्+नाम = बद्नाम
  • ३. बद्+मास = बदमास

अनपत्यार = अन+पत्यार

  • १. अन+मेल = अनमेल
  • २. अन+अन्त = अनन्त
  • ३. अन+आयस = अनायस

नामर्द = ना+मर्द

  • १. ना+लायक = नालायक
  • २. ना+बालक = नाबालक
  • ३. ना+तागत = नातागत

गैरहाजिर = गैर+हाजिर

  • १. गैर+इलाका = गैरइलाका
  • २. गैर+जिम्मेवार = गैरजिम्मेवार
  • ३. गैर+सरकारी = गैरसरकारी

बेहिसाब = बे+हिसाब

  • १. बे+काइदा = बेकाइदा
  • २. बे+मतलब = बेमतलव
  • ३. बे+ स्थिति = बेस्थिति

परिसंवाद = परि+संवाद

  • १. परि+चय = परिचय
  • २. परि+स्थिति = परिस्थिति
  • ३. परि+क्रमा = परिक्रमा

कुबाटो = कु+बाटो

  • १. कु+लत = कुलत
  • २. कु+ख्यात = कुख्यात
  • ३. कु+साइत = कुसाइत

३.उही शब्द दोहोरिदा द्वत्व शब्द बन्छ । आगि आगि , खरखजाना , ऐंचोपैंचो येस्तै शब्द हुन् । तलको अन्नुछेदमा यस्ता शब्दहरु छन् । ति कुन शब्द दोहोरिएर बनेका हुन् पत्ता लागाउनुहोस : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )
उत्तर: माथिमाथि, सानातिना, झै झगडा, आ–आफ्नो, सरसल्लाह, मरमद्दत, कामसाम, टालटुल, अगिअगि ।

४.तलका द्वत्व शब्दको दोहोरिएको अंश छुट्याउनुहोस :
झोलैझोला पाखोसाखो खेतसेत पालोपालो आनीबानी ऐंचोपैंचो अदलीबदली खोतलखातल फाँडफुँड माडमुड तरतमसुक उखुसुखु गाग्रीसाग्री घरघर गाउँगाउँ
उत्तर

  • झोलैझोला = झोला + झोला
  • पाखोसाखो = पाखो + पाखो
  • खेतसेत = खेत + खेत
  • पालोपालो = पालो + पालो
  • आनीबानी = बानी + बानी
  • ऐंचोपैंचो = पैंचो + पैंचो
  • अदलीबदली = बदली + बदली
  • खोतलखातल = खोतल + खोतल
  • फाँडफुँड = फाँड + फाँड
  • माडमुड = माड + माड
  • तरतमसुक = तमसुक + तमसुक
  • उखुसुखु = उँखु + उँखु
  • गाग्रीसाग्री = गाग्री + गाग्री
  • घरघर = घर + घर
  • गाउँगाउँ = गाउँ + गाउँ

संक्षेपिकरण:

१. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको छोटोछरितो उत्तर दिनुहोस्: (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)

क) शिक्षामा महिलाहरुको पछि पर्नुका कारणहरु के के हुन् ?
उत्तर: शिक्षामा महिलाहरु पछि पर्नुका कारणहरु आर्थिक तथा सामाजिक कारण हुन् ।

ख) शिक्षामा महिलाहरु सहभागिता कसरि गराउन सकिन्छ ?
उत्तर: शिक्षामा महिला पछि पर्नुका आर्थिक तथा सामाजिक कारणलाई ध्यानमा राखेर योजना बनाई कार्यक्रमहरु सञ्चालन गरी महिला सहभागिता गराउन सकिन्छ ।

ग) महिला शिक्षाको उपयुक्त विकासका लागि कस्ता योजनाहरु आवश्यक हुन्छन् ? 
उत्तर: महिला शिक्षाको उपयुक्त विकासका लागि आर्थिक र सामाजिक कारण अन्तर्गत पर्ने उल्लिखित कारणलाई ध्यानमा राखेर चेतनामा अभिबृद्धि हुने योजनाहरु आवश्यक हुन्छन् ।

घ) यस अनुच्छेदलाई सुहाउने शिर्षक के हुन सक्छ ?
उत्तर: यस अनुच्छेदलाई सुहाउने शीर्षक शिक्षामा महिला सहभागिता हुन सक्छ ।

ङ) विपन्नता, संलग्नता, उपयुक्त, अभिवृद्धि, र अन्धविश्वास शब्दको अर्थ लेख्नुहोस् ?
उत्तर:

  • विपन्नता – कुनै कुरामा पछि पर्नु
  • संलग्नता –सहभागिता
  • उपयुक्त – मिल्ने सुहाउँदो
  • अभिवृद्धि – बढ्नु
  • अन्धविश्वास – अनावश्यक कुरामा विश्साव गर्ने

२. माथिको अनुच्छेदबाट पाचँ बुँदा टिपोट गरी तिनै बुँदाका आधारमा एक तृतीयांशमा सङ्क्षेपीकरण गर्नुहोस्। (अनुच्छेद पुस्तकबाट पढ्नुहोस्)
उत्तर:

  • १ शिक्षामा महिलाहरु पछि पर्नु,
  • २ आर्थिक र सामाजिक कारणका रुपमा आर्थिक विपन्नता, शैक्षिक चेतनाको कमी, अन्धविश्वास, छिटो विवाह आदि हुनु,
  • ३ आर्थिक र सामाजिक कारणलाई ध्यानमा राखेर योजना बनाउनुपर्ने,
  • ४ सबैले पढ्ने र छोरीलाई स्कुल पठाउने,
  • ५ विपन्नवर्गका लागि आयमुलक कार्यक्रम र रोजगारी

You may also like to read:

Join with us on social media to see our updates on your feed.
facebook logo twitter logo