एक चिहान: एक-सोह्र परिच्छेद (Ek Chihaan ) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

हृदयचन्द्रसिंह प्रधान

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल

एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान

मूल भाव: एक चिहान: एक-सोह्र परिच्छेद

नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउने ख्याती प्राप्त साहित्यकार हृदय चन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् l निम्नवर्गीय जीवनका संघर्ष समस्या, जटिलता र वेदनालाइ विषयवस्तु बनाउने उपन्यासकार प्रधानका उपन्यासमा समानता, सुधारवादी चेतना, अन्याय आत्यचारको अन्त्य आदि जस्ता विषयवस्तुलाई सन्देशको रुपमा प्रकट गरिएको पाइन्छ l जातीय सांस्कृतिक एकता, गरीब जीवनका विवस्ता र बाध्यता उनका उपन्यासका उल्लेखनीय पक्ष हुन् l

नेपाली गरीब किसान र मजदूर जस्ताको जीवनमा आधारित एक चिहान उपन्यास सामाजिक यथार्थवादी रुपमा चिनिएको कृति हो l मान्छेको अन्त्य अन्त्यष्टी गरिने ठाउँलाइ चिहान भनेर बुझिने शब्द प्रयोग गरी निम्न वर्गीय जीवन यापन गर्ने श्रमजीवीहरुको मार्मीक देहान्तलाई यस उपन्यासको विषयवस्तु बनायिएको छ l दरिद्रता शोषण र विशंगतिलाइ मूल रुपमा प्रस्तुत गरिएको यस उपन्यासमा हिमाल पहाड तराई कोहि छैन पराइ भन्ने पवित्र र चोखो भावनालाई अष्टनारन को परिवारबाट व्यक्त गरिएको छ l सामाजिक विभेदबाट मुक्त भै समानता र सांस्कृतिक एकता कायम गर्नुपर्ने संदेश भएको यस उपन्यासमा अष्ट नारन र शिव नारनका परिवार एकै चिहान हुने गरी समाप्त भएको कारुणिक घटना उपन्यासको मूल विषय हो l कृषक वर्गका पीडा, वेदना, विवस्ता र बाध्यतालाई प्रस्तुत गर्न उपन्यासकारले अष्ट नारन र शिव नारन जस्तो श्रमजीवी स्वाभिमानी प्रतिनिधि पत्रको चयन गरेका छन् l विपन्न वर्गको दुरावस्था अन्त्य गरि समाज सुधार गर्नु पर्ने आग्रह उपन्यासमा पाइन्छ तडक भडक, रितिरिवाज, सामन्ती प्रथाले जडो गाडेको हाम्रो सामाजिक दास मानाशिकतामा परिवर्तन नआए सम्म गरिब वर्गको भलाई नहुने अष्ट नारन र शिव नारनको सोचबाट व्यक्त गरिएको छ l दिनरात हाड घोटेर मेहनत गर्दापनि सच्चा कृषक वर्ग शिव नारन जस्ताको जीवनमा कहिल्यै आर्थिक उन्नति हुन नसकेको यथार्थले उपन्यासको गरिमालाई अझ बढाइदिएको छ l

समाजमा राम्रा र नराम्रा दुवै प्रवृत्तिका मानिस बसोबास गर्छन भन्ने यथार्थलाई देखाउन डा. गोदत्त प्रसाद र साहु सुरमानको चरित्रलाई उपन्यासमा प्रस्तुत गरिएको छ l गरिबी र विवशताका कारणले केहि समय डा.गोदत्त प्रसादको अन्याय सहना बाध्य हुनु परेको र सुरमानको शोषणले पनि शिव नारनको परिवारलाई अभावकै कारणले शोषण गरेको वास्तविकता पनि उपन्यासको उल्लेखनीय पक्ष हो l अनमेल विवाह विरुद्ध उठेका शिव नारनका आट र साहस, प्रेम आत्मिक र सारिरीक हुने वास्तविकता, हर्ष नारन र नानीथकुंको अन्तरजातीय विवाहले चाहना गरेको समावेशी समाज, अन्याय, अत्याचार, विरुद्ध उठ्नुपर्ने आवाजको आवश्यकता उपन्यासका केन्द्रीय तत्व हुन् भन्न सकिन्छ l प्रगतिशील चेतना, समानता, स्वतन्त्रता र मुक्त समाजको कामना र स्वाभिमानी विचार उपन्यासका मूल भूत तत्व हुन् भन्न सकिन्छ l

परिवेश:

२०११ साल तिरको निम्न वर्गीय जीवनको यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ l गरीवी, बाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संगर्ष प्रस्तुत भएको यस उपन्यासमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखिएको छ अस्ट नारन र शिव नारनमा केन्द्रित भएको यस उपन्यासमा अष्ट नारनको सुरुमा उपचार गराउन कविराज र गुभाजु कहाँ जानुपरेको र पछि डा. गोदत्त प्रसाद कहाँ जानुपरेको बाध्यात्मक परिवेस भेटिन्छ l जातीय र क्षेत्रीय एकतालाइ आवश्यक ठानी हर्शनारण र नानिथकुंको विवाह अन्तरजातीय क्षेत्रमा भएको, समावेशी चेतना आरम्भ भएको परिवेश उपन्यासमा भेटिन्छ l अष्ट नारनको उपचार र अन्त्यष्टिमा ऋण लिनुपरेको, रातदिन मेहेनत गर्दापनि सुखको घाम कहिल्यै नलागेको निम्न वर्गीय जीवनका कठोर यथार्थका परिवेस उपन्यासमा भेटिन्छ l सुर्मानको शोषण डाक्टरको अनैतिकता, अन्याय, अत्याचार विरुद्ध उठेका आवाज आदि विषयलाई उपन्यासको स्वाभाविक परिवाश्ले सशक्त र जीवन्त बनाएको छ l

प्रजातन्त्र प्राप्ति पछि विस्तारै मौलाउदै गएको प्रगतिशील सोचको परिवेस, संस्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवस्यक परेको तथ्य, रुढिवादी र अन्धविस्वासले नेपाली सामाज लाइ न छोडेको वास्तविकता उपन्यास भित्र अनुकुल घटनाक्रम र स्वाभाविक पlत्रको परिवेशबाट ब्यक्त गरिएको छ l

लेखक परिचय:

हृदयचन्द्रसिंह प्रधान (वि.सं. १९७२- २०१६ ) बहुमुखी साहित्य स्रष्टा हुन् । उनले नाटक , निबन्ध , उपन्यास , समालोचनाजस्ता धेरै विधाका कृतिहरु लेखेका छन् । उनी आफ्ना रचनामा खास गरी समाजको सुधार गर्ने प्रगतिशील विचार अभिव्यक्त गर्दछन् । उनले रचेको एक प्रसिद्व प्रगतिशील उपन्यास एक चिहान हो भने स्वास्नीमानछे उनको अर्को चर्चित उपन्यास हो ।उनले नेपाली समाजको यथार्थ चित्रण गर्नु र परम्परागत समाजप्रति आलोचनात्मक दृस्टी राख्नु उनको मुख्य बिशेषता हो । 

प्रश्नोत्तर:

शब्दार्थ: १. जोड मिलाउनुहोस् :

  • शिवनारायण – जेठो छोरा
  • अष्टनारायण – बाबु
  • लतमाया – आमा
  • नानीथँकु – छोरी
  • पुननारन – माहिलो छोरो
  • हर्षनारान – कान्छो छोरो
  • गोदत्त प्रसाद – डाक्टर
  • सुरमान – साहु
  • रामबहादुर – कारिन्दा

पठनबोध:

१.तलका गधांशहरु पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क) (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

अ)माथिको अनुच्छेदक आधारमा अष्टनरनका चारित्रिक विशेषताका बारेमा लेख्नुहोस् ।
उत्तर: एक चिहान उपन्यासमा उष्टनारान एक क्रान्तिकारी परिवर्तनकारी पात्रका रुपमा देखिएका छन् । उनी शिवनारानको वाबु मात्र होइनन् । उनी एक समाज सुधारक हुन् । उनले परम्परागत रुपले पहिलैदेखि चल्दै आएको मर्दा पर्दा गरिने काजक्रिया दान दक्षिणा भोज भतेर जस्ता चलन प्रति घृणा र आलोचना गरेका छन् । र त्यसलाई बन्दै गराउन पनि सफल भएका थिए । आफन्तको मृत्युमा रोएर बिचाः आउने प्रथा पनि बन्द गरेका थिए । उनी रुढीवादी परम्पराको विरोधी समाज सुधारक हुन् ।

आ) ' एक चिहान ' उपन्यासले सामाजिक कुसंस्करका बारेमा कस्तो दृस्टीकोण प्रस्तुत गरेको छ ?
उत्तर: नेपाली समाजमा अनेक प्रकारका कुसंस्कारहरु परम्परामा धेरै अघिदेखि चल्दै आएका छन् । मानिस मर्दा पर्दा गरिने काज क्रिया भोज भतेर खुवाउने, दान दिने, टिका दक्षिणा, नाता मित्र भेला भएर विचाः प्रथा देखिन्छ । उनले यस्ता कुप्रथा विरुद्ध क्रान्तिकारी कदम चालेर बन्दै गरिदिएका थिए र उनको छोराले पनि बाबुको क्रान्तिकारी कदम अनुसरण गरे ।

ख. (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

अ) माथिको पहिलो अनुच्छेदमा गोदत्तप्रसादको चरित्रबारे गरिएको आशङ्का कत्तिको उचित छ ? तर्कसहित लेख्नुहोस् ।
उत्तर: माथिको पहिलो अनुच्छेदमा गोदतप्रसादको चरित्रबारे गरिएको आशङ्का माफिक छ । उनी डरलाग्दो स्वभावका मानिस हुन् । उनका हृदयमा लेश मात्र पनि दया छैन । उनले टोलका मानिसलाई मुफ्तमा हेरेका पनि छैनन् । उनले नानीथकुँलाई देखेर अष्टनारानलाई उपचार गर्न गएका थिए । पछि उनले उपहरण गरेर बलात्कार गरेका छन् ।

आ ) माथिको दोस्रो अनुच्छेदमा ब्यक्त गरिएको भनाइअनुसार गोदत्तप्रसादमा परिवर्तन आएकै हो त ? उपन्यासका आधारमा स्पष्ट पार्नुहोस् ।
उत्तर: गोदत्तप्रसाद पग्लिने र परिवर्तन हुने कुरै थिएन उनको हृदयमा दयामाया होइन स्वार्थले भरिएको छ । उनी नानीथकुँ देखेर लोभिएका थिए । त्यसैले शिवनारनका मनमा एक प्रकारको भ्रम मात्र परेको छ । ढुङ्गाको जस्तो कठोर मन भएका गोदत्तप्रसादमा परिवर्तन आउने कुरै थिएन । 

२. तल दिइएका उपन्यासका अंशहरु पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :

(क) गुभाजुसुभाजु यस्तै अरु नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरुलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनुपर्दैनथ्यो । मलाई त फिस दिनुपर्दछ । तिमीहरुलाई मुस्क्लि पर्ला ।

अ ) यो भनाइ कसको हो ?
उत्तर: यो भनाइ गोदत्तप्रसादको हो ।

आ ) यस भनाइबाट मानिसको कस्तो चरित्रलाई देखाउँछ ?
उत्तर: यस भनाइबाट स्वार्थी, अविवेकी र द्रव्य पिचासी चरिलाई देखाउँदछ ।

इ) यस भनाइबाट यस्तो चरित्रको विकास कसरि हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ?
उत्तर: यस भनाइबाट निःस्वार्थ मानवसेवाभन्दा अर्थलाई महत्व दिएपछि विकास हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

ई) पछिल्लो अवस्थामा यस पत्रको चरित्रमा कस्तो परिवर्तन आएका देखिन्छन् ?
उत्तर: पछिल्लो अवस्थामा यस पात्रको सहानुभूतिको भाव आएको देखिन्छ ।

उ ) यहाँ ' तिमीलाई ' भनेर कसलाई सङ्केत गरिएको हो ?
उत्तर: यहाँ, तिमीलाई, भनेर अष्टनारानका परिवारलाई संकेत गरिएको छ । 

ख. हातखुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइरहिन्न । बाको सेवा गर्न पाएपछि त्यस्ता काम लाख आउँछन् ।

अ) यो भनाइ कसको हो ?
उत्तर: यो भनाई अष्टनारनको माहिलो छोरो पुननारनको हो ।

आ) यो भनाइ उपन्यासमा कुन प्रशङ्गमा आएको छ ?
उत्तर: यो भनाइ उपन्यासमा अष्टनारनले आफू विरामी पर्दा छोराहरु काम नगरेको प्रसङ्गमा आएको छ ।

‍इ) यो भनाइले पात्रको कस्तो चरित्रको परिचय दिन्छ ?
उत्तर: यस भनाइले पात्रको कतृव्यनिष्ठ पितृभक्तिको परिचय दिन्छ ।

ई ) यस भनाइपछि उपन्यासमा बिरामी बाबुको कस्तो प्रतिक्रिया व्यक्त भएको छ ?
उत्तर: यस भनाइपछि उपन्यासमा विरामी बाबुको औषधीपचार रोक्ने र मृत्युपछि आर्थिक अवस्था बिग्रन नदिने आशय व्यक्त भएको छ ।

उ) 'छोराछोरीका निम्ति बाबु सधैँ पाइरहिन्न' भन्नुको तात्पर्य के हो ?
उत्तर: यस भनाइको तात्पर्य मित्रता, धन आय आर्जन गरेर कमाउन सकिन्छ तर जन्म दिने आमाबाबु मरेपछि तिनलाई पाउन सकिन्छ भन्नु हो ।

ग. त्यो पनि धनिहरुकै निम्तिको कुरा हो , गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यहि इच्छाले आँखामा आँसु बोलाउँछ ।

अ) यो भनाइ कसको हो ?
उत्तर: यो भनाइ लतमायाको हो ।

आ) यस भनाइपछि उपन्यासको विकास कसरि हुन सक्ने अनुमान गर्नुहुन्छ ?
उत्तर: यस भनाइपछि गरीब लतमायाको फाइदा कसैले उठाउन सक्ने देखिन्छ ।

इ) यो भनाइको प्रसङ्ग के हो ?
उत्तर: रामबहादुरले सुरमानको सन्देश दिँदै नानीथकुँलाई दिएमा त्यसको बदलामा सुब्बो सक्दो सहयोग गर्ने जानकारी दिएको प्रसङ्ग आएको छ ।

ई) ' गरिबको जिन्दगीमा त्यहि इच्छाले आँखामा आँसु बोलाउँछ ' भन्नुको तात्पर्य के हो ?
उत्तर: गरीबका जिन्दगीमा इच्छाले आँसु बोलाउँछ भन्नुको तात्पर्य एकपछि अर्काे इच्छा विकराल रुप धारण गरेर आउँछ र त्यसले गरीबलाई अझ गरीब बनाउँछ भन्नु हो ।

उ) यस भनाइका आधारमा धनि र गरिबका जीवनको तुलना दश वाक्यमा गर्नुहोस् ।
उत्तर: धनीको जीवन

  • १ धनीको जीवन सुख, सरल र मस्तीमा बित्ने ।
  • २ धनीहरु मोज मस्ती दिन बिचाउँछन् ।
  • ३ धनीले रोषरवाफ र आनन्द लिन्छन् ।
  • ४ धनीको जाल–झेल गर्ने आदत हुने ।
  • ५ धनीका जीवनलाई समाजले आदर्श मान्ने ।

गरीबको जीवन

  • १ गरीबको जीवन दुःख, कष्ट र अभावमा बित्ने ।
  • २ गरीबहरु कडा परिश्रम गरेर दिन बिताउँछन् ।
  • ३ गरीबहरु धनीहरुलाई देखेर लोभिन्छन् ।
  • ४ गरीब इमान्दार र कर्मठ हुन्छन् ।
  • ५ गरीबलाई यथार्थको रुपमा हेरिन्छ । 

३. तलका घटनाहरुको क्रम मिलाउनुहोस् :

  • अष्टनारानको मृत्यु हुनु
  • डाक्टर गोदत्तप्रसादलाई उपचारका लागि बोलाउन जानु
  • अष्टनारन बिरामी भइ थला पर्नु
  • रामबहादुरले आफ्नो स्वार्थ पुरा गर्न देशी तान घरमा ल्याइदिनु
  • कति प्रयत्न गर्दा पनि अष्टनारायणको रोग निको नहुनु
  • बुढो सुरमानले रामबहादुरलाई नानिथकुँसँग असमान बिहेका लागि प्रस्ताव राख्न पठाइनु
  • गोदत्तप्रसाद र नानीथकुँका बीच प्रेम सम्बन्ध रहेको छ भन्ने गाइँगुइँ शुरु हुनु
  • अष्टनारानको मृत्यु पछि पनि गोदत्तप्रसाद घरमा आइरहनु

उत्तर:

  • १ अष्टनारन बिरामी भइ थला पर्नु,
  • २ डाक्टर गोदत्तप्रसादलाई उपचारका लागि बोलाउन जानु,
  • ३ कति प्रयत्न गर्दा पनि अष्टनारायणको रोग निको नहुनु,
  • ४ अष्टनारानको मृत्यु हुनु,
  • ५ अष्टनारानको मृत्यु पछि पनि गोदत्तप्रसाद घरमा आइरहनु,
  • ६ गोदत्तप्रसाद र नानीथकुँका बीच प्रेम सम्बन्ध रहेको छ भन्ने गाइँगुइँ शुरु हुनु,
  • ७ बुढो सुरमानले रामबहादुरलाई नानिथकुँसँग असमान बिहेका लागि प्रस्ताव राख्न पठाइनु,
  • ८ रामबहादुरले आफ्नो स्वार्थ पुरा गर्न देशी तान घरमा ल्याइदिनु । 

अभ्यास:

'एक चिहान ' उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण भएको छ ? प्रतिक्रिया लेख्नुहोस् ।
उत्तर: हृदय चन्द्र सिंह प्रधान (वि.सं. १९७२–२०१६) बहुमुखी स्रष्टा हुन् । उनले रचेको प्रसिद्ध प्रगतिशील उपन्यास एक चिहानमा नेपाली समाजको यथार्थ चित्रण र परम्परागत समाजप्रति आलोचनात्मक दृष्टि राखिएको छ । यस उपन्यासले काठमाडौँको सामाजिक, आर्थिक र शैक्षिक गतिविधिलाई कार्यपीठीका बनाएको छ । यस उपन्यासमा काठमाडौँको ज्यापू समाजको यथार्थ चित्रण गरको पाइन्छ । ज्यापूहरु तलसिङको जग्गा आवादी गरेर जीविका चलाउँछन् । नेपालमा बेध, धामी, झाँक्री, डाक्टर देखाउने प्रचलन विस्तारै विकसित हुँदैछ । चाडपर्वमा फजुल खर्च गर्ने प्रचलनमा ज्यापूहरु विस्तारै सक्रिय भएका छन् । अन्तर जातीय विवाह, भोजभतेरमा कटौती र प्रगतिशील सोचमा क्रमशः विकाश हुँदै गरेको संकेत देखाइएको छ । यहाँ शोषक र सामन्तवादको नै बहुमत छ । शोषित र पीडितहरु दुःख कष्टमा बाच्न बाध्य छन् । उनको बेदना बुझ्ने कोही देखिदैन ।

पात्र परिचय लेखन:

१. पात्र परिचय लेखनका आधारमा शिवनारन , नानिथकुँ र डाक्टर गोदत्तप्रसादको पत्र परिचय लेख्नुहोस् ।
उत्तर:

  • १. शिवनारान: शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् ।
  • २. नानीथकुँ: नानीथकुँ उपन्यासमा प्रमुख नारी पात्रका रुपमा परिचित छ । ऊ अष्टनारानकी छोरी र शिवनारानहरुकी बहिनी हो । गोरो अनुहार १७ वर्षे सारै हिसी परेकी बैंसले धप्प बलेकी सुन्दरी छ । सरल र निश्चल भएकीले डा. गोदत्तप्रसादको बलात्कारको सिकार भएकी छे । ऊ सकारात्मक छे । उसले तराईबासी खेलावन राउतसँग अन्तर जातीय विवाह गर्छे । ऊ बलात्कृत भई कुमारीत्वबाट नानीथकुँ बञ्चित भएकी छे ।
  • ३. डाक्टर गोदत्त प्रसाद: गोदत्तप्रसाद खलनायक हो । ऊ सरकारी अस्पतालमा काम गर्छ । घरमा पनि क्लिनिक चलाउँछ । तीन छोराछोरीको बाबु रञ्जनादेवीको लोग्ने हो । भित्री कुटिल चाल चल्ने बलात्कारी धोकवाज, भ्रष्ट अनैतिक, निर्दयी चरित्र भएको स्वार्थी नकारात्मक देखिन्छ । उसो व्यक्तिगत चरित्र छ । 

व्याकरण:

प्रत्ययद्धारा शब्द निर्माण:

२. माथि उदाहरणमा दिइएझैँ अक्कद , अत , आइ , आइँ /याइँ , आउ , आली , आलु , आवट , आहा /याहा र इया प्रत्यय लागेका तिन शब्द साथीहरुसँग छलफल गरि टिप्नुहोस् र तिनलाई बक्यमा प्रयोग गर्नुहोस् ।

प्रत्यय: शब्द निर्माण  = प्रक्रिया

  • अक्कड:   बोल+अक्कड = बोलक्कड
  • अत:   खप+अत = खपत
  • आइ:   हेर+आइ = हेराइ
  • आई: याई पण्डित+याइँ = पण्डित्याइँ
  • आउ: चिन+आउ = चिनाउ
  • आली: हरिया+आली = हरियाली
  • आलु: विष+आलु = विषालु
  • आवट: बन्+आवट = बनावट
  • आहा: याहा हेप्+आहा = हेपाहा
  • इया: पहाड+इया = पहाडिया

३. तलको अनुच्छेद पढी अन्त्यमा दिइएको निर्देशन अनुसार काम गर्नुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

  • सधियार: साँध+इयार
  • अंशियार:अंश+इयार
  • नुनिलो: नुन+इलो
  • घरायसी: घर+आयसी
  • होसियार: होस्+इयार
  • रसियाली: रुष+इयार
  • पूर्वेली: पूर्व+एली
  • रमाइलो: राम+आइलो
  • बुढ्यौली: बुढो+यौली

४. तलको आनुच्छेद पढी अक , अन , अनीय , इक , इत , ई , ईन/ ईण , ईय , क , तर , तम, तब्य , ता , ति। त्व , मय , मान् , वान् र य प्रत्यय लागेका शब्द छन्नुहोस् र ती शब्दको प्रकृति , प्रत्यय छुट्टयाउनुहोस् । यसका लागि आवश्यक परे शिक्षकको सहयोग लिनुहोस् ।(अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

  • दयनीय: दया+अनीय
  • आदरणीय: आदर+अनीय
  • भौगोलिक: भूगोल+इक
  • लेखक: लेख+अक
  • भावक: भौ+अक
  • पाठक: पाठ्+अक
  • सम्मानित: सम्मान+इत
  • शिक्षित: शिक्ष्+इत
  • प्राचीन: प्राच्+इन
  • नवीन: नव+ईन
  • चेतना: चेतन+आ
  • योगी: योग+इ
  • पुजनीय: पुज्+अनीय
  • बालक: बाल+क
  • गायक: गौ+अक
  • सीमित: सीमा+इत
  • कवित्व: कवि+त्व
  • लेखत्व: लेखक+त्व
  • बुद्धिमान्बु: द्धि+मान
  • माधुर्य: मधुर+य
  • लालित्य: ललित+त्य
  • लेखनी: लेख+अनी

समास:

३. तल उदाहरणमा दिइएका समस्त शब्द र तिनको विग्रह हेरी ती कुन समाससन्तर्गत पर्दछन्, पहिचान गर्नुहोस् :

समस्त शब्द विग्रह समास
स्वर्गप्राप्त स्वर्गलाई प्राप्त तत्पुरुष
रोगग्रस्त रोगले ग्रस्त तत्पुरुष
स्नानघर स्नान गर्नका लागि घर तत्पुरुष
कन्यायोग कन्याका लागि योग्य तत्पुरुष
थोकव्यापारी थोकको व्यापारी तत्पुरुष
वनपाले बनको पाले तत्पुरुष
प्रेममान प्रेममा मान तत्पुरुष
महापुरुष महान् पुरुष कार्यधारय
सान्नानी सानी नानी द्विगु
देहलता देहरुपी लता कार्यधारय
जीवनचङ्गा जीवनरुपी चङ्गा कार्यधारय
सातघुम्ती सात घुम्तीको समूह द्विगु
दोबाटो  दुई बाटोको समूह द्विगु
दशमुख दश मुखको समूह द्विगु
नवरत्न नौ रत्नको समूह द्विगु
नुनतेल नुन र तेल द्वन्द्व
घामपानी घाम र पानी द्वन्द्व
फोहोर–मैला फोहोर र मैला द्वन्द्व
वाद–विवाद वाद र विवाद द्वन्द्व
नाफा न घाटा न नाफा न घाटा द्वन्द्व
नाफा नोक्सान नाफा वा नोक्सान द्वन्द्व

अभ्यास:

१. तलको अनुच्छेद पढ्नुहोस् र रेखाङ्कित समस्त शब्दको विग्रह गरि समासको नामसमेत लेख्नुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

समस्त शब्द विग्रह समास
भाइमारा भाइलाई मार्ने तत्पुरुष
सुखाप्राप्ति सुखको प्राप्ति तत्पुरुष
देशहित देशको हित तत्पुरुष
बुद्धिहिन बृद्धिले हीन तत्पुरुष
समाज बहिष्कृत समाजबाट बहिष्कृत तत्पुरुष
घर–गृहस्ती घर र गृहस्थी द्वन्द्व
गाईजात्रा गाइको जात्रा तत्पुरुष
कर्तव्यनिष्ठ कर्तव्य निष्ठ तत्पुरुष
चरित्र निर्माण चरित्रलाई निर्माण तत्पुरुष
पल्लो किरात पल्लो किरात अव्ययीभाव
धवलागिरी धवला र गिरी द्वन्द्व
पल्ला घर पल्ला घर अव्ययीभाव
वल्ला घर वल्ला घर अव्ययीभाव
महापुरुष महान् पुरुष कर्म धारण
बुढापाका बूढा पाका कर्म धारण
जेठाबाठा जेठा बाठा कर्म धारण
धर्मवृद्धि धमै नै बृद्धि छ जसको बहुब्रीही
दोबाटो दुई बाटोको समूह द्धिगु
चौबाटो चार बाटाको समूह द्धिगु
त्रिलोक तनि लोकको समूह द्धिगु
चतुर्लाेक चार लोकको समूह द्धिगु
सप्तकोशी सातवटा कोशीको समूह द्धिगु
सप्तगण्डकी सातवटा गण्डकीको समूह द्धिगु
दशमुख दश मुखको समूह द्धिगु
हरबखत  हरेक बखत अव्ययीभाव
साँझ विहान साँझ र बिहान द्धन्द्ध
दिनभर दिन भएसम्म अव्ययीभाव
महिनाभर महिना भएसम्म अव्ययीभाव
वर्षभर वर्ष भएसम्म अव्ययीभाव
छोराछोरी छोरा र छोरी द्वन्द्व
दाल भात डुकु दाल, भात र डुकु द्वन्द्व
बालबच्चा बालक र बच्चा द्वन्द्व
तेरोमेरो तेरो र मेरो द्वन्द्व
सुखदुःख सुख र दुःख द्वन्द्व
बाँडाचुँड बाँड्ने र चुँड्ने द्वन्द्व
घोरमुख घोडाको जस्तो मुख भएको बहुब्रीही
बाघमुख बाघको जस्तो मुख भएको बहुब्रीही
चरीनङ्ग्रे चरीको जस्तो नङ्ग्रा भएका जसका बहुब्रीही
खाली हात   खाली हात बर्मधाण
पीताम्बर पीत नै अम्बर छ जसको बहुब्रीही
नीलकण्ड नील नै कण्ठ छ जसको बहुब्रीही
चक्रपाणी चक्र नै पानी छ जसको बहुब्रीही
गजानन गजका जस्ता आनन छन् जसका बहुब्रीही
राजीवन लोचन राजीव र लोचन द्वन्द्व
विषधर विष धारण गर्छ जसले बहुब्रीही
बहुरुपी बहु रुप छन् जसका बहुब्रीही
दुईजिब्रे दुईवटा जिब्राको समूह द्धिगु

२. कक्षामा साथीहरुसँग छलफल गरी एउतै दीको, डिकोमा नलेखिने पाँचवटा समस्त शब्द लेख्नुहोस् ।

  • श्रम विभाग
  • सन्देश गृह
  • सञ्चार मन्त्री
  • पर्यटक व्यवसाय
  • नेपाल सरकार

You may also like to read:

Join with us on social media to see our updates on your feed.
facebook logo twitter logo