म फूल लिएर आउने छु (Ma Phul Liyera Aaune Chu) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

सुधा त्रिपाठी (जिवनसूत्र र स्वप्नाभासबाट)

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल

म फूल लिएर आउने छु - सुधा त्रिपाठी

म फूल लिएर आउने छु:

  • प्रगतिशील, मानवतावादी साहित्यकार, रास्ट्रीयता, जातीयता र माटो प्रति समर्पित भावना जागरण गराउन चाहने साहित्यकार
  • लैंगिक असमानता, सामाजिक विभेद, शोषण र अन्यायको विरोध गरि स्वच्छ र समता मुखी समाजको परिकल्पनालाई आग्रह गर्ने नारि प्रतिभा
  • उपेक्षित, अशिक्षित र अपहेलित नारीको उत्थानको लागि आवाज उठाउने साहित्यकार
  • जन्मिएको भूमिप्रति अगाध आस्था प्रकट गरिएको विचार प्रधान आत्मपरक निबन्ध
  • आफ्नो शैशवकाल बितेको दोलखाको सुनखानीको मातृ वात्सल्य र काखप्रति अत्यन्त मोह व्यक्त गरिएको
  • प्रत्येक नागरिकले जन्मभुमिप्रती श्रद्धा र समर्पित भावना व्यक्त गरिनुपर्ने विचार भएको यस निवन्धमा जन्मभूमिको बाध्यता, विवसता र समस्यालाइ बुझेर त्यसको अन्त्यको लागि लाग्नुपर्ने आग्रह गरिएको
  • माटोको माया अक्षरमा ब्यक्त भएको यस निवन्धमा मातृऋण तिर्ने आतुर मानशिकता देखाइएको
  • सुनखानीको भौगोलिकता, प्रक्रितिकता र संस्क्रितिकताले आफुलाई सदैब तानिरहेको तर आफु सुनखानीमा टेकना नसकेको पीडा व्यक्त
  • अतितको स्मरणले उजाड निरस र अभावको सहरमा आफुलाई बाँच्ने उर्जा थपिरहेको कुरा व्यक्त
  • अस्त व्यस्त दुषित सहरी सभ्यतामा आफ्नो जीवनलाई अगाडी बढाउन उही सुनखानीको सम्झना प्रेरणादायी, उत्साहप्रद भएको कुरा व्यक्त
  • विश्वपरिवेसमै विकृति फैलिएको र त्यस विकृतिले सुन्खानिलाई पनि दुषित बनाउन लागेकोमा चिन्ता प्रकट गरिएको
  • जन्मभूमि प्रतिको आत्मियता देस्वाशीको उत्थानमा लाग्ने तिब्र चाहना, धर्तिलाइ सदाब प्राण भन्दा पनि प्यारो मानुपर्ने विचार, आमाको अनुहार सधैं सन्तानले हसौनुपरने जस्ता विचार मूल भाव भएको

निबन्धकार परिचय:

सुधा त्रिपाठी (वि. सं। २०१५) निबन्धकार, नटक्कार , कबि ,कथाकार तथा समालोचना हुन् । उनका बादल धर्ति र आस्थाहरु ; जिवनसूत्र र स्वप्नाभास ; सुट, टाई र सुँगुर ; अमर सिर्जनाजस्ता निबन्धसङ्ग्रह हरु प्रकाशित छन् । उनि मूलत : नारीवादी लेखक हुन् । उनि एकातिर आफ्ना निबन्धमा नेपाली नारीका पिडा , समस्या र पितृसत्ताका कारण सिर्जित लैङ्गिक तथा वर्गीय विभेदको अन्त्यको चाहना व्यक्त गर्छिन् भने अर्कातिर देशभक्ति र धर्तिप्रतिको आस्था पनि प्रकट गर्छिन् । उनि प्रगतिवादी चेतनाको वरण गर्दै आफ्ना निबन्धमा समाजका बिकृति र विसङ्गतिप्रति ब्यङ्गय पनि गर्छिन् ।' मा फूल लिएर आउने छु ' उनले आफ्नो जन्मभूमिको सम्झन गरि रचेको एक घतलाग्दो निबन्ध हो ।

प्रश्नोत्तर:

पठनबोध: १) तलका निबंधांश पढी सोधिएक प्रश्नहरुको उत्तर लेख्नुहोस् ।

(क) सुनखानी, म फूलसँगै राखेर मनुष्यलाई हेर्छु । मनुष्यका पिदरुपी जीवन हेर्छु। म मेरो गाउँ हेर्छु र देश हेर्छु । म मेरो देशका टुक्रा टुक्रामा तिम्रै जीवन पाउँछु र तिम्रै पिडा देख्छु । त्यसीले सुनखानी , तिमि मेरो देश हेर्ने एना । तिमि मेरो जीवनको आस्था । तिमि मेरो सानो देश र सानो संसार नै हौ।

अ) निबन्धकारले मानिसलाई फूलसङ्ग दाँजेर हेर्नुको कारण के हो ?
उत्तर: निबन्धकारले मानिसलाई फूलसँग दाजेर हेर्नुको कारण माजसमा दुःख कष्ट बेदना परिवेश र परिस्थिती पाउनु हो ।

आ) निबन्धकारले सुनखानीको चित्रण कसरि गरेकी छन् ?
उत्तर: निबन्धकारले सुनखानीमा देश देखेकी छन् । त्यहाँ जिवन छ र देश प्रतिको ममता झल्किएको छ ।

इ) निबन्धकारले सुन्खानीलाई किन माया गरेकी हुन् ?
उत्तर: निबन्धकारले सुनखानीलाई जन्मथलो भएकाले माया गरेकी हुन् ।

ई) ' तिमि मेरो देश हेर्ने एना ' भन्नु को तात्पर्य के हो ?
उत्तर: तिमी मेरो देश हेर्ने ऐना भन्नुको तात्पर्य सुनखानीलाई नियालेपछी समग्रत देश बुझिन्छ भन्नु हो ।

उ) देश र सुनखानीका बीच कस्तो सम्बन्ध रहेको छ ?
उत्तर: देश र सुनखानीका बीच तादामत्म्य भावको सम्बन्ध रहेको छ । जहाँ सुनखानी नै एउटा सानो देश र सानो संसार मानिएको छ ।

ख) भौतिक शरिरको सौन्दर्य जीवनको सम्पूर्णता होइन , मान्छेको मानचाहिं कदापी कुरुप हुनु हुँदैन । यो सहरको स्पर्शले यस शरीरलाई कुरुप बनाए पनि मन भने तिमीले जस्तो बनाइदिएकि छौ त्यस्तै छ । त्यसैले त म तिमीभन्दा यति पर बसेर पनि तिम्रै मायाले द्र्वैभुत भएकी छु र यी प्रत्येक अक्षर रुपमा पग्लिंदै पग्लिंदै झरीरहेकी छु ।

अ)'भौतिक शरिरको सौन्दर्य जीवनको सम्पूर्णता होइन' भन्नुको तात्पर्य के हो ?
उत्तर: मानिसको भौतिक शरीर सुन्दर हुँदैमा उसको मन, वचन पनि सुन्दर हुन्छ भन्ने छैन । सुन्दरता नै सम्पूर्णता होइन भन्नु हो ।

आ) निबन्धकारका दृष्टिमा मान्छेलाई शरीर वा मन केले सुन्दर बनाउँछ र किन ?
उत्तर: निबन्धकारका दृष्टीमा मान्छेलाई सुन्दर शरीरले होइन मनले बनाउँछ । मन पवित्र भए जस्तो सुकै कुरुप मान्छेले पनि राम्रो काम गर्न सक्छ ।

इ) निबन्धकरको मान किन नफेरीएको हो ?
उत्तर: शहरको स्पर्शले शरिर कुरुप भए पनि जन्मथलोको ममताले निबन्धकारको मन नफेरिएको हो ।

ई) निबन्धकरको सुनखानी प्रतिको माया कसरि पग्लिएको छ ?
उत्तर: निबन्धकारको सुनखानी प्रति माया आक्षर बनेर पग्लिएको छ ।

उ) 'कुरुप' र ' द्रविभुत' शब्दको आर्थ के हो ?
उत्तर:

  • कुरुप = नराम्रो रुप
  • द्रविभुत = पग्लीनु + दव्यमय बन्नु

अभ्यास:

१) ' जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छ ' भन्ने भनाइप्रति ' म फूल लिएर आउने छु' निबन्धका आधारमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहोस् ।
उत्तर: सुधा त्रिपाठीद्वारा लिखित ‘म फूल लिएर आउनेछु’ देश भक्तिको भावनाले ओतप्रोत भएको एक सुन्दर निबन्ध हो । यस निबन्धमा सुनखानी प्रतिको माया, ममता, सम्झनाहरु सशक्त ढङ्गले प्रश्तुत भएका छन् । कर्मथलो काठमाण्डौलाई मरुभुमीका रुपमा र जन्मभुमी सुनखानीलाई उपहार स्नेह मायाले भरिएको स्वर्गसमान देखाइएकोछ ।

यस निबन्धबाट जन्मभूमी स्वर्ग भन्दा पनि महान् हुन्छ भन्ने अभिव्यक्ती पाइन्छ । यहाँ निवन्धकार त्रिपाठीले सुनखानीप्रति द्रविभुत भएको अभिव्यक्ति दिएर आफ्नो जन्मथलो प्रति अपार स्नेह र माया भएको देखाएकी छन् । हामीले पनि जन्मथलो प्रति माया सदभाव राख्नुपर्छ भन्ने विचार यस निबन्धको अध्ययन पश्चात अनुभुत भएको छ । जन्म दिने आमा र जन्मभूमी प्रति सबैले सदभाव राख्नु पर्छ । जन्मभूमी साच्चै स्वर्ग समान हो । यस्ताकुराहरुको निबन्धमा चित्रण गरिएको छ । यो निबन्ध छोटकरीमा जन्मभुमी प्रती अपार स्नेह झल्कीएको निबन्ध हो ।

२ )' म फूल लिएर आउने छु ' निबन्धमा निबन्धकारले सुनखानीको सम्झना कसरी गरेकी छन् ?
उत्तर: सुधा त्रिपाठीद्वारा लिखित ‘म फूल लिएर आउनेछु’ देश भक्तिको भावनाले ओतप्रोत भएको एक सुन्दर निबन्ध हो । यस निबन्धमा सुनखानी प्रतिको माया, ममता, सम्झनाहरु सशक्त ढङ्गले प्रश्तुत भएका छन् । कर्मथलो काठमाण्डौलाई मरुभुमीका रुपमा र जन्मभुमी सुनखानीलाई उपहार स्नेह मायाले भरिएको स्वर्गसमान देखाइएकोछ ।

अन्त्यमा सुनखानीलाई ढीलो भो भनेर दुःख नमान्नु भन्दै जीवनमा साँझ पर्नु अगावै एक अंजुली सेता फूलहरु ल्याएर तिम्रा पाउहरुमा भक्तिले चढाउनेछु र खुशीयालीमा अश्रुधाराहरुले तिम्रा पाउहरु पखाल्ने छु र भएका गल्तीकालागि क्षमा माग्नेछु । तिमीले मलाई निष्ठूरी सम्झे पनि मैले मेरो गाउँको गराँसको भार्भराउँदो बैंश भुलेकी छैन, न्याउलीको विरह गीत पनि भुलेकी छैन भनी मैले केही केही भुलेकी छैन । मैले मैलाई पनि भुलेकी छैन भन्दै सुनखानी प्रतिको अगाध प्रेम र ममतामयी भावलाई यस निबन्धमार्फत सम्झना गरेकी छन् ।

व्याकरण:

१) विग्रह गरिएका तलका शब्दहरुलाई समास गर्नुहोस् :
उत्तर :

विग्रह समास
देश र विदेश देश–विदेश
दाजु र भाई दाजु–भाई
मान एवम् मर्यादा मान–मर्यादा
पाप र पुण्य पाप–पुण्य
न फेद न टुप्पो फेद न टुप्पो
मादी र मस्र्याङ्दी मादि–मस्र्याङ्दी
दुःख वा सुख दुःख–सुख
धर्म वा कर्म धर्मकर्म
सय र पचास सय–पचास
गौरी र शंकर गौरीशङ्कर
दाल, भात र डुकु दाल भात डुकु
न देख्नु न सुन्नु देख्नु न सुन्नु
घाम पनि पानी पनि घामपानी

२) तलका समस्त शब्दहरुको बिग्रह गर्नुहोस् :
उत्तर :

समास विग्रह
मुनामदन मुना र मदन
कागज मसी कागज मसी
शिक्षा दीक्षा शिक्षा र दीक्षा
घाम छायाँ  घाम पनि छायाँ पनि
सुख दुख सुख वा दुःख
गाँस बास कपास गाँस गाँस, बास र कपास
मर्नु न बाच्नु न मर्नु न बाँच्नु
नुन चिनी पानी नुन, चिनी र पानी
नाफा नोकसान नाफा वा नोक्सान
नुनतेल नुन र तेल

४. तल विग्रहअन्तर्गत दिइएका शब्दहरुलाई समास गरी एउतै शब्द बनाउनुहोस्:
उत्तर: समास

  • माछापुच्छ्रे
  • पानी आन्द्रे
  • बाघचाल
  • कानफट्टा
  • कालमुखे
  • लामकाने
  • सगरमाथा
  • लामपुच्छ्रे
  • घनटाउके
  • गोबरगणेश
  • सयपत्री
  • बेमुख÷अमुखा
  • चौपाया
  • बाइहाते
  • दुइजिबे्र
  • खमख्खीबुट्टे
  • माछाकाँडे

५) तलका समास शब्दहरुको विग्रह गर्नुहोस् :
उत्तर :

समास विग्रह
नाङ्लाकाने नाङ्ला जस्तो कान भएको
वायुपङ्खी वायु नै पङ्ख छन् जसका
दोजिया दुइ जिउ छन् जसका
चैते बाँदर चैतको बाँदर जस्तो छ जो
नकटा नाक काटिएको छ जसको
दोपाया दुइवटा पाउ छन् जसका
पाँचतले पाँच वटा तला छन् जुन भवनमा
लमकन्या लामा कान छन् जसका
चरीनङ्ग्रे चराका जस्ता नङ्ग्रा छन् जसका
कलजिब्रे कालो जिब्रो छ जसको
बाघमुखे बाघको जस्तो मुख छ जसको
लामखुट्टे लामा खुट्टा छन् जसका
दुधमुखी दुधमा मुख छ जसको
बहुमुखी बहु मुख छन् जसका
हात्तीसुँडे हात्तीका जस्ता सुँड छन् जसका
नौलखा  नौ लाख बाट वनेको भवन हो जुन

अभ्यास:

तलका अनुच्चेदका रेखाङ्कित शब्दको विच्छेद गर्नुहोस् :

क) (अनुच्छेद पुस्तकबाट पढ्नुहोस)

  • हिमालय = हिम+आलय
  • प्राकृतिक = प्रकृती+इक
  • सौन्दर्य = सुन्दर +य
  • पर्यटन = पर्यट+न
  • वैदेशिक = विदेश + इक
  • अत्याचार = अति +आचार
  • फाल्नाले = फाल्नु +ले
  • ठेक्का = ठेक् + का
  • आर्थिक = अर्थ +इक
  • उपार्जन = उप+ आर्जन
  • मनोरथ = मन + रथ

ख) (अनुच्छेद पुस्तकबाट पढ्नुहोस)

  • हँसिलो = हाँस् + इलो
  • कमाइ = कमाउ + आइ
  • बढेर = बढ् + एर
  • यसरी = यो + अरी
  • सङ्कट = सम् + कट

ग) (अनुच्छेद पुस्तकबाट पढ्नुहोस)

  • यासोधरा = यशोधर + आ
  • मनोरमा = मनोरम + आ
  • सरोबर = सरोवरी + अ
  • वयोबृद्ध = वय +विद्ध
  • बागीश्वरी = बाग+ इश्वर + इ
  • वृद्धाश्रम = वृद्धा + आश्रम
  • रामायण = राम + आयण
  • सद्भाव = सद् + भाव
  • सदाचार = सद् + आचार
  • सेवार्थ = सेवा + अर्थ

घ) (अनुच्छेद पुस्तकबाट पढ्नुहोस)

  • लमिनी = लामा + अनी
  • थपिनी = थापा + अनि
  • कमाइ = कमाउ + आइ
  • ठेक्का = ठेक् + का
  • खुँजेली = खुँजेल + इ
  • गोरेटो = गोडा + एटो
  • बटुवा = बाटो + उवा
  • थकाइ = थाक + आइ
  • आवतजावत = आउ + जाउ
  • ठूल्यामा = ठूली + आमा
  • कान्छ्यामा = कानिछी आमा
  • भित्र्याउना = भित्र + आउना
  • सान्कान्छाा = सानो + कानछा
  • छुट्टी = छुट + इ
  • रोक्का = रोक् + आ
  • उल्लाइ = उस् + लाई
  • सट्टा = साटो + आ
  • ठूल्कान्छा = ठूलो + कान्छा
  • कट्टी = काट् + इ

क्रियाका काल:

अभ्यास:

'म फूल लिएर आउने छु' निबन्धबाट भुतकाल र अभुतकालको प्रयोग भएका तिन तिन वाक्य खोजेर लेख्नुहोस् ।
उत्तर : भुतकाल:

  • १) अस्ती त्यतैबाट आउने कुन्नी कसले पो सुनाउँदै थियो ।
  • २) तिमीलाई काट्न मार हान्ने खुकुरी लिएर आइ लागेको थियो रे ।
  • ३) तिमी चाहिँ रुन पनि नसकी भक्कानिँदै तल तिर कुद्दै गरेकी थियौ ।

अभुतकाल:

  • १) मेरो त सम्पूर्ण संसार नै प्रलय भएर डुब्ने छ ।
  • २) म निश्चित रुपले आउने छु ।
  • ३) तिम्रै रगत पिउन थालीसकेका हुनेछन् ।

४.' म फूल लिएर आउने छु ' निबन्धको दोस्रो आनुच्छेद पढेर बुँदा टिपोट गरि सङ्क्षेपीकरण गर्नुहोस् ।
उत्तर : बुदा टिपोट:

  • १) मैले तिम्रो ठ्याम्मै माया नमारेको,
  • २) मेरो मनको गहिराइमा बसेर मेरो प्यारो सुनखानीको सद्भाव र स्नेहले आफू निथ्रकै भिजिरहेको ।
  • ३) तिम्रा पवित्र पाउहरुमाएक अंजुली सेता फूल चढाउने धोको ।
  • ४) सिङ्गो सहरको छाती भरी खोज्दा पनि चोखो भूममिा फूलेको सेतो फूलले अँजुली भर्न नसकेको ।
  • ५) स्पर्श र स्नेह पर्खीरहेको ।

सङ्क्षेपीकरण:

मैले तिम्रो ठ्याम्मै माया नमारी मनको गहिराइमा बसेर प्यारो सुनखानीको सद्भाव र स्नेहले निथ्रक्कै भिजेको छु । तिम्रा पवित्र पाउहरुमा एक अँजुली सेता फूल चढाउने धोको पुराउन सिङ्गो सहरको छातीभरी खोज्दा पनि चोखो भूमीमा फुलेका फूलले अँजुली भर्न सकेको छैन । तिम्रो स्पर्श र स्नेह पर्खिरहेको छु ।

You may also like to read:

Join with us on social media to see our updates on your feed.
facebook logo twitter logo