रातभरि हुरी चल्यो (Raat Bhari Huri Chalyo) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

इन्द्रबहादुर राई (बिपना कतिपयबाट)

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल

रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई

रातभरि हुरी चल्यो:

सामाजिक यथार्थवादी कथाकार इन्द्रबहादुर राई उपन्यासकार, समालोचक व्यक्तित्व हुन् l जीवनलाई जसरि भोगिन्छ, जसरि देखिन्छ, त्यसलाई नछोपिकन साहित्यमा प्रस्तुत गर्नुपर्छ भन्ने विचार भएका कथाकार राई आयामेली कथाकार पनि हुन् l लीलालेखनका प्रग्योग्कर्ता कथाकार इन्द्रबहादुर राई नेपाली कथा फाँटमा नायाँ नायाँ कथा प्रबृत्ति भित्र्याउने कथाकार हुन् l आन्चालिक तथा बौद्धिक कथाकार इन्द्रबहादुर राईको पहिलो कथा ‘रातभरि हुरी चल्यो’ हो l

दार्जलिंग परिवेशको गाउँ तथा सहरी क्षेत्रलाई समेटेर प्रस्तुत गरिएको यस कथामा प्रवाशी नेपालीका यथार्थ जीवन पद्धतिलाइ देखिएको छ l व्यक्तिका पिडा, बाध्यता, र आन्तरीक वेदनालाइ प्रस्तुत गर्ने सन्दर्भमा यस कथामा प्राकृतिक हुरी र वैचारीक हुरीलाइ एकैसाथ प्रस्तुत गरिएको छ l एक रात भर र एक बिहानको समयमा केन्द्रित भएको यस कथामा कालेको परिवारले निम्नवर्गीय प्रवाशी नेपालीको जीवनलाई प्रस्तुत गरेको छ l आफ्नै घरखेत गरि गाउँमा जीविका चलाएका कालेका बाआमाको प्राकृतिक विपत्तिले दिएको पिडादायी मनोदशा कथामा देखाइएको छ l आपत विपत, मृत्यु, डर, दुख गाउँमा मात्र हुन्छ भन्ने सोचका कालेकी आमाको मानसिकतामा कथाकारले परिवर्तन ल्याएर कथाको उदेश्य व्यक्त गरेका छन् l रातभर अनिदो भएपनि नियमित काम नगरी सुखै नहुने वास्तविकतालाई व्यक्त गर्न कालेको आमा सबेरै दुध पुर्याउन सहर गएको प्रसङ्ग देखाइएको छ l रातभरिको पीडादायी समयलाई सम्झेर कालेकी आमाले सहर सुरक्षित र पीडा मुक्त स्थल थान्दछेl त्यसैले गुनको सबै बेचेर सहरमै बस्ने निर्णय गर्दछे कालेकि आमाले जब बी. बी. गुरुङकी स्वास्नीको मृत्युको कारण थाहा पाउँछे तब यथार्थताबोधले मानशिक परिवर्तन देखा पर्दछ अर्थात् संकट विपत गाउँमा नत्र होइन सहरमा पनि आउँदो रहेछ भन्ने कुरा उसले बुझ्दछे यो कथाको सार भाव पनि हो l

मान्छे आशावादी हुनुपर्छ आशाले जीवनमा थप उर्जा दिने गर्दछ निराशाले मानिश्लाई मृत्योउको मुखमा पुर्याउँछ l त्यसैले विपतबाट मुक्ति पाउन स्थान्तरण अपनाउनु हुदैन l त्यसैगरि अधैर्यता अस्थिरता मानव जीवनका असफलताका तत्व हुन् भने धैर्यता र स्थिरता सफलताका प्रतिक हुनाले प्रकृतिसंग जुधेर संघर्ष गरेर जीवनलाई बचाउनुपर्ने जीवनवादी संदेश कथामा पाइन्छ l मानव जीवनमा सुख दुख अभाव समस्या गार्हो साँघुरो आइपर्ने हुँदा तिनको सामना गर्न मानिस तयार हुनुपर्ने कर्मठ भाव पनि कथाको सारभूत तत्व हो l हुरीले थोरै बिगारेको मानिसको घरखेत बारीलाई सृजनशील मस्तिस्क र पौरखी हातहरुले एकै चीनमा बनाउन सक्ने हुँदा यस्ता प्राकृतिक प्रकोप संग भागेर हैन डटेर सामना गर्नुपर्ने कर्मवादी विचार पनि कथाको मूल विचार हो l

कथाकार चिनारी:

इन्द्रबहादुर राई (सन् १९३०) नेपाली साहित्यका बहुमुखी स्ष्ट हुन् । उनले कथा , उपन्यास , समालोचना विधाका गहकिला कृति रचेका छन् । बिपना कतिपय , कथास्था , काठपुतलीको मन उनका प्रकाशित कथाकृति हुन् भने आज रमिता छ उनको चर्चित उपन्यास हो । उनले सामाजिक यथर्थवादी धाराको अनुसरण गरि निकै राम्रा कथा लेखेका छन् । ' रातभरी हुरी चल्यो ' उनले लेखेको एक मार्मिक यथार्थवादी कथा हो ।

प्रश्नोत्तर:

शब्दार्थ: १. तलको शब्दहरुको अर्थ लेख्नुहोस् :

  • ढुङ्ग्रो – आगो फुक्ने साधन
  • दोरङ्ग – पाले
  • एकर – जग्गाको नापी
  • कुण्ठित – मनमा चाहना दवाइएको
  • अगेनो – आगो बाल्ने ठाउँ

पठन बोध:

तलका कथांशहरु पढी सोधिएक प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् :

क) यसरी दिनरातको पहिरो र हावाको दरमा बाँचेर , दुई एकर जमिनको माटो बर्षमा दुई चोटी पल्टाएर जीवनका गर्ने मेलो परिवारको हत्या हो ।

अ) यो भनाइ कसको हो ?
उत्तर: यो भनाइ कालेकी आमाको हो ।

आ) के कुरालाई परिवारको हत्या भनिएको हो ?
उत्तर: एक दुई एकर जमिनको माटो पल्टाउने कामलाई परिवारको हत्या भनिएको छ ।

इ) यस उद्दाहरणले जीवनको कुन अवस्थाको चित्रण गरेको छ ?
उत्तर: यस उद्धरणले जीवनको दुःख, कष्ट र वेदनाको अवस्थाको चित्रण गरेको छ ।

ई) यस भनाइभन्दा लगत्तैआघिको कथा सन्दर्भ के हो ?
उत्तर: यस भनाइभन्दा लगत्तै अघिको कथाको सन्दर्भ दैवी विपत्ति हो ।

उ) यस भनाइपछि कथामा के भएको छ ?
उत्तर: यस भनाइपछि कथामा कालेकी आमाको गाईवस्तु र जग्गा बेच्ने मनसाय व्यक्त भएको छ ।

ख.आपत्विपत् जहाँ पनि छ भन्नु को तात्पर्य के हो । हो हुरीले बिग्रियो तर अब सबै ठिक बनाइहाऌछौ , कुनै नसकिने काम होइन त्यति गर्न ।आफ्नो घर छ , गोठ छ , गोठमा गाइहरु छन् बारी छ , बारीमा तिस -चालिस झ्यंग बाँसहरु छन् , गगुन र नेभाराका रुखहरु छन्, काक्राको लहरा आकाशतिर जाँदै छ... हुरीले कति पो बिगार्न सक्छ र ? इ : अब गएर बनाइहल्नुपर्छ ।

अ) यो भनाइ कसको हो ?
उत्तर: यो भनाइ कालेकी आमाको हो ।

आ) 'आपत्विपत् जहाँ पनि छ' भन्नुको तात्पर्य के हो ?
उत्तर: आपत् विपत् जहाँ पनि छ भन्नुको तात्पर्य आपत गाउँ सहर दुवैमा छ भनिएको हो ।

इ) यस उद्ददाहरणमा निश्चिन्ताको प्रस्तुति कसरि भएको छ ?
उत्तर: यस उद्धरणमा निश्चिन्ताको प्रस्तुति आफ्नो घर, गोठ बारी तथा बाँसको भ¥याङहरु छन्, तिनको स्याहार स्याहार गर्नेछ ।

ई) उद्दरणअनुसार कथाको टुङ्ग्याउनी कसरि गरेको छ ?
उत्तर: उद्धरण अनुसार कथाको टुङ्ग्याउली हुरीले कति पो बिगार्न सक्छ, अब गएर बनाइ हाल्नुपर्छ भन्ने कुरामा भएको छ ।

उ) यस कथांशले कस्तो परिवेश प्रस्तुत गरेको छ ?
उत्तर: यस कथांशले मार्मिक यथार्थवादी प्राकृतिक प्रकोपको परिवेश प्रस्तुत गरेको छ ।

अभ्यास:

१) ' रातभरी हुरी चल्यो ' कथाले दार्जिलिङको कस्तो सामाजिक जीवनको गरेको चित्रण छ?
उत्तर: (इन्द्रबहादुर राईद्धारा) लेखिएो रातभरि हुरी चल्यो कथाले दार्जिलिङको सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । नेपालबाट कामको खोजिका तथा सुविधाको लागि बसाई सरेका प्रवासीहरुको आर्थिक अवस्था कमजोर देखिन्छ । काम र मामका लागि दुःखजिलो गरेर आजीविका चलाउँछन् । बस्ने ठाउँ र खाने कुराको व्यवस्था गर्न उनीहरुलाई मुस्किल पर्दछ । राम्रो र सुरक्षित थलो भन्दा आजीविकाको समस्याले गाँजिएका नेपालीहरुको कष्टप्रद जीवन गतिलाई कलात्मक पाराले चित्रण गरिएको यस कथामा आपत् विपत् गाउँमा मात्र होइन शहर बजार जहाँ पनि सामान किसिमले आउँछ भन्ने देखाइएको छ । निम्नवर्गीय मानिसहरुको कहाली लाग्दो जीवनलाई विषयवस्तु बनाइएको रात भरि हुरी चल्यो भन्ने कथाले सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ ।

२ ) "निम्नवर्गीय मानिसहरुको जीवनावस्था कहाली लाग्दो हुन्छ ।" यस भनाइलाई 'रातभरी हुरी चल्यो ' कथाका आधारमा पुस्टि गरनुहोस् ।
उत्तर: निम्नवर्गीय मानिसहरुको जीवनावस्था कहाली लाग्दो हुन्छ । जो आर्थिक रुपले विपन्न हुन्छ उसको सामाजिक अवस्था कमजोर हुन्छ । आपत्विपत् पनि तिनीहरुलाई नै बढि पर्दछ । रोग लाग्दा औषधी उपचारको अभाव, बस्नलाई उपयुक्त बासस्थान, उचित शिक्षादिक्षा दिन नसक्नुका पिरलो आदि निम्न आर्थिक अवस्थाका मानिसको समस्या हुन् । रातभरी हुरी चल्यो कथामा निम्नवर्गीय मानिसहरुको कहालीलाग्दो जीवन अवस्थालाई तार्किकर उपयुक्त ढंगले चित्रण गरिएको छ । यस कथामा कालेको बाबुको टिनको छानो मात्र भएको नाममात्रको घर रातभरिको हुरीले उसलाई सुत्न पनि दिएको छैन । कालेको आमा घर–गोठ बेच्ने मनसायले ढुङ्ग्रोमा दुध लिएर शहर जान्छे त्यहाँ पनि एक किसिमको दैवी विपत् खेदेर ऊ घर गोठ बनाउन निधो गरेर फर्किन्छे ।

३. तलका बुंदाहरुका आधारमा ' रातभरी हुरी चल्यो ' कथाको परिवेश पहिल्याउनुहोस्: (अनुच्छेद पुस्तकबाट पढ्नुहोस)
उत्तर: इन्द्रबहादुर राइद्धारा लेखिएको रातभरि हुरी चल्यो कथाले दार्जिलिङको सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । दार्जिलिङ सहर र त्यस वरिपरिको पहाडी ग्रामीण नेपाली समाज र ती क्षेत्रमा बसोबास गनृे निम्न वर्गीय नेपालीहरुले बाँच्नका निम्ति गरि रहनु परेको संघर्षको बारेमा प्रस्तुत गरिएको छ । डाँडापाखाका जग कमजोर भएका कालेका बाबुको टिनको छानो भएको नाममात्रका घर जस्ता कच्ची घर गोठको बसोबास र सहर बजारमा पनि सस्तो भाडामा पाइने सुविधाविहिन डेराको बसाइमा वर्षात्सँगै रातभरीको हुरीले छानामा उडाउने पानी चुहिने जस्ता समस्या, प्राकृतिक विपत्ति फैलिएको छ । सिपाही, चौकिदार, राज (डकर्मी), बढई (सिकर्मी), तरकारी पसलेको पेसा अंगाले जसोतसो जीवन जिउन गरिने संघर्षशील निम्नवर्गीय दार्जिलिङे नेपालीको मार्मिक चित्रण गरिएको छ । यसमा प्रवासी नेपालीहरुको संघर्षमय जीवनका विभिन्न पक्षको उद्घाटन गर्दै आदि, मध्य र अन्त्यका श्रृङ्खलाहरु क्रमिक विकसित भएको देखाउँदै कथाकारले निकै सरल तवरबाट प्रस्तुत गरेका छन् ।

४. तल दिइएको सङ्केतका आधारमा कालेका बाबु र आमाका चारित्रिक विशेषता देखाउनुहोस् :

nepali 1

कालेका बाबु र आमा:

कालेका बाबु यस कथाका प्रमुख पुरुष पात्र हुन् । उनी पुरुषवादी अहङ्कारबाट माथि उठेको सह्रदयी, सत् चरित्र भएको मिलनसार देखिन्छन् । उनी सहयोगी, कर्तव्य परायण भएको पात्रका रुपमा प्रस्तुत छन् । निम्न वर्गीय परिवारको प्रतिनिधिकाका रुपमा कर्तव्य निर्वाह गरेका छन् । कालेका बाबुले गाउँमा बस्न रहर गरेकोमा निराश भएर स्वास्नीलाई असुरक्षित जीवनको त्रासले एक्कासी झोकिए पनि असत् होइन त्यो स्वभाविक देखिन्छ । उनको समग्र सत् चरित्र भएको विशेषता हो ।

कालेकी आमा यस कथाकी प्रमुख निम्न वर्गीय नारी पात्र हुन् । उनी संघर्षशील कुशल गृहिणीका रुपले प्रस्तुत छिन् । समस्या पर्दा जोदाहा गर्न सक्ने व्यवहार पटु, सहहृदयी कर्तव्य परायण राख्ने उनको विशेषता हो । उनी भविष्प्रति चिन्तित देखिन्छन् । उनी भविष्यप्रति आशावादी भएर संघर्ष गर्न पछि परेकी छैनन् । उनी कर्मप्रति विश्वस्त छिन् । मिलनसार भएर पारिवारिक दायित्व निर्वाह गर्न पछि पर्दिनन् । कथामा उनले उद्देश्य संवाहकको भूमिका निर्वाह गरेकी छन् ।

५. तलका सङ्केतका आधारमा ' रातभरी हुरी चल्यो ' कथाको जीवनदृष्टि पहिल्याउनुहोस् :

Nepali 2

उत्तर: इन्द्रबहादुर राइद्धारा लेखिएको रातभरि हुरी चल्यो कथाले दार्जिलिङको सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । यस कथा पढेर हामीले कसैको पनि जिन्दगी सोचेको जस्तो हुँदैन । मानिस प्रकृतिकै उपज भए पनि सभ्यताको उषा कालदेखि नै बाँच्नका लागि प्रकृतिसँग संघर्ष गर्दै आएको छ । हाम्रो सोच जीवन प्रति आशावादी हुनुपर्छ । आदिम कालदेखि सभ्यताको यस विन्दुमा मान्छे प्रकृतिसँग सिंगोरी खेल्दै आइ पुगेको छ । मान्छेका पौरखी हातहरुले नै उसलाई यहाँसम्म ल्याइ पु¥याएका हुन् ।

त्यसैले आपत् विपत् र समस्याबाट भागेर मान्छे कहीँ पनि जान सक्दैन । पृथ्वीको कुनै पनि समस्या, आपत विपत्बाट मुक्त छैन । फेरि समस्या, आपत् विपत् नपरी मान्छे सही अर्थमा मान्छे बन्दैन, तसर्थ यस्ता समस्याहरुसँग भागेर होइन तिनका संघर्षपूर्वक सामना गरेर जीवनलाई जति सक्दो सुखी बनाउने प्रयत्नबाट नै जीवन सार्थक हुन्छ ।

व्याकरण:

अभ्यास: १. तलका वाक्यमा प्रयोग भएका सरल कराकलै विभाक्ति , नाम्योगी , बहुवचन र सम्वोधाका आधारमा तिर्यक कारक बदल्नुहोस् र त्यसैअनुसार वाक्य ढाँचा पनि मिलाउनुहोस् :

अ.

  • केटो भात खान्छ ।
  • केटाले भात खायो ।
  • केटासितै म पनि भात खान्छु ।
  • केटाहरु भात खान्छन् ।
  • ए केटा ! भात खा ।

आ.

  • ऊ डोको भित्र पस्यो ।
  • उसले डोको बोक्यो ।
  • उसका अनुसार डोको सानो छ ।
  • उनहिरु डोका लिएर आए ।

इ.

  • छोरो घर आयो ।
  • मैले छोरालाई पढ्न सिकाउँछु ।
  • छोरासित खेल्न मज्जा लाग्छ ।
  • छोराहरु खेल्न निस्किए ।
  • ए छोरा ! तिमी चकचक नगर त !

उ.

  • ए केटो ! यहाँ आइज ।
  • केटालाई बोलाऊ ।
  • केटासित खेल ।
  • केटाहरु आओ ।

२. ' रात भरि हुरी चल्यो ' कथाबाट सरल र तिर्यक् कारकको प्रयोग भयेका पाँच पाँच वाक्य खोज्नुहोस् ।

सरल:

  • तिमी जाऊ ।
  • ऊ फतफतायो ।
  • ऊ झस्कियो ।
  • ऊ डरायो ।
  • हुरी चल्यो ।

तिर्थक:

  • हामीलाई तान्दै लाँदै छ ।
  • केटाकेटी उठे ।
  • केटाले दुध खायो ।
  • ठूलाले सानालार्य हेप्छन् ।
  • उसले व्यवहार राम्ररी चलाएकी छ ।

३. सरल र तिर्यक् कारकको प्रयोग गरि पाँच वक्यसम्माको अनुच्छेद तयार गर्नुहोस् ।
उत्तर: केटो आयो । केटाले आँप खायो । अर्काे केटो आयो । उसले पढ्यो । ऊ हाँस्छ । हाँस्नु राम्रो हो ।

अर्थका आधारमा कारक:

अभ्यास: १.माथि दिइएका उदाहरणका आधारमा ' रात भरि हुरी चल्यो ' कथाबता छवटै कारकका दुई दुई उदाहरणहरु खोजि सुची बनाउनुहोस् ।
उत्तर :

१. कर्ता कारक

  • कालेको बाबु टर्च बालेर घरमुनि झ¥यो ।
  • म घर जान्छु ।

२. कर्म कारक

  • कालेका बाबुले मलाई बोलाउनु भयो ।
  • कालेकी आमाले दुध ल्याई ।

३. करण कारक

  • हुरीले पानीले छानो खसाल्यो ।
  • कालेकी आमा गाउँबाट आइ ।

४. सम्प्रदान कारक

  • बस्नका लागि घर छ ।
  • धनीले गरीबलाई हेप्छन् ।

५. अपदान कारक

  • आकाशबाट पानी प¥यो ।
  • हिजोदेखि हुरी चलिरहेको छ ।

६. अधिकरण कारक

  • हृदयमा पीडा छ ।
  • गाउँमा आपत् विपत् परेको छ ।

२. छवटै कारकहरुको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् ।
उत्तर: म उठेँ । मैले घर नजिकैको छिमेकीलाई बोलाएँ । गोठमा बाघ आएछ । बाले बाख्रालाई खाएछ ।म ै ले लठ्ठीले बाघलाई हिर्काएँ । बाघ डराएन । मैले खुकुरीले उसको टाउकोमा हानेँ । बाघ गोठबाट भाग्यो र कान्लाबाट हाम फाल्दै जंगलतिर लाग्यो । मैले बाख्राको केही मासु कुकुरलाई दिएँ । घरमा बहिनी पनि थिइन् । मैले बहिनीलाई भात खान दिएँ । मैले एउटा सानो खाडल खनेँ । मैले बाख्राको हाड छाला खाडलमा हालेँ । मैले कोदालीले खाल्डो पुरेँ । म घरबाट जंगलतिर गएँ । म रुखमा चढेँ र मैले रुखबाट घाँस खसालेँ । घाँस मैले गाईलाई दिएँ । मनमा खिन्न भाव लिइ म दिनभरी घरमै बसेँ ।

विभक्ती:

१. ले , मा , लाई , बाट , द्वरा , देखि र को विभक्ति तलको खाली ठाउँमा भरी अनुच्छेद पुरा गर्नुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )
उत्तर: प्रकृतिले मान्छेको मनलाई आनन्दित तुल्याउँछ । शहरदेखि परको बनको प्रकृतिमा रम्न पाउँदा सबैमा आनन्द आउँछ । नेपालको पूर्वका र पश्चिमको सिमाना प्रकृतिले छोएको छ । हिमालबाट झरेको नदीलाई हेर्दा कसको मन रमाउँदैन र ? त्यसैले पनि कविहरुले प्रकृतिको गुणगान गरेका छन् । मनमा आनन्द र हृदयमा शान्त भाव उमार्न सक्ने क्षमता प्रकृतिमा छ । प्रकृतिद्धारा रचित यो धर्तीमा जन्मदेखि यसबाट धेरै पाठ सिक्ने गर्छ ।

२. ले, लाई , बाट , द्वारा , मा , को विभाक्ति लागेका एक एक वाक्य पाठबाट टिप्नुहोस् ।
उत्तर:

  • ले - काले निदाएको छ ।
  • लाई - उसलाई लोग्नेले जान भन्यो ।
  • बाट - गाउँबाट सहर जाँदै छु ।
  • द्धारा - कालेकी आमाले चौकीदारनीद्धारा बजारमा आपत् नभएको थाहा पई ।
  • मा - सेतो विरालो चुलाको तातोमा न्यानो मानेर भुत्ला चाट्दै बसि रहेको थियो ।
  • को - हावा पनि यै डाँडामा चैँ कति चलेको ।

३. सबै विभाक्तिको प्रयोग गरी आफ्नो मा मिल्ने साथीको वर्णन गर्नुहोस् ।
उत्तर: मेरो साथीको नाम मदन थापा हो । हामी एकअर्काको लागि धेरै सहयोग गर्छाैँ । विदाको दिनमा हामी घुम्न जान्छौँ । ऊसँग दिन बिताउन रमाइलोको आनन्द आउँछ । हामीले चोभारमा निकै समय बितायौँ । चोभारबाट हामी बसद्धारा घर फर्कियौँ । हामीलाई घरमा सबैले मन पराउँछन् । एक अर्कादेखि हामी निकै खुसी छौँ ।

४. तलका रेखाङ्कित शब्दहरु कुन कुन कारकका छन् छुट्याउनुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )
उत्तर:

  • ढुङ्ग्रो – कर्मकारक
  • घरबाट – अपदानकारक
  • आमालाई – सम्प्रदान कारक
  • फुरुवाले – करण कारक
  • काँधमा – अधिकरण कारक
  • बजार – अधिकरण कारक
  • घुम – कर्म कारक
  • बाबुले – कर्ताकारक

व्यक्तिगत विवरण:

१. नेपाल इन्स्युरेन्स कम्पानी , लाजीम्पाटका लागि कार्यालय सहायकको माग गरिएको अवस्थामा सो पदका लागि आवश्यक पर्ने आफ्नो व्यक्तिगत विवरण तयार पार्नुहोस् ।
उत्तर:

  • नाम : सरिता पोख्रेल
  • जन्म मिति : २०४८÷८÷१०
  • राष्ट्रियता : नेपाली
  • पिता : कृष्ण पोख्रेल
  • माता : सवित्रा पौडेल पोख्रेल
  • धर्म : हिन्दु
  • वैवाहिक स्थिति : अविवाहित
  • स्थायी ठेगाना : दाङ नगरपालिका–७, महादेवा
  • सम्पर्क ठेगाना : काठमाडौँ, पानीपोखरी लाजिम्पाट

शैक्षिक योग्यता :

  • २०६५ एस.एल.सी., पद्मोदय उच्च मा.वि.
  • २०६८ उच्च माध्यमिक तह, उच्च माध्यमिक शिक्षा परिषद्, काठमाडौँ, किष्ट कलेज
  • २०७१ स्नातक, त्रिभुवन विश्व विद्यालय, पाटन क्याम्पस
  • तालिम तथा अनुभव
  • २०६८ देखि नेपाली विषय कक्षा १० सम्म पढाइरहेको ।
  • २०६८ देखि नेपाल इन्स्युरेन्स कम्पनीद्धारा तालिम लिइएको ।
  • कम्प्युटर सम्बन्धी सीप र ज्ञान ।
  • २०६५ मा ६ महिने आधारभुत कम्प्युटर तालिम प्राप्त ।

You may also like to read:

Join with us on social media to see our updates on your feed.
facebook logo twitter logo