Learn Flutter Framework by Google to Build Beautiful Apps. Learn App Development on FlutterCampus

मेरो देश (Mero Desh) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

भूपी शेरचन (घुम्ने मेचमाथि आन्धो मान्छेबाट)

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल
मेरो देश (Mero Desh) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

मेरो देश - भूपी शेरचन

मेरो देश:

क्रान्तिकारी, विद्रोही, स्वच्छन्दतावादी र स्वतन्त्रतावादी कवी भूपी शेरचन नेपाली काव्य फाँटका गद्ध्य कवी गोपाल प्रसाद रिमाल पछिका सर्वाधिक लोकप्रिय र चर्चित कवी हुन् l सामाजिक र आर्थिक विषमता, मानवीय जीवन भोगाईका समस्या, मानवीय जीवनका उत्पीडन र उच्च देशप्रेम कवी शेरचनका काव्यका चिनारी हुन् l व्यंग्यात्मकता, समानता र स्वच्छता कवी शेरचनका काव्यगत विशेषता हुन् l

प्रस्तुत ‘मेरो देश’ कविता कवी भूपी शेरचनको अत्यन्तै लोकप्रिय र चर्चित कविता संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मा संकलित रहेको छ l रास्त्रियता, देश प्रेम र प्रकृति प्रेममा केन्द्रित भएर रचना गरिएको यस कवितामा नेपाली प्रकृतिको महिमा गान गाइएको छ l नेपाली प्रकृति हामी नेपालीका धरोहर, गौरब र सम्पदा भएको कुरा कवितामा व्यक्त गरिएको छ l नेपाली धर्ति, प्रकृति र मुस्तंगी परिवेशको मुक्त कण्ठले प्रसंशा गर्दै आफ्नो देशको प्राकृतिक सौन्दर्य अवर्णनीय र अदितीय भएको भएको कुरा कविले प्रस्तुत गरेका छन् l नेपाली माटो, हावा, पानी, नदी, फूल, खोलो, मुना, हिमाल, पहाड, आदिको चर्चा गर्दै नेपाली प्रकृतिलाई जीवन्त रुपमा कविताम्श प्रस्तुत गरिएको छ l प्राकृतिक दृष्टिले भरिपुर्ण एवं रमणीय मुलुक नेपालमा विहानको सुर्यको किरण संगै जुन फर्कने कुरा बताइएको छ l आलुपखाडाका फुलसंगै कुखुराको चल्लाको मुलायामको तुलना गरिएको यस कवितामा जुनेली रातमा हिउँ पर्दाको मनोरम दृश्य प्रस्तुत गरिएको छ l लोभ, लालच र तृष्णामा आफ्नो रास्ट्रीयतालाइ नै भुल्ने मानिसहरुलाई सम्झेर धुपी र सल्लाहरु रुन्छन भन्दै कविले आफ्नो कर्मशील, प्रकृतिप्रेमी, र राष्ट्रप्रेमी भावना यहाँ प्रकट गरेका छन् l जहिले पनि बगिरहने नदि, खसीरहने छहरा, सधैं प्रकाशमान हुने हिमचुली, आन्ध्यरोलाई प्रकाशमय बनाउने जुनकिरी, थाकेको बटुवालाई स्फूर्ति दिलाउने चिसो हावा, वरिपरीको पर्यावरणलाइ सुगन्धमय बनाउने कस्तुरी आदि जस्ता जति वर्णन गरेपनि नसकिने प्रकृतिलाई प्रस्तुत गर्दै आफ्नो देशलाई कविले चिनाएका छन् l

प्रक्रितिप्रेमको सुरिलो भाकामा माटो प्रेमलाई सशक्त रुपमा प्रस्तुत गरिएको यस कवितामा रास्ट्र प्रतिको चोखो मायालाई जीवन्त पारिएको छ l जुन कविताको मूल भाव हो प्रकृतिको मनोहर उपमाहरू बाट सजिएको यस कवितामा प्रकृति मोह मुखरीत भएको छ भन्न सकिन्छ l व्यक्तिगत रुपमा सुख चाहना र रास्ट्र छोडी हिड्ने नेपालको माया मार्ने व्यक्ति प्रति आक्रोश व्यक्त गरिएको l यस कवितामा नेपालि धर्तीलाई मानाविकरण गरिएको छ l हर बिहान धर्तिरुपी आमाले सुर्य रुपी छोरो पाएको संधर्ब उल्लेख गर्दै हाम्रो प्रकृतिले नै हामीलाई सधैं उत्साहित प्रेरित गराइराखेको धर्ति जस्तै जहिले पनि सुखी र आन्दित भैरहनुपर्ने रास्ट्रवादी र प्रकृतिवादी चिन्तन कविताको मूल भाव हो ।

कवि परिचय:

भूपी शेरचन (वि. सं। १९९२-२०४६ ) साह्रै सुन्दर र मार्मिक कविता रच्ने कविका रुपमा प्रसिद्व छन् । उनले रचेका कवितासङ्ग्रहहरु हुन् - नायाँ झ्याउरे , निर्झर , घुम्ने मेचमाथि आन्धो मान्छे र भूपी शेरचनका कविता । उनका कवितामा क्रान्तिकारी चेतनाको अभिव्यक्ति पाइन्छ, सामाजिक तथा मानविय कमीकमजोरीप्रति व्यङ्ग्य गरिएको भेटिन्छ अनि नेपाल र नेपालीलाई माया गर्ने रष्टवादी स्वर सुसेलिएको सुनिन्छ ।

प्रश्नोत्तर:

पठन बोध: १.तलको कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

जहाँ
हरिया हरिया पहाडका फरिया
अलिक तल सरेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधैं ढाड सेकेको हुन्छ
म जति टाढा भए पनि त्यो मेरो देश
सधैं मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ ।

क)' हरिया हरिया पहाडका फरिया अलिक तल सरेर ' भनेको के हो ?
उत्तर: हरिया पहाडका फरिया अलिक तल सारेर भनेको हिउँ परेको दृश्य हो ।

ख) हिमालले कसरि ढाड सकेको छ ?
उत्तर: हरिया पहाडका फरिया तल सारेर निर्मल स्वच्छ र न्यानो घाममा हिमालले ढाड सकेको छ ।

ग) कवि टाढा रहेर पनि के कुराको सम्झना गरिरहेका छन् ?
उत्तर: कवि टाढा रहेर पनि देशको सम्झना गरिरहेका छन् ।

घ) यस कवितांशमा प्रस्तुत मुख्य विषय के हो ?
उत्तर: यस कविताको प्रस्तुत विषय देश प्रेम र प्रकृति हो ।

ङ) अन्तिम दुई पङ्तिलाई गद्धामा रुपान्तर गर्नुहोस् ।
उत्तर: मेरो मनले सँधै सपनामा पाइला टेको हुन्छ ।

२) तलको तालिका हेर्नुहोस् र कविले आफ्नो देशलाई किन सुन्दर ठानेका छन्, उत्तर लेख्नुहोस् :

Nepali 1

उत्तर: भूपि शेरचन (वि.सं. १९९२–२०४६) ले स्नातकसम्मको औपचारिक अध्ययन गरेका थिए । उनि प्रारम्भमा चर्काे रुपमा प्रगतिवादी चिन्तक, मध्यान्तरमा स्वच्छन्दतावादी, मानवतावादी र अन्त्यतिर शारीरिक अस्वस्ताका कारण केही शिथिल कविता सृजना गर्ने सर्जक मानिन्छन् । उनका कवितामा राजनीकित, सामाजिक, आर्थिक असमानता प्रति ठाडो प्रहार गरेको पाइन्छ । उनी समाजमा निम्नवर्गीय जनताको पीडा, व्यथा र वेदनालाई सशक्त पाराले अभिव्यक्त गर्दछन् ।

भूपि शेरचनको मेरो देश कवितामा, प्राकृतिक दृष्टिले भरिपूर्ण एवम् रमणीय मुलुक हो । यहाँको प्रकृतिमा बसन्त ऋतु आयो भने उसलाई पनि यहीँ बसूँ बसूँ लाग्छ । तुषारो परेका रातमा आलुबखडाका हाँगाहाँगामा कुखुराका चल्लाले बिहानको पाहारिलो घाममा पखेटा फिँजाएर घाम तापेजस्तो रमणीय दृश्य देख्न पाइन्छ । यहाँका बनजंगलमा मृगका बच्चाहरु स्वतन्त्र रुपमा उफ्रँदै खेल्दै गर्छन् । नेपाली प्रकृतिका काखबाट प्रस्फुटित छहराले खोलामा पुग्न भीरबाट छाँगो बनाएर हामफाल्ने गर्छन् । रातमा हिमालचुलीले नेपाली आँगनमा रुपौला घाम पालने नेपाली भूमिको प्रत्येक फाँटामा अविरल गतिमा बहने नदी, पाखा–पर्वतमा छहरा र उच्च शिखरमा लेकको रमणीय दृष्य देख्न पाइन्छ । यहाँका साना नदी पनि तुफानी वेगले बगिरहेका हुन्छन् । यहाँ रातमा पनि घामले उज्यालो फाल्छ र आशले मंगल दीप सजाृँछ । यहाँका पहाडका निधारमा लेक, छातीमा छहरा र काखमा नदी हुन्छन् । अबेला घर फर्कने बटुवालाई प्रत्येक झ्याङबाट झयाउँकीरीले सङ्गीतमय तालमा गिज्याउने र अँधेरी पँधेरीमा पानी लिन जाने प्रत्येक युवतीलाई जुनकीरिले ज्योति फिँजाएर उज्यालो छर्ने गर्छ । यहाँका प्रत्येक गाउँ बस्तीमा कस्तुरीको सुगन्धले हावासँगै बहने गर्छ ।

यस कवितामा कविले नेपाली प्रकृतिको विभिन्न पक्षको सुन्दर ढङ्गले वर्णन गर्नु र राष्ट्रिय भाव प्रकट गर्नु उनको मुख्य उद्देश्य देखिन्छ । यस कवितामा कविले आफ्नो देशको प्रकृतिको मग्धकण्ठले प्रशंसा गरेका छन् । यस्तो सुन्दर, शान्त र रमणीय मुलुकबाट जति नै टाढा बस्नु परेपनि नेपालीका हृदयमा नेपालीको अमिट छाप ताजा भएर बसेको हुन्छ । यसरी प्रकृतिले मनोरम भाव प्रकट गरी कविले प्रस्तुत कवितामा नेपालको सुन्दर चित्र उतारेका छन् ।

अभ्यास:

१. तलका प्रश्नहरुको छोटो , छरितो उत्तर लेख्नुहोस् :

क) ' मेरो देश ' कवितामा आरुबखदाका फूललाई केसँग दाँजीएको छ ?
उत्तर: मेरो देश कविताका रचयिता भूपी शेरचन (१९९२–२०४६) हुन् । मेरो देश प्रकृतिपरक स्वच्छन्दतावादी भावनामा लेखिएको सुन्दर कविता हो । यस कवितामा कविले आरुबखडाका फूलहरुलाई कुखुराका चल्लासँग तुलना गरेका छन् ।

ख) ' बाह्रै महिना मानिसकागालामा आरुको फूल ' फुलाउनुको तात्पर्य के हो ?
उत्तर: मेरो देश कविताका रचयिता भूपी शेरचन (१९९२–२०४६) हुन् मेरो देश प्रकृतिपरक स्वच्छन्दतावादी भावनामा लेखिएको सुन्दर कविता हो । बाह्रै महिना मानिसका गालामा आरुको फूल फुलाउनुको तात्पर्य हिमाली हावा र त्यसको असरले मानिसका गाला राता हुनु हो ।

ग)' मेरो देश ' कविताको सातौँ अनुच्छेदमा पहाडी भूभागको भौगोलिक सतहको कस्तो चिनारी दिएइएको छ?
उत्तर: मेरो देश कविताका रचयिता भूपी शेरचन (१९९२–२०४६) हुन् मेरो देश प्रकृतिपरक स्वच्छन्दतावादी भावनामा लेखिएको सुन्दर कविता हो । बाह्रै महिना मानिसका गालामा आरुको फूल फुलाउनुको तात्पर्य हिमाली हावा र त्यसको असरले मानिसका गाला राता हुनु हो । मेरो देश कविताको सातौँ अनुच्छेदमा पहाडी भु–भागको भौगोलिक सतहको चिनारी गराउँदा कविले स–साना नदीहरुमा पनि तुफानी समुन्द्रको वेग हुन्छ भनेका छन् ।

घ) वसन्त रितुले घर फर्कने कुरा किन स्वट्टै बिर्सिन्छ ?
उत्तर: मेरो देश कविताका रचयिता भूपी शेरचन (१९९२–२०४६) हुन् मेरो देश प्रकृतिपरक स्वच्छन्दतावादी भावनामा लेखिएको सुन्दर कविता हो । बाह्रै महिना मानिसका गालामा आरुको फूल फुलाउनुको तात्पर्य हिमाली हावा र त्यसको असरले मानिसका गाला राता हुनु हो । नेपाल जस्तो प्रकृतिले सिंगारिएको मुलुकमा बसन्त ऋतुको आगमन भएपछि त्यो सदावहार भएर रहन्छ । त्यसैले बसन्त ऋतुले पनि घर फर्कन स्वाट्टै बिर्सन्छ ।

ङ) प्रत्येक रातमा आकाशले मंङ्गलदीप कसरी सजाउँछ ?
उत्तर: मेरो देश कविताका रचयिता भूपी शेरचन (१९९२–२०४६) हुन् मेरो देश प्रकृतिपरक स्वच्छन्दतावादी भावनामा लेखिएको सुन्दर कविता हो । बाह्रै महिना मानिसका गालामा आरुको फूल फुलाउनुको तात्पर्य हिमाली हावा र त्यसको असरले मानिसका गाला राता हुनु हो । निलगिरी र धवलागिरी एक अर्काको मुख हेरेर चम्कँदा प्रत्येक रातले आकाशमा मंगद दीपले सजाउँछ अर्थात् आकाशमा तारा लाग्छन् ।

२) 'मेरो देश ' कवितामा कविले नेपालको प्राकृतिक सुन्दरताका कुन कुन पक्षको बयान गरेका छन् । सुची बनाउनुहोस् ।
उत्तर: भूपि शेरचन (वि.सं. १९९२–२०४६) ले स्नातकसम्मको औपचारिक अध्ययन गरेका थिए । उनि प्रारम्भमा चर्काे रुपमा प्रगतिवादी चिन्तक, मध्यान्तरमा स्वच्छन्दतावादी, मानवतावादी र अन्त्यतिर शारीरिक अस्वस्ताका कारण केही शिथिल कविता सृजना गर्ने सर्जक मानिन्छन् । उनका कवितामा राजनीकित, सामाजिक, आर्थिक असमानता प्रति ठाडो प्रहार गरेको पाइन्छ । उनी समाजमा निम्नवर्गीय जनताको पीडा, व्यथा र वेदनालाई सशक्त पाराले अभिव्यक्त गर्दछन् ।

भूपि शेरचनको मेरो देश कवितामा, प्राकृतिक दृष्टिले भरिपूर्ण एवम् रमणीय मुलुक हो । यहाँको प्रकृतिमा बसन्त ऋतु आयो भने उसलाई पनि यहीँ बसूँ बसूँ लाग्छ । तुषारो परेका रातमा आलुबखडाका हाँगाहाँगामा कुखुराका चल्लाले बिहानको पाहारिलो घाममा पखेटा फिँजाएर घाम तापेजस्तो रमणीय दृश्य देख्न पाइन्छ । यहाँका बनजंगलमा मृगका बच्चाहरु स्वतन्त्र रुपमा उफ्रँदै खेल्दै गर्छन् । नेपाली प्रकृतिका काखबाट प्रस्फुटित छहराले खोलामा पुग्न भीरबाट छाँगो बनाएर हामफाल्ने गर्छन् । रातमा हिमालचुलीले नेपाली आँगनमा रुपौला घाम पालने नेपाली भूमिको प्रत्येक फाँटामा अविरल गतिमा बहने नदी, पाखा–पर्वतमा छहरा र उच्च शिखरमा लेकको रमणीय दृष्य देख्न पाइन्छ । यहाँका साना नदी पनि तुफानी वेगले बगिरहेका हुन्छन् । यहाँ रातमा पनि घामले उज्यालो फाल्छ र आशले मंगल दीप सजाृँछ । यहाँका पहाडका निधारमा लेक, छातीमा छहरा र काखमा नदी हुन्छन् । अबेला घर फर्कने बटुवालाई प्रत्येक झ्याङबाट झयाउँकीरीले सङ्गीतमय तालमा गिज्याउने र अँधेरी पँधेरीमा पानी लिन जाने प्रत्येक युवतीलाई जुनकीरिले ज्योति फिँजाएर उज्यालो छर्ने गर्छ । यहाँका प्रत्येक गाउँ बस्तीमा कस्तुरीको सुगन्धले हावासँगै बहने गर्छ ।

यस कवितामा कविले नेपाली प्रकृतिको विभिन्न पक्षको सुन्दर ढङ्गले वर्णन गर्नु र राष्ट्रिय भाव प्रकट गर्नु उनको मुख्य उद्देश्य देखिन्छ । यस कवितामा कविले आफ्नो देशको प्रकृतिको मग्धकण्ठले प्रशंसा गरेका छन् । यस्तो सुन्दर, शान्त र रमणीय मुलुकबाट जति नै टाढा बस्नु परेपनि नेपालीका हृदयमा नेपालीको अमिट छाप ताजा भएर बसेको हुन्छ । यसरी प्रकृतिले मनोरम भाव प्रकट गरी कविले प्रस्तुत कवितामा नेपालको सुन्दर चित्र उतारेका छन्

कविले यस मेरो देश कवितामा नेपाली सुन्दरताको सहज र स्वाभाविक रुपले चित्रण गरेका छन् ।

हिउँ परेको रात,
धुपी र सल्लाहरु रुने,
आरुका फूलहरु फुल्ने,
उफ्री उफ्री खेल्ने मृग,
बाह्रै महिना मानिसका गालामा आरुका फूल फुल्छन् ।
पहराले छहराबाट खोलामा हामफाल्छन् ।
पत्येक पहाडको काखमा नदी हुन्छ ।
जुनकीरिले ज्योति फिजाउँछ ।
शितल हावामा कस्तुरीको सुगन्ध फैलिन्छ ।

३) ' नेपाल अत्यन्त सुन्दर देश हो ' भन्ने विषयमा 'मेरो देश ' कविताका आधारमा आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
उत्तर: भूपि शेरचन (वि.सं. १९९२–२०४६) ले स्नातकसम्मको औपचारिक अध्ययन गरेका थिए । उनि प्रारम्भमा चर्काे रुपमा प्रगतिवादी चिन्तक, मध्यान्तरमा स्वच्छन्दतावादी, मानवतावादी र अन्त्यतिर शारीरिक अस्वस्ताका कारण केही शिथिल कविता सृजना गर्ने सर्जक मानिन्छन् । उनका कवितामा राजनीकित, सामाजिक, आर्थिक असमानता प्रति ठाडो प्रहार गरेको पाइन्छ । उनी समाजमा निम्नवर्गीय जनताको पीडा, व्यथा र वेदनालाई सशक्त पाराले अभिव्यक्त गर्दछन् ।

भूपि शेरचनको मेरो देश कवितामा, प्राकृतिक दृष्टिले भरिपूर्ण एवम् रमणीय मुलुक हो । यहाँको प्रकृतिमा बसन्त ऋतु आयो भने उसलाई पनि यहीँ बसूँ बसूँ लाग्छ । तुषारो परेका रातमा आलुबखडाका हाँगाहाँगामा कुखुराका चल्लाले बिहानको पाहारिलो घाममा पखेटा फिँजाएर घाम तापेजस्तो रमणीय दृश्य देख्न पाइन्छ । यहाँका बनजंगलमा मृगका बच्चाहरु स्वतन्त्र रुपमा उफ्रँदै खेल्दै गर्छन् । नेपाली प्रकृतिका काखबाट प्रस्फुटित छहराले खोलामा पुग्न भीरबाट छाँगो बनाएर हामफाल्ने गर्छन् । रातमा हिमालचुलीले नेपाली आँगनमा रुपौला घाम पालने नेपाली भूमिको प्रत्येक फाँटामा अविरल गतिमा बहने नदी, पाखा–पर्वतमा छहरा र उच्च शिखरमा लेकको रमणीय दृष्य देख्न पाइन्छ । यहाँका साना नदी पनि तुफानी वेगले बगिरहेका हुन्छन् । यहाँ रातमा पनि घामले उज्यालो फाल्छ र आशले मंगल दीप सजाृँछ । यहाँका पहाडका निधारमा लेक, छातीमा छहरा र काखमा नदी हुन्छन् । अबेला घर फर्कने बटुवालाई प्रत्येक झ्याङबाट झयाउँकीरीले सङ्गीतमय तालमा गिज्याउने र अँधेरी पँधेरीमा पानी लिन जाने प्रत्येक युवतीलाई जुनकीरिले ज्योति फिँजाएर उज्यालो छर्ने गर्छ । यहाँका प्रत्येक गाउँ बस्तीमा कस्तुरीको सुगन्धले हावासँगै बहने गर्छ ।

यस कवितामा कविले नेपाली प्रकृतिको विभिन्न पक्षको सुन्दर ढङ्गले वर्णन गर्नु र राष्ट्रिय भाव प्रकट गर्नु उनको मुख्य उद्देश्य देखिन्छ । यस कवितामा कविले आफ्नो देशको प्रकृतिको मग्धकण्ठले प्रशंसा गरेका छन् । यस्तो सुन्दर, शान्त र रमणीय मुलुकबाट जति नै टाढा बस्नु परेपनि नेपालीका हृदयमा नेपालीको अमिट छाप ताजा भएर बसेको हुन्छ । यसरी प्रकृतिले मनोरम भाव प्रकट गरी कविले प्रस्तुत कवितामा नेपालको सुन्दर चित्र उतारेका छन्

नेपाल सानो छ तर विश्वको मुटु हो । एसियाको मुटु हो । नेपालको सुन्दरता विश्वविख्यात छ। यहाँ अनगिन्ती नदीनाला, खोला, झरना र ताल तलैया छन् । यो देशको सुन्दरता सृष्टिका संरचक ब्रह्माको कलाकौशलताको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । खोँच, भञ्ज्याङ, भिराला पहाडहरु, हरियाली वनजंगल झर–झर झरना कल कल बग्ने खोला, सुनौला हिमाल, पाखा पर्वत मनमुग्धकारी देख्न पाइने यो नेपालको दृष्य र किसानका दश नङ्ग्री खियाएर उब्जनी गरिएको खेती पनि अत्यन्त आकर्षक देखिन्छ । नेपालको टार वेसी, गाउँ बस्तीमा, सहरमा चारैतिर देखिन विविध संस्कृति, जात जाति भेष भुषा आदि तथा अझ सबैको दिल खिच्न सक्ने मानवीय संरचना कलाकारिता र कलाकौशलता सबैको मानव हृदय तान्न सक्षम देखिन्छ । नेपालका बनजंगलमा फुल्ने मनै हर्ने लालीगुँरास र लालुपाते बुकी फूल र सुनाखरी सयपत्री र मखमली फुलले मानव मन लोभ्याइ रहेको देखिन्छ । सबै किसीमले हेरेर नेपालको मुल्याङ्कन गर्न सकिदैन, सँधै हिउँ परिरहने हिमालदेखि सदाबाहार बनै ढकमक्क भएर फुल्ने फुल, हरियाली बनजंगल नेपाली प्रकृतिका उपहार र नेपालको गहना मानिन्छ ।

व्याकरण:

वाक्यमा प्रयुक्त नामिकहरुको (नाम, सर्वनाम र विशेषण) क्रियासँग हुने कार्यात्मक सम्बन्धलाई बुझाउने व्याकरणात्मक धारालाई कारक भनिन्छ ।

कारकको शाब्दिक अर्थ कार्य गर्ने हो । नामिक पदको क्रियासँगको भूमिकामूलक सम्बन्धलाई निर्धारण गर्ने कारकलाई छुट्याउन प्रथमादेखि सप्तमीसम्मका विभिन्न विभक्ति चिह्नहरु आएका हुन्छन् । त्यस्ता विभक्ति चिह्नले कारकलाई छुट्याउने महत्वपूर्ण कार्य गर्दछन् । जस्तै : एउटै विभक्तिले कारकलाई सङ्केत गरेको स्थिति

  • बुबाबाट आज्ञा भयो । कर्ता
  • म बसबाट आएँ । करण
  • घरबाट विदा लिएँ । अपादान

नामिक पदमा विभक्तिरहित र सहितको अवस्था देखिन्छ । जस्तै :

  • विभक्तिरहित अवस्था
  • सुदीक्षा कथा लेख्छे ।
  • सुष्मिता गाई चराउँछे ।
  • विभक्तिसहित अवस्था
  • श्यामले भाइलाई पिट्छ ।
  • मैले आमालाई बोलाएँ ।

अ) सरल र तिर्यक् कारक:

कारक सरल र तिर्यक् गरी दुई प्रकारका हुन्छन् । तिनको चर्चा तल गरिन्छ :

सरल कारक वाक्यमा प्रयोग भएका नामिक पदमा विकास नआई मूल रुपमै रहे भने तिनलाई सरल कारक भनिन्छ ।

  • नाम सर्वनाम विशेषण
  • केटो रोयो । ऊ जान्छ । बूढो बस्यो ।
  • चरो उड्यो । त्यो आयो । सानो पल्टियो ।
  • माछो मारियो ।
  • तिर्यक् कारक: वाक्यमा प्रयुक्त नामिक पदमा विभिन्न रुपमा परिवर्तन भई विभक्ति प्रत्य लाग्ने कारकलाई तिर्यक् कारक भनिन्छ ।

आ) कारक: वाक्यमा प्रयसक्त भएका नामिक पदले गर्ने व्याकरणात्मक कार्यका आधारमा कारक निम्नलिखित प्रकारका छन् :

१) कर्ता कारक: कर्ता कारकको अर्थ वाक्यमा प्रयोग भएका नामपदले गर्ने कार्य हो । जस्तै :

  • म घर जान्छु ।
  • बुबाबाट आज्ञा भयो ।

२) कर्म कारक: कर्ताले गरेको कार्यव्यापारको असर पर्ने पद कर्म कारक हो । जस्तै

  • मामाले भान्जालाई बोलाउनु भयो ।
  • साथीले उसलाई धकेल्यो ।

३) करण कारक: कर्ताले कार्य सम्पादन गर्दा प्रयोग गरेको साधन वा माध्यमलाई करण कारक भनिन्छ । जस्तै :

  • हात्तीले सूँढले पानी पियो ।
  • मैले कलमले लेखें ।

४) सम्प्रदान कारक: कर्ताले दिएको वस्तु प्राप्त गर्ने वा लाभकलाई सम्प्रदान कारक भनिन्छ । जस्तै :

  • काकाले भाइलाई मिठाई दिनुभयो ।
  • मैले श्रीमतीका निम्ति हार किनिदिएँ ।

५) अपादान कारक: कुनै कुरो छुट्टिने वा भिन्न हुने, समयको आरम्भ हुने, विच्छेद हुने वा अलग हुने स्रोत वा स्थानलाई बुझाउने नामिक पदलार्य अपादान कारक भनिन्छ । जस्तै :

  • आजबाट म पाटनढोकाबाट जावलाखेलसम्म गएँ ।
  • रुखबाट पात खस्यो ।

६) सम्बन्ध कारक: कारकको सम्बन्ध प्रत्यक्ष रुपमा क्रियासँग हुन्छ, तर सम्बन्ध कारकले स्वामित्व वा आफ्नोपन बुझाउँछ । जस्तै :

  • रामको भाइ आयो ।
  • रामका भाइ र बहिनी आए ।

७) अधिकरण कारक: कुनै व्यक्ति वा वस्तु अडिने आधार स्थललाई अधिकरण कारक भनिन्छ । जस्तै :

  • अहिले पोखरामा गर्मी बढेको छ ।
  • छोरो विद्यालयमा बस्छ ।

विभक्तिको प्रयोग र परिचय:

नामिक पदमा जोडिएको वाक्यमा कारकको भूमिका स्पष्ट पार्ने सम्बन्ध तत्वलाई विभक्ति भनिन्छ । यसको स्वतन्त्र अर्थ हुँदैन । ले, लाई, देखि, बाट, को, का, की आदि प्रत्यय विभक्ति हुन् । विभक्तिले एउटा नामिक पदलाई अर्काेबाट छुट्याएर तीनीहरु बीचको सम्बन्ध देखाउने कार्य गर्दछन् भने अर्काेतिर नामिक पदको क्रियासँगको कारकीय सम्बन्ध देखाउने गर्दछन् । जस्तै:

  • मुमाबाट आज्ञा भयो । कर्ता कारक
  • धाराबाट पानी आयो । करण कारक
  • पोखराबाट आजै आएँ । अपदान कारक
  • रामले चिमोट्यो । कर्ता कारक
  • चुच्चाले घोच्यो । करण कारक
  • भाइलाई बोलाऊ । कर्म कारक
  • खानलाई अन्न छ । सम्प्रदान कारक

प्रथमा विभक्ति: प्रथमा विभक्तिका चिह्न ‘ले, बाट’ हुने । यसले नामिक पदमा जोडिएको वा नजोडिएर कर्ता कारकलार्य सङ्केत गर्दछ । जस्तै :

  • रामले भात खायो ।
  • बुबाबाट आज्ञा हुन्छ ।

द्वितीया विभक्ति: द्वितीय विभक्ति कर्म कारकमा लाग्दछ । यसको सङ्केत चिह्न ‘लाई’ हो । द्वितीय विभक्ति निम्न अवस्थामा लाग्दछ, जस्तै :

  • म छोरीलाई पढाउँछु ।
  • मलाई भोक लाग्यो ।

तृतीया विभक्ति: कारण कारकसँग गाँसिने विभक्ति तृतीया विभक्ति हो । तृतीया विभक्तिका चिह्न ‘ले, बाट, द्वारा’ हुन् । यो विभक्ति निम्नअवस्थामा लाग्छ, जस्तै :

  • म खुकुरीले आलु काट्छु ।
  • ऊ ज्वरो छटपटायो ।

चतुर्थी विभक्ति: चतुर्थी विभक्तिका चिह्न ‘लाई, लागि, लागि, का निम्ति’ हुन् । यिनले सम्प्रदान कारकलाई संकेत गर्छन् । चतुर्थी विभक्ति निम्नअवस्थामा लाग्छ, जस्तै :

  • भक्तले भगवान्लाई भेटी दिन्छ ।
  • लड्नाले उसको खुट्टो भाँचियो ।

षष्ठी विभक्ति: षष्ठी विभक्तिका चिह्नहरु ‘को, का, की, रो, रा, नो, ना, नी हुन् । षष्ठी विभक्तिका चिह्न निम्नअवस्थामा लाग्छन्, जस्तै :

  • मेरो कलम ।
  • उसको किताब ।
  • हिजोको विषय ।

सप्तमी विभक्ति: अधिकरण कारकमा लाग्ने विभक्ति सप्तमी हो । यसका विभक्ति चिह्न ‘मा, माथि’ हुन् । यो विभक्ति निम्नअवस्थामा लाग्छ, जस्तै :

  • टेबुलमा पुस्तक राख ।
  • म घरमा छु ।

१. तलका वाक्यमा प्रयोग भएका सरल कारकलाई विभक्ति नामयोगी, बहुबचन, र सम्बोधनका आधारमा तिर्यक् कारकमा बदल्नुहोस् ।

अ) केटो भात खान्छ केटाले भात आयो ।

  • केटासितै म पनि जान्छु ।
  • केटाहरु भात खान्छन् ।
  • ए केटा ! भात खा ।

आ) ऊ डोको भित्र पस्यो उसले डोको बोक्यो ।

  • उसका अनुसार डोको सानो छ ।
  • उनीहरु डोका लिएर आए ।

इ) छोरो घर अयो मैले छोरालाई पाठ सिकाउँछु ।

  • छोरासित खेल्न मज्जा लाग्छ ।
  • छोराहरु खेल्न निस्किए
  • ए छोरा ’ तिमी चकचक नगर त !

(ई) ए केटो ! यहाँ आइज केटालाई बोलाऊ ।

  • केटासि खेल ।
  • केटाहरु आओ ।

२. ले, मा, लाई, बाट, द्वारा, देखि र को विभक्ति तलका खाली ठाउँमा भरी अनुच्छेद पूरा गर्नुहोस् ।
उत्तर : प्रकृतिले मान्छेको मनलाई आनन्दित तुल्याउँछ । शहरदेखि परको वनको प्रकृतिमा रम्न पाउँदा सबैमा आनन्द आउँछ । नेपालको पूर्वको र पश्चिमको सिमाना प्रकृतिले घेरिएको छ । हिमालमा झरेका नदीलाई हेर्दा कसको मन रमाउँदैन र ? त्यसैले पनि कविहरुले प्रकृतिको गुणगान गरेका छन् । मनमा आनन्द र हृदयमा शान्त भाव उमार्न सक्ने क्षमता प्रकृतिमा छ । प्रकृतिद्धारा रचित यो धर्तीमा जन्मदेखि यसबाट धेरै पाठ सिक्ने गर्छ ।

You may also like to read:

Luna GPS - GPS Tracking system in Nepal
Learn Flutter, App Templates, Packages
Join with us on social media to see our updates on your feed.