आलु (Aalu) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

भैरव अर्याल (रत्नश्रीबाट)

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल

आलु - भैरव अर्याल

आलु:

नेपाली हास्य व्यंग्य विधामा शसक्त रुपमा देखा परेका भैरब अर्याल हास्य व्यंग्य साहित्यका सम्राट हुन् l पाठकलाई काउकुती लगाई सम्बन्धतित पक्षलाई तिखो व्यंग्य प्रहार गर्ने निवन्धकार भैरव अर्यालका निवन्धमा बेथिति र विशंगतिको प्रस्तुत गरिएको हुन्छ l सामाजिक, आर्थिक, राजनैतिक, प्रसासनिक, शैक्षित र धार्मिक क्षेत्रकl असंगत र विकृतिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गर्ने भैरव अर्यालका निवन्धमा हास्य र व्यंग्यलाइ कलात्मक संयोजन गरिएको पाइन्छ l नेपाली जनजिब्रोमा पचेका अंग्रेजी शब्द र नेपाली भाषाका प्रचलीत उखान टुक्काको प्रयोगले उनको निवान्धलाई गरिमामय बनाएको पाइन्छ l

मानवीय जीवनका कमि कमजोरी र विकृतिलाई देखाउंदै त्यसप्रति व्यंग्य प्रहार गर्ने उदेश्यले रचना गरिएको हास्य व्यंग्य निबन्ध हो ‘आलु’ l आलुलाई प्रतिक बनाइ मानवीय चरित्रको विस्लेषण गरिएको यस निबन्धमा आलुको नामकरण र गुणलाई तर्कयुक्त ढंगले हास्य शैलीमा व्यक्त गरिएको छ l आलुको सन्दर्भबाट नेपाली बुद्धिजीवीहरु प्रति गरिएको व्यंग्य नै यस निवन्धको मूल आशय हो l आलुलाई गोलभेंडा र पिडालुसंग तुलना गर्दै आलुको प्रशिद्धिलाइ व्यक्त गरिएको यस निवन्धमा आलुलाई पोलेर, पकाएर,उसिनेर, साँधेर, तारेर खान सकिए जस्तै नेपाली परिवेसका पढेलेखेका जमात आफ्नो फाइदाका लागि देखावटी बहु चरित्रमा प्रस्तुत हुनेतर्फ व्यंग्य गरिएको छ l आलुमा सबै तरकारीसंग मिल्ने गुण रहेपनि आलुमा आलु नै मिल्दैन भनि मान्छे मान्छेसंगै मिल्न नसक्ने मानवीय चरित्रप्रति निवन्धमा व्यंग्य प्रहार गरिएको छ l तछाई, फलाई, कटाइ आधारमा आलुका रुप फरक फरक देखिए जस्तै मानवीय सोचकै कारणले समाजमा जाति भेद, वर्ग भेद सृजना भएको यथार्थता पनि निवान्धले प्रकट गरेको छ l तालुमा आलु फल्नु र आलु खानु जस्ता लोक प्रिय नेपाली टुक्काको सन्दर्भ बाट मान्छेमा हुने सोच र चरित्रलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ l असफलता, नकारात्मकता र शक्तिहिन्तlको अर्थमा आलु खानेको उक्तिलाई अर्थयाइएको छ भने सामर्थ्य सक्षमता, सफलता, उच्चता आदि बुझाउन तालुमा आलु फाल्ने टुक्काको प्रयोग गरिएको छ l यसरि आलुलाई सौभाग्य र दुर्भाग्यको प्रतिक बनाइ आलु खाइरहेको व्यक्तिले पनि आलु खाएको स्वीकार्न नसक्ने वर्तमान सामाजिक आवस्थालाई पनि यहाँ प्रस्तुत गरिएको छ l

आलु निबन्धमा आलुको सन्दर्भलाई अघि सारी लेखकले जाने बुझेका र पढेलेखेका व्यक्ति भित्र भएका लोभी र स्वार्थी चरित्रलाई व्यंग्य गरेका छन् l हरेक थरिसंग मिल्न सक्ने आलुको गुणलाई आजको मानिसले लिनु तर आलु अरुसंग मिसिंदा अस्तित्वहीन भए जस्तै आफ्नो परिचय र पहिचानलाई कसैले गुमाउन नहुने कुरालाई निवन्धमा संदेसको रुपमा प्रस्तुत गरिएको छ l आलुको नालीबेली केलाई मानव भित्रका बिशंगति र विकृतिलाई प्रकट गर्ने उदेस्यले लेखिएको यस निवन्धमा रोग भोक र शोकले आजका मानिस शक्तिहीन भएको तथ्यलाई प्रस्तुत गरिएको छ l शक्ति, सामर्थ्य र प्रभुत्वले आजका मानिस आलु झैं निरीह बनेको कारणले आजको मान्छेलाई आलु मान्छेका रुपमा चिनाएका छन् l आलु खाँदा पेडाको धाक लगाउने सन्दर्भबाट आज समाजमा आडम्बरी, देखावटी र फुर्ति लगाउने प्रबृत्तिलाइ आलुबादसंग तुलना गरी यथार्थ पक्षलाई प्रकट गरिएको छ l यथार्थलाई नछोपी, नढाकिकन प्रस्तुत गर्न सक्ने मानवीय सोचको आवस्यकतालाई प्रस्तुत गर्न निवन्ध रचना गरिएको बुझिन्छ l

निबन्धकर परिचय:

भैरव अर्याल (वि. सं। १९९३-२०३३ ) नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटका सशक्त प्रतिभा हुन् । उनका काउकुती , जयभुँडी , गलबन्दी , इतिश्री , दश औतार आदि हास्यव्यङ्ग्य निबन्धका सङ्ग्रहहरु छापिएका छन् । देशका सामाजिक , आर्थिक , धार्मिक , सांस् कृतिक, राजनीतिक आदि विभिन्न छेत्रमा व्याप्त बिसङ्गतिप्रति व्यङ्ग्य गर्नु उनको मुख्य विशेष्ता हो । मानवीय स्भावमा रहने कमीकमजोरीप्रति पनि आलोचना तथा व्यङ्ग्य गर्नु उनका निबन्धको उद्देश्य रहेको छ । उनि पाठकलाई हँसयेरा व्यङ्ग्यको तितोपानालाई ग्रहणयोग्य बनाउन समर्थ छन् । उनका टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर व्यङ्ग्यका लागि आवश्यक पाइनदार भाषाको प्रयोग गर्न पनि उनी खप्पिस छिन् ।

प्रश्नोत्तर:

पठन बोध:

१.तलको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

क) आलुलाई किन मिलनसार भनिएको हो ?
उत्तर: आलु जेसँग जसरी मिलाएर पनि ठ्याम्मै मिलिहाल्ने हुँदा आलुलाई मिलनसार भनिएको हो ।

ख ) आलुको सम्मान किन छ ?
उत्तर: धनी, गरीब, मागी, मगन्ते, विद्धान, लम्फू, बुद्धिमान लट्ठू सारामा आलुको समान छ ।

ग ) आलुको मूल सिद्दान्तलाई किन आलुवाद भनिएको हो ?
उत्तर: समाजवाद, समन्वयवाद, साम्यवाद आदि जे नाम दिए पनि आलुको मुल सिद्धान्त आलुवाद हो ।

घ) आलुवाद्को विशेषता के हो ?
उत्तर: जतिसुकै समानताको आदर्श राखे पनि आफू आफूमा मेल नगर्नु आलुवादको विशेषता हो ।

ङ) यस निबन्धांशमा प्रस्तुत भएको व्यङ्ग्य कस्प्रती लक्षित छ ?
उत्तर: आलु निबन्धांशमा प्रस्तुत भएको व्यङ्ग्य समाजवाद, समन्वयवाद, साम्यवाद प्रति लक्षित छ ।

२) यस निबन्धमा आलुका मध्यमबाट कतिपय मान्छेका कमजोरीमाथि व्यङ्ग्य गरिएको छ । तलको आरेख पढ्नुहोस् र आजको मान्छेका विशेषता लेख्नुहोस् :

nepali 1

उत्तर: भैरव अर्यालको जन्म बि.सं. १९९४ असोज २५ गते कुपन्डोल, ललितपुरमा भएको हो भन्ने गरिन्छ । तर यिनको जन्म आरुवारी, गोकर्णमा भएको हो । यिनले एम्.ए. र पत्रकारितामा डिप्लोमा गरेका थिए । यिनले विभिन्न संघसंस्थामा बसेर नेपाली भाषा तथा साहित्यको सेवा पनि गरेका थिए । यिनका निबन्ध, कविता, काव्य, समीक्षा तथा सम्पादित पुस्तकहरु प्रकाशित छन् यिनले राष्ट्रियदेखि अन्तराष्ट्रिय क्षेत्रका विविध विषय टिपेर निबन्ध लेखेका छन् । यिनले प्रभावपूर्ण ढङ्गमा शिष्ट र शलिन ढङ्गले व्यङ्ग्यको परम्परा बसालेका छन् । खप्पिस व्यङ्ग्यकार भैरव अर्यालको ‘आलु’ सिङ्गो रुपमा समाजमा बेथिति र विकृतितर्फ तीब्र व्यङ्ग्य हानिएको हाँस्यव्यङ्ग्य निबन्ध हो ।

आलुको जसरी सिद्धान्त छैन त्यसरी नै आजका मान्छेमा पनि कुनै सिद्धान्त छैन । ऊ आफ्नो अडानमा रहन सक्दैन । यस्ता आजका सिद्धान्तहीन आफ्नोपन तथा मौलिक पहिचान गुमाएको आजको मान्छे जता पनि सजिलै ढल्किन्छ । आलु जस्तो सस्तो कुरा खाएर पेडा जस्तो महंगो कुरा खाएको धाक लगाउँद हिँड्नु, बम पड्काएर शान्तिको गीत गाउनु, आजका मानिसहरुको विशेषता हो । भित्र खोक्रो भएपनि बाहिर रवाफ लगाउँदै हिड्नु आजका मानिसको विशेषता हो । यस्ता मानिसले आफूले खर्च गर्नुपरे निधारमा गाँठो पार्छन् भने सित्तैमा पाए खुसी भई अस्वस्थ्य हुने गरी खाने गर्छन् । आफैँले मेहिनेत गर्नुभन्दा संयोग वा भाग्यको भरमा पर्नु र आलु खानु अथवा असफल हुनुमा नै आजका मानिसको सन्तुष्टि देखिन्छ ।

अभ्यास:

१. तलको प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् :

क) ' आलु ' निबन्धमा आलुको नामकरणका बारेमा केकस्ता सम्भावनाहरु देखाइएको छन् ?
उत्तर: आलु खप्पिस व्यङ्ग्यकार भैरव अर्यालको सिङ्गो रुपमा समाजमा बेथिति र विृतितर्फ तीब्र व्यङ्ग्य हानिएको हास्यव्यङ्ग्य निबन्ध हो । यस निबन्धमा आलुको नामाकरण कसरी भयो, त्यो भाषाशास्त्री जान्लान् भन्दै आलीमा उम्रेको पहिलोपटक आले थरका मानिसले खाएको, अनिकालका बेला आ लेन त्यही गाँठा खाऊँ भनेर तथा खाँदा मिठो भएकोले प्रेमपूर्वक आलु भनिएको हुनसक्ने तर्क आलुको नामाकरणका बारेमा अर्यालले दिएका छन् ।

ख) 'आलु ' निबन्धअनुसार आलुका स्वभावगत विशेषता के के हुन् ?
उत्तर: आलु भैरव अर्यालद्धारा लेखिएको व्यङ्ग्यात्मक निबन्ध हो । आलु गान्टोमा गान्टेमुलादेखि लग्लोमा लौकासम्म, चुच्चेमा चुच्चे करेला देखि बुच्चाँमा परबलसम्म खाँदिएकोमा गुन्द्रुकदेखि बाँधिएको कुरिलोसम्म मिल्दछ । अर्थात् अहिलेका धनी, गरीब, माग्ने, विद्धान, आफू बुद्धिमान लठ्ठु जसका भान्सामा पनि मिल्ने आलुका विशेषता हुन् ।

ग) आलु सौभ्याग्यको प्रतिक हो कि दुर्भ्याग्यको गालि हो ? आफ्ना तर्कहरु दिएर लेख्नुहोस् ।
उत्तर: आलु जोसँग र जेसँग पनि ठ्याम्मै मिल्ने धनीदेखि गरीब सबैको भान्सामा समान सम्मान हुन्छ । आलुको सौभाग्य वा दुर्भाग्य दुवैको समान रुपले प्रतिक या गालीमा प्रयोग हुन्छ । कसैको तालुमा आलु फल्यो भन्दा सित्तैमा केही उपलब्धी बुझिन्छ । त्यस्तै कसैलाई कस्तो आलु रहेछ भन्यो भने केही नजान्ने लद्दु रहेछ भनिन्छ । परीक्षामा असफल हुनेलाई उसले त आलु खाएछ भन्दा पल्टुङबाजी खाएको ठहरिन्छ । यकेही नहुँदा भान्सामा आलु भयो भने पनि यसबाट निकै लाभ लिन सकिन्छ ।

घ) किन आज को मान्छे आलुसँग तुलनायोग्य छ ?
उत्तर: आलु भैरव अर्यालद्धारा लेखिएको व्यङ्ग्यात्मक निबन्ध हो । आफ्नै अडान र जसरी सिद्धान्त छैन आलुको त्यसरी नै आजका मान्छेमा पनि कुनै अडान र सिद्धान्त छैन । उही मान्छे कहिले प्रजातन्त्रवादी, कहिले समन्ववादी त कहिले साम्यवादी भएर जोसँग पनि मिल्न जान्छ । उसको यही सिद्धान्तहिन मिलनसारितालाई कटाक्ष व्यङ्ग्य हानिएको यो निबन्ध आजका मान्छेसँग तुलनीय देखिन्छ ।

ङ) आलुका कुन कुन स्वभावलाई मान्छेले ग्रहण गरेको छ ?
उत्तर: आलु जोसँग र जेसँग पनि मिलनसारी स्वभाव ठ्याक्कै विरोधीसँग पनि मेल खाने प्रवृत्तिलाई मानिसले ग्रहण गरेको छ । मान्छे साम्यवादी होस् वा प्रजातन्त्रवादी वा भनौँ समन्वयवादी, जोसँग पनि मिल्न सक्ने मानवीय दुष्प्रवृत्तिलाई निसाना लगाइएको यस निबन्धमा हाँस्यभन्दा व्यङ्ग्यको तीब्रता पाइन्छ । आलुको बखान गरी आजका सिद्धान्तहीन सिद्धान्तवादी प्रति धारिलो व्यङ्य हानिरहेको यस निबन्धमा आलुको सर्वगुण ग्रहण गरेको देखिन्छ ।

च) यस निबन्धका आधारमा आलुवादको व्याख्या कसरि गर्न सकिन्छ ?
उत्तर: प्रसिद्ध हाँस्यव्यङ्ग्यकार भैरव अर्याल लिखित आलु निबन्ध गलबन्दी निबन्ध संग्रहमा सङ्कलित तीब्र व्यङ्ग्य प्रहार गरिएको उत्कृष्ट निबन्ध हो । यस निबन्धमा आलु जस्तो सामानय विषयलार्य लिएर समाजका बेथिति र विकृतिप्रति तीब्र व्यङ्ग्य हानिएको छ । यस निबन्धमा नामाकरण, आलुको विशेषता र आलु खाएर पेडाको धाक लगाउन कुण्ठित चालवादी यावत् पक्षमाथि धारिलो व्यङ्ग्य हानिएको छ । आलुकै सन्दर्भमा अपुताली पाउनेलाई तालुमा आलु फलेको र परीक्षामा असफल हुने र परमधाम जानेलाई शिव ! शिव ! भन्नुको पनि यो आलुको गरिएको छ ।

४) नेपालका बुद्धिजिविका बारेमा भैरव अर्यालले प्रस्तुत गरेका विचारप्रति आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
उत्तर: भैरव अर्यालको जन्म वि.सं. १९९४ असोज २५ गते कुपण्डोल, ललितपुरमा भएको हो भन्ने गरिन्छ तर यिनको जन्म आरुबारी, गोकर्णमा भएको हो । यिनले एम्.ए. र पत्रकारितामा डिप्लोमा गरेका थिए । यिनले विभिन्न संघसंस्थामा बसेर नेपाली भाषा तथा साहित्यको सेवा पनि गरेका थिए । यिनका निबन्ध, कविता, काव्य, समीक्षा तथा सम्पादित पुस्तकहरु प्रकाशित छन् यिनले राष्ट्रियदेखि अन्तराष्ट्रिय क्षेत्रका विविध विषय टिपेर निबन्ध लेखेका छन् । यिनले प्रभावपूर्ण ढङ्गमा शिष्ट र शलिन ढङ्गले व्यङ्ग्यको परम्परा बसालेका छन् । खप्पिस व्यङ्ग्यकार भैरव अर्यालको ‘आलु’ सिङ्गो रुपमा समाजमा बेथिति र विकृतितर्फ तीब्र व्यङ्ग्य हानिएको हाँस्यव्यङ्ग्य निबन्ध हो ।

भैरव अर्याल बहुचर्चित हाँस्यव्यङ्ग्य निबन्धकार हुन् । यिनका काउकुती, जयभुँडी, गलबन्दी ‘इतिश्री’, टेडो ऐना आदि निबन्धका संगालाहरु हुन् । नेपाली निबन्धका फाँटमा यिनलाई अद्धितीय हाँस्यव्यङग्य निबन्धकार मानिन्छ । यिनका प्रत्येक निबन्धले हाँस्यव्यङ्ग्यका क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेका छन् । यिनको हाँस्यले मनलार्य प्रफुल्लता दिन्छ भन्ने व्यङ्ग्यको मनमस्तिष्कलाई हल्लाउँछ । यिनका प्रारम्भिक चरणका निबन्धमा हाँस्यको प्रधानता र पछिल्ला चरणमा व्यङ्ग्यको बहुलता भएका निबन्धका स्रष्टा मानिन्छन् । यिन हाँस्यप्रधान भन्नुभन्दा व्यङ्ग्यप्रधान निबनधकार भनिन्छ । यिनले प्रभावपूर्ण ढङ्गमा शिष्ट र शालीन ढङ्गले व्यङ्ग्यको परम्परा बसालेका छन् । यिनले राष्ट्रियदेखि अन्तराष्ट्रिय क्षेत्रमा विविध विषय टिपेर निबन्ध लेखेका छन् । यिनको भाषा सरल, सरस, प्रवाहमय र ओजपूर्ण छ । यिनले शब्द चमत्कार र नयाँ शब्द निर्माण गर्न पछि परेका छैनन् । यिनले उखान, टुक्का थेगो आदिको कलात्मक प्रयोग गर्दछन् । यिनी नेपालीका अतुलनीय हाँस्यव्यङ्ग्य निबन्धकार हुन् ।

व्याकरण:

क) पदसङ्गति: पदसङ्गति भनेको पदहरुको बीचको उचित किसिमको मेल हो । यसलाई अन्वय वा क्षमता पनि भनिन्छ । वाक्यमा प्रयोग भएका पदहरुको कर्ता र क्रिया, नाम र सर्वनाम, विशेषण र विशेष्य, नाम र कोटिकर तथा सजीव र निर्जीवका लिङ्ग, वचन, पुरुष र आदरको उचित तालमेल मिलाएर लेख्नु नै पदसङ्गति हो ।

अ) लिङ्ग : पुलिङ्ग र स्त्रीलिङ्ग:  स्त्री वा पुरुष, भाले वा पोथी, बुझाउने शब्दलार्य लिङ्ग भनिन्छ । वाक्यमा लिङ्गको सङ्गति मिलाएर लेख्नु पर्दछ । लिङ्गको सङ्गति मिलाउने व्यवस्थालाई लिङ्ग सङ्गिति भनिन्छ । वाक्यमा लिङ्ग मिलाउँदा नाम, सर्वनाम र विशेषणका ख्याल गर्नुपर्दछ ।

 

नाम: नामको पुलिङ्ग र स्त्रीलिङ्ग हुन्छ । यसरी नामका आधारमा सङ्गति मिलाउँदा नाम पुलिङ्ग भए पुलिङ्गी क्रिया र स्त्रीलिङ्गमा भए स्त्रीलिङ्ग क्रिया चयन गरिन्छ, जस्तै :

पुलिङ्ग स्त्रीलिङ्ग
राम आयो । सीता आई ।
अञ्जनले खायो । अञ्जनाले खाई ।
मामा आउनुभयो । आमा आउनुभयो ।
दाइले पिट्नुभयो । दिदीले पिट्नुभयो ।

 

सर्वनाम: नामको सट्टामा आउने पदलाई सर्वनाम भनिन्छ । कतिपय सर्वनाम उभयलिङ्गी भए पनि क्रियाको आधारमा लिङ्ग छुट्टिन्छ । यसर्थ सर्वनाममा पनि सङ्गति मिलाउनु पर्दछ, जस्तै :

  • तँ जान्छस् । तँ जान्छेस् ।
  • ऊ सुत्छ । ऊ सुत्छे ।
  • उसले काम बिगा¥यो । उसले काम बिगारी ।
  • को कराउँछ ? को कराउँछे ।

 

विशेषण: नाम र सर्वनामको विशेषता जनाउने शब्दलाई विशेषण भन्दछन् । लिङ्गका आधारमा विशेषण छुट्टिन्छ ।

  • कालो केटो । काली केटी ।
  • डल्ले मान्छे । डल्ली आइमाई ।
  • बूढा बा । बूढी आमा ।

आ) वचन : एक वचन र बहुवचन: नाम, सर्वनाम र विशेषणको एक र अनेक संख्या छुट्याउने शब्दलाई वचन भनिन्छ । एकवचन र बहुवचन गरी वचन दुई प्रकारका छन् ।

एक वचन: एउटा मात्र संख्या बुझाउने बचनलाई एक वचन भनिन्छ । नाम, सर्वनाम, विशेषण र क्रिया (वाच्यसहित) मा यो सङ्गति मिलाएर लेख्नुपर्दछ, जस्तै :

 

नाम

  • राम खेल्छ । हरि डुल्यो ।
  • परेवा उड्यो । सीता आई ।
  • भाइ लड्यो । कलम हरायो ।

 

सर्वनाम

  • म आउँछु । तँ घर जा \ गएस् ।
  • ऊ त्यहाँ जान्छ ।

 

विशेषण:

  • कालो घोडा । सेती गाई ।
  • दुब्लो मान्छे । बूढी आइमाई ।

 

बहुवचन: नाम, सर्वनाम, विशेषण र क्रियाको अनेक सङ्ख्या बुझाउने शब्दलाई बहुवचन भनिन्छ । वाक्यमा नामिक पद बहुवचनमा भए क्रियापद पनि बहुवचनमा मिलाएर लेख्ने व्यवस्था व्याकरणले गरेको छ । एक बचनबाट बहुवचन बनाउँदा नामिक पदमा ‘हरु’ थपिन्छ, जस्तै :

 

नाम

  • रामहरु खेल्छन् । हरिहरु डुले ।
  • परेवाहरु उडे । सीताहरु आए ।
  • भाइहरु लडे । कलमहरु हराए ।

 

सर्वनाम

  • हामीहरु आउँछौँ ।
  • तिमीहरु घर जान्छौँ ।
  • तिनीहरु त्यहाँ जाऊन् ।

 

विशेषण

  • काला घोडाहरु । सेती गाईहरु ।
  • दुब्ला मान्छेहरु । बूढी आईमाईहरु ।

(इ) पुरुष : प्रथम, द्धितीय र तृतीय: वक्ता, श्रोता र कुरा गर्दाको विषयलाई पुरुष भनिन्छ । वाक्यमा पुरुषका बचि तालमेल मिलाउनलार्य पुरुषको सङ्गति भनिन्छ, जस्तैः

प्रथम पुरुष: वक्ता वा प्रथम पुरुष एक वचनमा भए क्रियापद पनि एक वचनमा हुनुपर्छ । वक्ता बहुवचनमा भए क्रियापद पनि बहुवचनमा हुनुपर्दछ, जस्तै :

  • म घर जान्छु । हामी घर जान्छौँ ।
  • म अहिले काठमाण्डुमा बस्छु हामी अहिले काठमाण्डुमा बस्छौँ ।

द्धितीय पुरुष: श्रोता वा द्धितीय पुरुष एक वचनमा भए क्रियापद एकवचनमा र श्रोता बहुवचनमा भए क्रियापद पनि बहुवचनमा हुन्छ । यसरी श्रोताको वचनअनुसार क्रियापद मिलाउनुलाई द्धितीय पुरुषको सङ्गति भनिन्छ, जस्तै :

  • तँ अहिले नकराई बस् । तिमीहरु अहिले नकराई बस त ।
  • तेरो काम कहिले सकिन्छ ? तिमीहरुको काम कहिले सकिन्छ ?

तृतीय पुरुष: कुरा गर्दा विषय बनेको अन्य पुरुषलाई तृतीय पुरुष भनिन्छ । तृतीय पुरुषमा अन्य र क्रियाको सङ्गति मिलाउनु पर्दछ, जस्तै :

  • यो किताब हो । यी किताबहरु हुन् ।
  • त्यो भर्खर आयो । ती भर्खर आए ।

(ई) आदरार्थी : अनादर र आदर: आदरको भाव बुझाउने क्रियाको रुपलाई आदरार्थी भनिन्छ । नेपालीमा आदरार्थीका चार तह छन्ः अनादर (तँ, ऊ, त्यो), सामान्य आदर (तिमी, उनी, तिनी), उच्च आदर (तपाईँ, उहाा, यहाँ) र उच्चतम्/अत्युच्च आदर (हजुर, मौसुफ) । आदरका तहअनुसार क्रियापद मिलाउनु आदरार्थीको सङ्गति हो । जस्तै :

अनादर:

  • तँ गइस्/जान्छस्/जान्छेस् ।
  • ऊ गयो/गई/गएछ ।

सामान्य आदर:

  • तिमी गयौ/जान्छौ/जान्छ्यौ ।
  • उनी गए/गइन्/गएछन्/गइन्छन् ।

उच्च आदर:

  • तपाई जानुभयो/तपार्इँहरुले खेल्नुभयो ।
  • उहाँ आउनुभयो /उहाँले ठूलो कल्याण गर्नुभयो ।

उच्चतम/अत्युच्च आदर:

  • हजुर आइबक्सियोस् ।
  • हजुर राजहोस् ।

१. तल दिइएका नमिलेका सङ्गति मिलाई तिनको पुनर्लेखन गर्नुहोस् ।

क) गोरी साह्रै फुर्तिलो छ ।
उत्तर: गोरी साह्रै फुर्तिली छे ।

ख) शङ्कर गरीब केटो हुन् ।
उत्तर: शङ्कर गरीब केटो हो ।

ग) हामीसँग प्रशस्त खाने कुराहरु छ ।
उत्तर: हामीसँग प्रशस्त खाने कुराहरु छन् ।

घ) आज हाम्रो दाजु आउनु भएको छ ।
उत्तर: आज हाम्रा दाजु आउनु भएको छ ।

ङ) हामीले त भनेको छु ।
उत्तर: हामीले त भनेका छौँ ।

च) हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले थुप्रै कविता लेखेको छ ।
उत्तर: हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले थुप्रै कविता लेखेका छन् ।

छ) भूपी शेरचनले 'मेरो देश' कविता लेखेको हुन् । उनलाई व्यङ्ग्य कविका रुपमा पनि चिनिन्छ ।
उत्तर: भूपी शेरचनले मेरो देश कविता लेखेका हुन् । उनलाई व्यङ्ग्य कविका रुपमा पनि चिनिन्छ ।

ज) रामको साथीहरु रामलाई भेट्न आएका छन् 
उत्तर :रामका साथीहरु उसलाई भेट्न आएका छन् ।

झ) आजको पत्रिकामा उच्च माध्यमिक शिक्षा परिषद्को सूचना प्रकाशित भएका छन् ।
उत्तर: आजको पत्रिकामा उच्च माध्यमिक शिक्षा परिषद्को सूचना प्रकाशित भएको छ ।

ञ) मेरो साथी घुन्द्रुक गएको छ । ऊ एक हप्ता बसेर आउँछन् ।
उत्तर: मेरो साथी घुन्द्रुक गएको छ । ऊ एक हप्ता बसेर आउँछ ।

ट) छुट्टि कहिले हुन्छन् हँ ?
उत्तर: छुट्टि कहिले हुन्छ हँ ?

ठ) आउने साता हामी बनभोज जालान् ।
उत्तर : आउने साता हामी बनभोज जाऔँला ।

२. तलका कर्म र भाववाच्यका वाक्यलार्य सङ्गति मिलाएर पुनर्लेखन गर्नुहोस् ।

क) पुरस्कार पाइए ।
उत्तर: पुरस्कार पाइयो ।

ख) आफू त मस्त निदाइएछ।
उत्तर: आफू त मस्त निदाइएछ । निदाइयो ।

ग) घरहरु बेचियो ।
उत्तर: घरहरु बेचिए ।

घ) घुम्न गइए ।
उत्तर: घुम्न गइयो ।

ङ) हराएको सामान भेटिए ।
उत्तर: हराएको सामान भेटियो ।

च) पुस्तकालयमा राम्रा किताबहरु राखिएको छ।
उत्तर: पुस्तकालयमा राम्रा किताबहरु राखिएका छन् ।

छ) आज पारिश्रमिक पाइन्छन् ।
उत्तर : आज पारिश्रमिक पाइन्छ ।

ज) राम्रो मिहिनेत गरिएको छन् ।
उत्तर :राम्रो मिहिनेत गरिएको छ ।

झ) विदेश जाने विद्यार्थीहरु ठगिएको छ ।
उत्तर : विदेश जाने विद्यार्थीहरु ठगिएका छन् ।

ञ)राम्ररी निहँडे लडिन्छन् ।
उत्तर : राम्ररी निहँडे लडिन्छ ।

You may also like to read:

Join with us on social media to see our updates on your feed.
facebook logo twitter logo