‘एक चिहान’ उपन्यास अन्तर्जातीय विवाहको महत्त्व प्रस्तुत गरेको छ । प्रतिक्रिया दिनुहोस् ।

Download our Android App from Google Play Store and start reading Reference Notes Offline.

Hilly area of NepalLong Question | For: Nepali Students
Long Question with Answer from “Ek Chihan” Nepali Novel
Science Class 12 | Management, Humanities, Education Class 11

‘एक चिहान’ (Ek Chihan) उपन्यास अन्तर्जातीय विवाहको महत्त्व प्रस्तुत गरेको छ । प्रतिक्रिया दिनुहोस् ।
‘एक चिहान’ उपन्यासकार हृदयचन्द्रसिंह प्रधानको एक चर्चित उपन्यास हो । यस उपन्यासले किसानका समस्याहरुको उद्घाटन गर्नुका साथै अन्तर्जातीय विवाहको महत्त्वोमाथि प्रकाश पार्ने कामसमेत गरेको छ ।

हाम्रो समाजमा जातिपाति व्यवस्थाले जरो गाडेको छ । यँहाका मानिसहरु क्षेत्रियता र जातियताको सङ्कुचित घेराबाट मुक्त हुन सकेको छैन । यस सङ्कुचित घेरालाई तोड्ने काम प्रस्तुत उपन्यासले गरेको छ । यस उपन्यासका प्रमुख चरित्रहरु यस्ता नराम्रा सामाजिक संस्कार र परम्पराका विरोधीका रुपमा उभिएका छन् । त्यसैले शिवनाराले आफ्नो भाइ हर्षनारालाइ महिला तामाणङकि छोरिसित विवाह गराइदिएको छ । भने बहिनि नानिथुकुको तराईवासी केटो रामखेलावन राउतसँग विवाह गराएर अन्तर्जातीय वैवाहिक सम्बन्ध कायम गराएको छ ।

समाजमा पहाडे, मधेसे, नेवारे, तामाङ, बाहुन आदि भनेर बेमेल ल्याउने परम्परा देखिन्छ । यसले समाजमा सन्तुलन, अनुशासन ल्याउनुको सट्टा अशान्ति वैमनष्य ल्याउने गर्दछ । यस्ता नराम्रा कुरालाई हटाउन समाजमा बस्ने मानिसले फराकिलो हृदय वनाउन सक्नु पर्दछ । यही फराकिलोपनलाई यस उपन्यासका पात्रले अंगालेका छन् । यसले गर्दा अन्तर्जातीय विवाह गरेर भए पनि समाजमा आउँ सक्ने विखण्डनलाई बचाएको छ ।

समाजमा सुव्यवस्था र मेलमिलाप वातावरण ल्याउन अन्तर्जातीय विवाहले ठुलो भूमिका खेलेको हुन्छ भन्ने कुरालाई ‘एक चिहान’ उपन्यासको सफलताका साथ देखेको छ ।

Posted By : MeroSpark | Comment RSS | Category : Class XI, Class XII, HSEB Notes, Nepali Medium Notes
Tag : , , ,

2 Comments

  1. angel
    Posted April 14, 2016 at 7:29 pm

    bahula kaji KO sapana?

  2. roshan
    Posted August 25, 2016 at 9:18 am

    kasari download garnu ..ek chihan…??
    app ta already install xa …

Post a Comment

Your email is never published nor shared. Required fields are marked *

*
*