Harjit Story – “हारजित” कथाको मुख्य आसय के हो ? | Nepali Notes

Download our Android App from Google Play Store and start reading Reference Notes Offline.

Nepal Tarai AreaNepali Notes
“हारजित” कथाको मुख्य आसय के हो ? – Short Answer Question
For: Management XI and Science XII

भवानी भीक्षु आधुनिक नेपाली कथा साहित्यका एक प्रतिभाशालि कथाकार हुन्। कथा, कविता र उपन्यास जस्ता विधामा प्रतिभाको परिचय दिन सफल भीक्षुका गुनकेसरी, मैयासहेब, आबर्त, अवान्तर कथासंग्रह प्रकाशित भएका देखिन्छन्। मनोबैज्ञानिक कथाकार भीक्षुका ज्यादै चर्चित र लोकप्रिय कथामध्ये “हारजित” पनि एक हो। प्रस्तुत कथामा तराइमा पर्ने तौलिहवा क्षेत्रको सामाजिक प्रतिष्ठामा प्रतिस्पर्ध गर्ने कट्टर ब्यक्तिको मनोबज्ञानिक ढंगले हारजितको प्रश्नलाई बिबेचानात्मकरुपमा प्रस्तुत गरिएको छ।

घुरहू महतो र मनोहर महतो यस कथाका मुख्य चरित्र हुन्। उनीहरुको चरित्रलाई देखाउन अलगुवाकी बुहारी सोनवालाई केन्द्रबिन्दु बनाईएको छ। निम्नवर्गीय जीवन बिताइरहेकी अलगुवाकी बुहारी सोनवा लोग्नेको पिटाइबाट गाउको धनि-मनि मनोहर महोतोक घरमा शरण लिन बाध्य हुन्छे। बालि उठाउने बेलामा सित्तैमा काम गर्ने मानिस पाएकोले लोभले गर्दा समाजका प्रतिष्ठित र सामान्य गाउलेहरुले भन्दा पनि मनोहर सोनवालाइ उसको लोग्नेको घरमा पठाउन चाहादैन। समाजमा सोनावाको चरित्रमाथि शङ्खा गर्न थालिन्छ।

घुरहू महोतो गरिब छ तर पनि सामाजिक मर्यादा र प्रतिष्ठामा खलल आउन दिनु हुदैन भन्ने मान्यता राख्दछ। समाजमा आदर्श कायम गर्न नसके दुख पाइन्छ भन्ने उसको विश्वास छ। त्यसैले समाजको नैतिकता, मर्यादा जोगाउन र आदर्श कायम गर्न आफ्नी बिबाहित छोरि रतियालाई मनोहर्को घरमा सोनवाको सट्टा मजदुरी गर्न पठाएपछि घुरहू महतो सोनवालाइ छुटकारा दिलाउन सफल हुन्छ। मनोहर घुरहूकि छोरिलाइ मजदुरका रुपमा आफ्नो घरमा राख्न पाएकोमा आफ्नो जित सम्झिन्छ र सोनवालाइ पठाउनुपर्ने बाध्यतामा हारको अनुभब गर्दछ। घुरहू पनि सोनवालाइ फर्काएर समाजमा आदर्श कयेम गर्न सकेकोमा जित सम्झिन्छ भने आफ्नी छोरि रतियालाई दुलही अन्माएझै गरि पठाएकोमा हार भएको अनुभब गर्दछ।

यसप्रकार भीक्षुले प्रस्तुत कथामा हार र जितको प्रसंगलाई मार्मिक रुपमा प्रस्तुत गरेका छन्। यस कथामा एकातिर हार कायम गर्ने प्रयास भएको छ भने अर्कातिर जित अनुभब गराउने प्रयास पनि भएको छ। यिनै दुई पक्षलाइ मनोबज्ञानिक तरिकाले उद्घाटन गर्ने असाय वा उद्स्य कलाकारको रहेको बुझिन्छ।

Posted By : Hari Prasad Chaudhary | Comment RSS | Category : HSEB Notes, Nepali Medium Notes
Tag : ,

Post a Comment

Your email is never published nor shared. Required fields are marked *

*
*