हर्क बहादुर आम नेपाली जनताको प्रतिनिधि हो – Harka Bahadur | Nepali Long Question

Download our Android App from Google Play Store and start reading Reference Notes Offline.

Nepal - Hilly AreaNepali Notes
Long Question from Harka Bahadur
Subject: Nepali
For: Management, Education, Humanities (Class 11)
For: Science (Class 12)

“हर्क बहादुर आम नेपाली जनताको प्रतिनिधि हो” कविताकै आधारमा प्रतिकृया लेख्नु होस् ।
कवि दिनेश अधिकारीबाट लिखित ‘हर्क बहादुर’ समसामाहिक नेपाली चेतनाको अभिव्यक्ति गरिएको प्रसिद्द कविता हो । यस कवितामा गास, बास र कपासको समस्याले सताइएका आम नेपाली जनताको दुख, बेदना र आवश्यकताको अभिव्यक्ति दिइएको छ । अन्त ‘हर्क बहादुर’ आम नेपाली जनताको प्रतिनिधि हो भन्ने स्पष्ट हुन्छ ।

नेपाली श्रमजीवी वर्ग प्रतिनिधित्व गर्ने हर्क बहादुरकै जस्तो आम नेपालीहरुको जीवन अत्यन्त दुख र पीडाका साथ बितिरहेको छ । आम नेपाली हर्क बहादुरको जस्तै रातदिन परिश्रम गर्छन् तर दूई छाक टार्न उनीहरुलाई निकै गह्रो भएको छ । दाउरे, काले, चाउरेजस्ता हेपिएका नामहरुले सम्बोधित हर्क बहादुरको जीवन खेति, किसानी, ज्यालादारी मजदुरीमा बितिरहेको छ तर पनि नाङ्गो शरीरमा फाटेको लुगा लगाएको भरमा उनीहरुको दैनिकी चलेको छ । हर्क बहादुर जस्ता आम श्रमजीवीहरुको दुखका कारण यहाको राज्य व्यबस्था र यहाका धुर्त शासक नै हुन् । सोझो र निमुखा जनतालाई मिठा र गुलिया भाषण छाटेर नेत्रित्वमा पुगेका नेताहरुले हर्क बहादुर जस्ता जनताको श्रमको कदर गर्न कहिल्यै सकेनन् । फलतः श्रमजीवि जनताको अबस्था राजनीतिक परिबर्तन भए पनि यथावत् छ ।

वास्तबमा गरिबीमा र अभाबमा बाच्न बाध्य हर्क बहादुर जस्ता श्रमजीवी जनताको समय पसिना बगाउदैमा बितिरहेको छ । राज्यले उनीहरुका आवश्यकता पूरा गर्नेतर्फ ध्यान पुर्याएको छैन । यस्ता श्रमजीवी जनतालाई नारा, भाषण होइन भोको पेट, नाङ्गो आङ र घरबारबिहिन अवस्थाबाट मुक्त गर्ने योजनाका साथै कार्यान्यनको आवोश्कता छ । तर नेपाली शाशक र राजनीतिकर्मीहरुले यस्ता कुरामा पटक्कै ध्यान दिएको पाइन्न । प्रकृतिक विपत्ति, भोक, रोग, शोक, अपमान, जातीय तथा वर्गीय शोषण र भेदभावका अनेक सङ्कटहरुमा परेका नेपालीहरुलाई औषोधोउपचार, न्याय, सम्मान, सहयोगको एकातिर आवश्यक्ता छ भने अर्कातिर पेटको समस्याले बिदेसिन विवश श्रमजीवी नेपालीहरुलाई उचित श्रम गर्ने ठाउको आवश्यकता पनि छ । यस्ता कुरामा वर्तमान शाशक प्रणाली र शासकहरुको ध्यान नगएका कारण हर्क बहादुर जस्ता गरिब तथा निमुखा जनता दुख र कष्टका साथ जीवन बितिरहेका छन् ।

Posted By : MeroSpark | Comment RSS | Category : Class XI, Class XII, HSEB Notes, Nepali Medium Notes
Tag : ,

One Comment

  1. manisha pakhrin
    Posted January 17, 2015 at 4:18 pm

    thank u for these summary

Post a Comment

Your email is never published nor shared. Required fields are marked *

*
*