“छिमेकी” कथामा छिमेकी कस्तो हुनुपर्ने कुरामा जोड दिएको छ ? | Nepali Notes

Download our Android App from Google Play Store and start reading Reference Notes Offline.

Neplai VillageNepali Notes | Short Answer Question
“छिमेकी” कथामा छिमेकी कस्तो हुनुपर्ने कुरामा जोड दिएको छ ? लेख्नुहोस।
For: Management XI and Science XII

यस कथाका कथाकार गुरु प्रशाद मैनाली हुन्। उनको जन्म बि.स. १९५७ साल मा भएको थियो। उनि एक आधुनिक नेपाली कथाकार हुन्। उनको नासो कथा संङ्ग्रह प्रकाशित छ र यसमा एघार वटा कथाहरुलाइ संकलित छन्। नेपाली समाजमा घट्न सक्ने घटनाहरुलाई टिपी कथाको स्रिजना गर्ने र साथसाथै समाजलाइ आदर्शको बाटो देखाउने मैनालीको बिशेषता हो। उनका कथा संङ्ग्रहहरुमा सामाजिक यथार्थबादको प्रयोग पाइन्छ। उनले ‘छिमेकी’ कथामा येस्तै खालका नेपाली गाउले छिमेकीहरु बीचमा हुने खटपटको येथार्थ र मेलजोलको आदर्शलाई सहज ढंगमा प्रस्तुत गरिएको छ। उनले यस कथामा छिमेकीहरु भनेका ‘जेउदोको जन्ती मर्दको मलामी’ हुन्छन त्येसैले छरछिमेकहरु बीच राम्रो सम्बन्ध हुनुपर्छ भन्ने कुरामा जोड दिएका छन्।

गुमाने र धनजीते अतिनै मिल्ने साथी र छिमेकीका रुपमा चिनिन्थे। एक दिन धनजितेले रोपाइको लागि राखेको बिउमा गुमनामेको गोरु पसेपछि भएको खलबलले झगडाको उग्ररुप लियो। दुवै जना एक अर्कालाई मार्न तम्सिएका थिए। तर साझ झगडा शान्त भएपनि उनीहरुबीच दुइ महिना सम्म बोलचाल र हेराहेर बन्द भयो। अचानक गाउमा महामारी आयो। एक जना दुइ जना गर्दै सबैको ज्यान जान लग्यो। गाउनै अस्तब्यस्त हुन पुग्यो। तेसैक्रममा धनजितेलाइ भने आंठे रोगले समात्यो , त्येसको तिन दिनपछि त्येसकी श्रीमतीलाइ पनि त्येस रोगले समात्यो। घर अब्यबस्थित भयो, गाईबाख्रा मर्न थाले। सबै मानिस आफ्नै चिन्तामा भएकाले धनजितेको परिवारलाइ हेर्ने कोहि भएनन्। धनजितेको यस्तो दशा देख्न नसकेर ऊ आफै सेवा गर्न पुग्यो। ओढ्ने ओछ्योने फेर्ने, खाना खुवाउने आदि सबै काम गर्न थाल्यो। धनजितेलाइ जब अलि सन्चो हुन्छ तब ऊ गुमानेसित माफी बाहेक अरु केहि मग्न सक्दैन। पछि गएर ति दुवै फेरी असल छिमेकी बन्छन। तसर्थ छिमेकी जस्ता भएपनि आखिरमा ‘जिउदोको जन्ती, मर्दको मलामी’ हुन्। आपतविपतमा साथ चाहिने भएरनै छिमेकी खोज्नुपरेको हो।

मानिस भईसकेपछि गल्ति सबैबाट हुन्छ। येदी कसैले गल्ति गर्यो भन्दैमा ऊ संग लड्नु भन्दा कुरालाई मिलाउन सक्नु असल मानिस र छिमेकीको कर्तब्य हो। निकटमा बसोबास गर्ने हुनाले मिलेर बस्नु छिमेकीको कर्तब्य र संस्कार हो। कथामा पनि झगडाको कारणले धर्म छोड्न नहुने कुरामा जोड दिएको छ।

Posted By : MeroSpark | Comment RSS | Category : Class XI, HSEB Notes, Nepali Medium Notes
Tag : , , ,

One Comment

  1. Posted January 9, 2017 at 8:04 pm

    Not well enough to prepare but nice

Post a Comment

Your email is never published nor shared. Required fields are marked *

*
*