बोध खण्ड (Passage with Solution) – Nepali Notes

Download our Android App from Google Play Store and start reading Reference Notes Offline.

NepalNepali Notes
Passage with Solution (बोध खण्ड)
For: Management, Humanities, Education (Class 11)
For: Science (Class 12)

प्र.१ तलका अनुच्छेदहरु पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नु होस् ।
हाम्रो मुलुक आकारमा सानो भए पनि जैविक विविधतामा अत्यन्त धनि छ । फेरी पनि ‘ह्लासामा सुन छ कान मेरो बुच्चै’ भने झैँ जैविक विविधताकै कारण नेपाल उच्च हिमाली भेगमा पाइने अरबौ रुपियाका जडिबुटी झारपात झैँ त्यसै मिल्किएका छन् । कतिपय सन्दर्भमा बतोघतोको अभाव, बिकट भूबनोट तथा अव्यवस्थाका कारण त्यस्ता बहुमूल्य जडिबुटी त्यसै खेर जाने गरेका छन् । मध्य पश्चिमी नेपालको हिमाली भेकमा पाइने यस्ता जडिबुटी प्रचलित मूल्यमा सरकारी स्तरबाटै सङ्कलन गरि प्रशोधन वा निकासी गर्ने हो भने राजस्वोमा निकै बृध्दि हुने प्रस्टै छ । दार्चुला र बझाङ जिल्लामा मात्र सङ्कलन गरिने अनगिन्ति जडिबुटीमध्य एक यार्सागुम्बाको मात्र प्रचलित बजार मूल्य झन्डै सात करोड रुपिया हुदो रहेछ । यसै हिसाबले पनि बर्सेनि अरबौ रुपियाका जडिबुटी त्यसै खेर जाने गरेको सहजै अनुमान गर्न सकिन्छ ।

शक्तिवर्धक बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्न दार्चुला र बझाङको उत्तरी भेकका बासिन्दाहरु सातु सामल लिई चैतको अन्तिम सातातिर हिमाली भेकतर्फ लाग्ने गर्दछन् । वैशाकको तेस्रो सातादेखि यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समय हुने भए तापनि चैतको अन्तिम सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्नेहरु आ-आफ्नो क्षेत्रतर्फ गएर पाल टागेर बस्ने गर्दछन् ।

बर्सौदेखी हिमाली भेकका सौकाहरुले चौरीलाई दिलाउन यार्सागुम्बाको प्रयोग गर्ने गरेका भए पनि विगत पाच/छ बर्षदेखी मात्र मानिसहरुका लागि पनि यसको प्रयोग गर्न थालिएको हो । समुन्द्री सतहदेखि १४ हजार फिटभन्दा माथिको उचाइमा पाइने यार्सागुम्बा कसरि विकसित हुन्छ भन्ने कुरा थाहा पाउनु उपयुक्त हुन्छ ।

झुसिलकिराको शरीरमा आएको ढुसीमा विकसित एक वनस्पति यार्सागुम्बा हो । यार्सागुम्बा बिरुवा झुसिलकिराको शरीरमा नै ढुसीको रुपमा विकसित हुन्छ । यसले झुसिलकिराको शरीरको रस आहाराको रुपमा लिएर बढ्छ र बिस्तारै झुसिलकीरालाई नै सिध्याई उसैको आकार ग्रहण गर्छ । यसरी यार्सागुम्बालाई आधा समय ढुसी र आधा समय बनस्पतिको रुपमा पहिचान गर्ने गरिन्छ ।

प्रश्नहरु :

(क) के कारणले अमुल्य जदिबुतिहरु खेर जाने गरेको छन् ?
उत्तर : बतोघतोको अभाव, बिकट भूबनोट तथा अव्यवस्थाका कारणले अमुल्य जडिबुटी खेर जाने गरेका छन्।

(ख) यार्सागुम्बालाई व्यावसायिक बनाउन केके गर्नुपर्छ ?
उत्तर : यार्सागुम्बा व्यावसायिक बनाउन यार्सागुम्बा सङ्कलनसम्बन्धी तालिम, यातायात, सुभिधा, बजार व्यबस्थापन जस्ता कामहरु सम्बन्धित निकायले गर्नुपर्छ ।

(ग) यार्सागुम्बाको सङ्कलन कसरि गरिन्छ ?
उत्तर : गर्मी महिनामा सातु चामल लिई उच्च हिमाली भेगमा गएर दुख र कष्टका साथ यार्सागुम्बा सङ्कलन गरिन्छ ।

(घ) यार्सागुम्बा कसरी बन्छ ?
उत्तर : झुसिलकिराको शरीरमा आएको ढुसीमा बिकसित एक बनस्पतिबाट यार्सागुम्बा बन्छ ।

(ङ) “भूबनोट” र “बहुमुल्य जडिबुटी” को अर्थ लेख्नुहोस् |
उत्तर : भूबनोट = पृथ्बी वा धर्तिको बनोट । बहुमुल्य जडिबुटी = धेरै मूल्य पर्ने बनस्पति ।

Posted By : MeroSpark | Comment RSS | Category : Class XI, Class XII, HSEB Notes, Nepali Medium Notes
Tag : ,

Post a Comment

Your email is never published nor shared. Required fields are marked *

*
*