युवावर्ग र बैदेशिक रोजगारी (Youth And Foreign Employment) | Nepali Essay

Download our Android App from Google Play Store and start reading Reference Notes Offline.

BaglungNepali Essay (Nibandha)
युवावर्ग र बैदेशिक रोजगारी
For: Nepali Students
Language Medium: Nepali

युवावर्ग भन्नाले काम गर्न सक्ने उमेर समूह व्यक्तिलाई जनाउछ।नेपालको सन्दर्भमा भन्नुपर्दा १५ वर्षभन्दा माथि ५९ बर्षसम्मको उमेर समूहका मानिसहरु युवा अन्तर्गत पर्दछन्। युवाहरु गतिशिल हुन्छन, पहाड फोडेर हिरा निकाल्ने तथा समुन्द्रको गहिराइमा पुगेर मोति टिप्ने काम सम्म उनीहरु सजिलै गर्न सक्छन्। युवाहरुमा नेपोलियनको जस्तो साहस हुन्छ, बुद्धको जस्तो त्याग हुन्छ भने हिट्लरको झैँ क्रुरता पनि हुन्छ। त्यसैले देश र विदेश दुवै ठाउँमा युवाहरु आवश्यक हुन्छन। कुनै पनि व्यक्ति आफ्नो मुलुकको सिमाना बाहिर गएर काम गर्नुलाई वैदेशिक रोजगारी भनिन्छ।

नेपालमा बढ्दै गएको शिक्षा र चेतनाले गर्दा युवाहरु कामगर्न उत्साहित छन् तर हरेक क्षेत्रमा आफ्नो मान्छे राख्ने प्रथाका कारण युवाहरु हतोत्साहित हुन बाध्य छन्। नेपाल र नेपालीको माया चटक्क मारेर विदेशिने बाध्य छन् . नेपालमा कुल वैदेशिक रोजगारी ३३% रहेको अनुमान गरिएको छ जसबाट उनीहरुको घरायसी आबस्था सुध्रिनुका साथै विप्रेषण रकम बापत राजस्वोसमेत प्राप्त हुन्छ। विदेशिएका युवाहरुमा नयाँ सिप र जागरको विकास भइ स्वोदेशमै खर्च गर्ने तयार हुन्छन, जे कमाएका छन्। यसबाट आन्तरिक पुजी निर्माणमा सहज बन्न पुगेको छ भने विदेशिएका कारण मुलुकले उक्त ज्ञान दिनुपर्ने आवश्यक रहदैन। बढ्दै गैरहेको वैदेशिक रोजगारीका कारण स्वोदेशमा काम गर्ने जनशक्तिको आभाव हुनुका साथै विदेशमा गएर उनीहरु ठगिने, लुटिने तथा ज्यानै समेत जोखिममा पर्ने समस्या एकातिर छ भने घरजग्गा धितो राखी विदेश जानेहरुको परिवारको विचल्ली अर्कातिर छ। जसबाट मुलुकको विकासमा प्रतिकुल प्रभाव परिरहेको छ र युवाहरुको अमुल्ले जीवन खेर गइरहेको छ। त्यसैले सकेसम्म सानो काम र सानो कमाइमै सन्तुस्ट रहने मनस्थितिको विकास गर्नुका साथै जनसहभागितामुलक विकासमा जोड दिनुपर्छ। जीवन निर्वाहकोलागी कृषिको विकल्प खोज्नुपर्ने आवश्यकता देखिएको छ। प्रमाणपत्र दिने शिक्षाभन्दा व्यावसाहिक शिक्षा र सिपमुलक तालिम दिइनुपर्ने आवश्यक्ता भएको छ। साथै श्रमलाई सम्मान गर्ने बानीको विकास गर्नु जरुरि छ। यसका लागि ज्ञान बिज्ञानका साथै मनोविज्ञानमा पनि परिवर्तन ल्याउनु जरुरि छ।

वैदेशिक रोजगारीमा रहेका समस्या र चुनौतीलाई समाधान गर्न सकिएमा र विप्रेषण रकमलाई उत्पादनशील कार्यमा लगानी गरि दिगो र फराकिलो आर्थिक बृद्धि गर्न सकेको खण्डमा वैदेशिक रोजगारी नेपाली युवाहरुका लागि बरदान साबित हुन सक्छ।

Posted By : MeroSpark | Comment RSS | Category : HSEB Notes, Nepali Medium Notes
Tag : ,

One Comment

  1. Prabin atreya
    Posted May 13, 2016 at 1:25 pm

    Thank you so much.

Post a Comment

Your email is never published nor shared. Required fields are marked *

*
*