Read and Share Public Articles
Read and share articles publically.
हामी नेपाली हो
जीउँदाको जन्ती अनि मर्दाको मलामी भै,
छिमेकी भनिएका हौं हामी ।
हातमा हात मिलाई ,
दुई तरुलबिच चेपिएर पनि ,
रम्ने नेपाली हौं हामी।।
एकीकरणको अखण्डतामा,
रम्न देउ मेरि आमालाई ।
अतिक्रमणको चादर तिम्रो,
नओडाउ मेरी आमालाई।।
आमाको हातबाट ढिडो र गुन्द्रुक खाई,
छाक टार्ने नेपाली हौं हामी ।
रगत पसिनमा लत्पतिएर,
दिनरात एक गरि संसार जित्ने वीर हौं हामी ।
आत्मसम्मानको ढाका टोपी भिर्दै,
दौराको शान ढल्न दिदैनौ।
मातृभूमिको रक्षामा सारा जिवन,
उत्सर्ग गरि आमाको शिर झुक्न दिदैनौ।
मै खाउ मै लाउको भावना,
नेपाली मनलाई स्वीकार छैन।
मुस्कान सजाई ओठमा,
पिठमा चै छुरा घोप्न,
हाम्रो चलन छैन ।
डर कदपी छैन यो मनमा,
वीरताको परिचय दिइ रहनेछौ।
हाम्रो स्वाभिमानमा बोलेको धावा,
अब हामी रोक्ने छौं ।
सुर्यले प्रकाश नदिए,
दिन कहाँ दिन रहन्छ र?
कालापानी र लिपुलेख बिना
यो देश, नेपाल कहाँ रहन्छ र?
खुकुरीको धार अब,
शान्तिको मार्गमा उठ्नेछ।
हाम्रो कलेजो लिम्पियाधुरा,
सधैं हाम्रै रहनेछ ।
सिमा मिची मेरो पुन्यभुमिमा,
प्रश्न उठाउने ।
कहाँ छिमेकी रहन्छ र अब?
बारम्बार लज्जित पारी,
वीरतामा प्रश्न उठाउने,
कहाँ मित्र रहन्छ र अब ?
टाउकोमा कफन बाधी तयार छौँ हामी,
आक्रोशको आसु पुछेर अधि बढदै छौँ हामी।
उठी सक्यौं, जागी सक्यौं ,
भय बाकी छैन ,
छिमेकी हो तर ,
आमा माथी प्रश्न उठाउने ,
तिम्रो हक छैन।
शिरदेखि आएको मेची,
अनि पुछारको महाकाली हाम्रै हो।
लिम्पियाधुरामा उठाइएको ,
अस्तित्वको उत्तर दिने,
हामी नेपाली नै हो।
Share on Social Media